नेपाललाई खेलकुदले मात्र चिनाएको छ : सदस्य सचिव विष्ट

  • मंगलबार, ४ बैशाख, २०७५
  • 2 days ago
  • खेल

खोटाङ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताएका छन् ।

 

“नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,” उनले भने, “राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता देशलाई हराउने ल्याकत नेपाली खेलाडीसँग छ । खेलकै माध्यमबाट नेपाल विश्वमा चिनिएको छ ।”

 

खोटाङको दिक्तेलमा सोमबार आयोजित दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अभावै अभावका बीचमा पनि नेपाली खेलाडीले शक्तिशाली भनिएका देशलाई हराएर नेपाली खेलकुदको सम्भावनालाई फराकिलो बनाएको बताए ।


दिक्तेलस्थित माटीकोरे खेल मैदानमा आयोजना गरिएको कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै उहाँले खेल क्षेत्रलाई उपेक्षा गरेसम्म देशको विकास सम्भव नहुने दाबी गरे ।

 

“खेलकुदबाट युवा अनुशासित बन्छ, स्वस्थ बन्छ, सभ्य बन्छ, कुलतबाट टाढा रहन्छ,” उनले भने, “खेलकुद अहिलेसम्म उपेक्षामा परेको क्षेत्र हो । खेलकुदलाई यसरी उपेक्षा गरेर विकास सम्भव छैन ।”

 

सचिव विष्टले नेपाललाई विश्वमा सगरमाथा र गौतमबुद्धको नामबाट मात्र नभै अब खेलकुदको माध्यमबाट चिनाउनु पर्नेमा जोड दिए । “सगरमाथा निर्माण हामीले गरेका हैनौँ ।

 

बुद्ध पनि धेरै पहिले जन्मिएका हुन् ।” उनले भने, “अब हाम्रो पसिना र मेहनतले नेपाललाई विश्वसामु चिनाउनुपर्छ । त्यो खेलकुदबाट मात्र सम्भव छ ।”

 

“अहिलेको सरकार खेलकुदमैत्री छ,” उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हाल रहेका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्ने निर्णय गरिएको छ । यो अहिलेसम्मको कुनै पनि सरकारले गरेको थिएन । हामीले सरकारको निर्णयको स्वागत गरेका छौँ ।”



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 2 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।