ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते

  • बुधबार, २५ असोज, २०७४
  • 3 months ago
  • नेपाल

पोखरा, असोज २५ । पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

 

विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।

 

प्रतिज्ञा पाण्डेको घरमा रहेको खाना पकाउने एलपी ग्यास नबलेपछि के भएर ग्यास बलेन भनेर सोधेपुछ गर्दा नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्यास सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए ।

 


विस्फोटबाट दुवै जनाको हात, खुट्टा र अनुहारमा आगोले पोलेको बताइएको छ ।

 



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 10 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।