गोरखाका सेलिब्रेटी उम्मेदवारको चुनावी प्रतिस्पर्धा, यस्तो हिसाब र विश्लेषण

गोरखा, कात्तिक २९ । निर्वाचन नजिकिँदै गर्दा गोरखाको चुनावी माहोल रौनकपूर्ण भएको छ । पहिलो चरणको निर्वाचनमा सबै भन्दा धेरै चर्चा र चासोका विषय बनेको गोरखाको उम्मेदवारहरु सबै सेलिब्रेटी मानिन्छन् । २ गठबन्धनमा विभाजित भएर प्रतिस्पर्धा उत्रिएपछि अनेक खालका आंकलन समेत भईरहेका छ ।

 


सबैका आ–आफ्नै पृष्ठभुमी र राजनितिक धरातल छ । कोही सांगठानिक रुपमा बलिया देखिन्छन त कोही जनतामा माझ लोकप्रिय छन् । गोरखाको निर्वाचनलाई तटस्थ ढङ्गले विष्लेष्ण गर्न सक्ने अवस्था छैन । अधिवक्ता स्थानेश्वर दुवाडी भन्छन् ‘चुनावको नतिजा यस्तौ आउला भनेर ठक्याकै भन्न सक्ने अबस्था छैन, दलहरु वीच तिब्र प्रतिस्पर्धा छ अहिले आकंलन गरिहाल्न गा¥हो छ ।’

 

संगठनको प्रभाव, व्यक्तिको लोकप्रियता र राजनितिक माहोल सबैलाई आधार बनाएर विष्लेषण गर्दा बहु–चर्चित क्षेत्र नम्बर २ मा बाम गठबन्धनका नारायणकाजी श्रेष्ठ भन्दा, लोकतान्त्रिक गठबन्धनका डाक्टर बाबुराम भट्टराई अलि अगाडि भएको दुवाडीको विष्लेषण छ । क्षेत्र नम्बर १ र प्रदेश सभाका उम्मेदवार बारेमा भने अहिले भन्न सक्ने अबस्था नरहेको उनले बताए ।


अधिकांश सेलिब्रेटी अनुहारहरु चुनावी मैदानमा भएकाले कसलाई मतहाल्ने भन्ने निक्यौल मतदाताले पनि गर्न सकेका छैनन् । अर्को अधिवक्ता यादव शर्मा पहिलेको व्यवस्थाका सेलिब्रेटीहरु पनि अहिलेको संघिय व्यवस्थामा नयाँ पात्र नै भएको तर्क गर्छन् । ‘यो निर्वाचनलाई सधैको संसदिय निर्वाचन जस्तो गरी हेरिएको छ, वास्तवमा उक्त कुरा गलत छ, नेपाल पहिलो पटक संघिय निर्वाचनमा गएको छ यो व्यवस्था सबैका लागि नयाँ हो’ शर्माले भने ‘पहिलेको व्यवस्थामा टेस्टेड सेलिब्रेटी भए पनि अहिले सबै न्यूकमर हुन ।’

 

निर्वाचनमा हारजितको कुरा जनताको विवेकमा भरपर्ने भन्दै उनले उम्मेदवारको योजना, विचार, काम गर्ने शैली, पात्र हेरेर मतदाताले पैmसला गर्ने बताए । दुईवटा बामपन्थी दलहरु विच गठबन्ध भएपछि गोरखाका मतदाता बढि उतै ढल्किएको शर्माको आकांलन छ । ‘मेरो व्यक्तिगत विश्लेषणमा बाम गठबन्धन तिर जनता अलि बढि उत्साहित देख्छु ’ उनले भने तर केन्द्रमा दलहरुको गठबन्धन भएपनि स्थानीय नेता कार्यकर्ताले इमान्दारीता पर्दशन गर्ने नगर्ने कुराको विष्लेषण गर्न पनि कठिन रहेको भन्दै उनले पनि अहिले नै विष्लेषण गर्न गा¥हो रहेको तर्क गरे ।

 

पूर्वप्रधानमन्त्री भर्सेज पूर्वउपप्रधानमन्त्री


क्षेत्र नम्बर २ मा देशका दुई ठुला राजनितिक सेलिब्रेटीहरु पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टाराई र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन् । कुनैबेला एउटै पार्टीमा दुई उपाध्यक्ष समेत रहेका उनीहरु कसलाई छान्दा उपर्युक्त हुने भन्ने आंकलन मतदाताले गरिसकेका छैनन् । काँग्रेसको सहयोगमा चुनाव लढेका भट्टराई र एमालेको सहयोगमा प्रतिपर्धामा उत्रिएका श्रेष्ठ दुबै गोरखाका लागि आवश्यक पात्र भए पनि मतदाताले एक छान्नुपर्ने भएको छ ।

 

व्यक्तिगत जिवनमा सधै खरो प्रतिपर्धामा उत्रिएर सधै सफल बनेका भट्टराईलाई अहिलेको परिक्षा सबै भन्दा कठिन रहेको विष्लेषण हुन गरेको छ । राष्ट्रिय राजनितिमा राम्रो पहुँच बनाएका श्रेष्ठ जिल्लामा पनि स्थापित हुने प्रयत्नमा छन् । उनी भट्टराई बढि हतास देखिन्छन् । आफू भन्दा लोकप्रिय पात्रसँग प्रतिपर्धा गर्नु परेकाले होला उनका अधिकाशं भाषण भट्टराईको खोइरो खन्नमा केन्द्रित छ । डाक्टर भट्टराई भने आफु सत्तामा हुने जिल्लामा भएका बिकास निर्माणका कामलाई देखाएर जनताको सान्तोना लिने प्रयासमा छन् । उनीहरु कसको पल्लाभारी हुने भन्ने निक्यौल मतगणना पछि मात्र हुने देखिन्छ ।

 

 

चिनकाजी भर्सेज हरी अधिकारी

 

शुभेक्षुक संगठनबाट राजनिति गरेर अवकाशका पछि राष्ट्रिय राजनितिमा पहुँच बनाएका व्यक्ति हुन चिनकाजी श्रेष्ठ । नेपाली काँग्रेस निकट शिक्षक संघबाट राजनिति थालेका श्रेष्ठ पार्टीको जिल्ला सभापती, केन्द्रिय सदस्य हुँदै काँग्रेसको निर्वतमान मुख्य सचेतक समेत हुन् । लामो समय देखि लोकतान्तिक आन्दोलनको कित्तामा उभिएको उनलाई काँग्रेसका सेलिबे्रटी नेताको दर्जा दिने गरिन्छ । मुलुकमा शान्ति स्थापना पछि स्वर्गीय प्रधानमन्त्री गिराजाप्रसाद कोइराला र शुसिल कोइरालाका विश्वास प्राप्त व्यक्ति रुपमा अगाडी आएका उनले जिल्लाको विकास निर्माणका काममा पनि नितिगत तहमा महत्वपुर्ण भुमिका निभाएका छन् ।

 

काँग्रेसको मुख्य सचेतकका हैसियतले संबिधान निर्माणको काममा पनि उनको योगदान महत्वपुर्ण छ । राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निर्माणका पक्षमा उनले नेतृत्वदायी भुमिका खेलिरहेकाले पनि उनी त्यहाँ पनि सेलिब्रटी देखिन्छन् । जिल्ला सभापती भएर काम गरिसेकाले पार्टी संगठनमा पनि उनको राम्रो पहुँच छ ।

 


माओवादी आन्दोलनका एक इमान्दार संगठकको छवी बनाएका नेता हरीराज अधिकारी बाम गठबन्धनबाट प्रतिप्रर्धामा छन् । केही समय अघि गोरखामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको ताफिर गर्दै त्यागी नेताको उपमा समेत दिएका थिए । पदको लागि कहिल्यै शक्तिकेन्द्र नधाउने अधिकारी माओवादी र बाम कार्यकर्तामा निकै लोकप्रिय मानिन्छन ।

 

पार्टीको संगठनमा मात्र काम गरेकाले जनतामा माझ भने उनको परिचय बनिसकेको छैन । तर उनी पनि राजनितिक हिसाब सेलिबे्रटीकै सुचिमा देखिन्छन् । माओवादी केन्द्रका ४ नम्बर प्रदेशका संयोजक समेत रहेका अधिकारी भित्री रुपमा योजना बनाउन र कुटनितिमा माहिर भएकाले उनको पनि संभावना उत्तिकै छ ।


यसैरी हेर्दा सबैका आफ्नै सबल र दुर्बल पक्ष छन् । तिब्र प्रतिपर्धाका साथ हुन लागेको यस निर्वाचनमा दुईवटै निर्वाचन क्षेत्रमा कसले जित्ला भन्ने आकंलन गर्न मुस्किल छ ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 11 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 49 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 52 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।