Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेसलाई गृहमन्त्री दिने सहमति भएको छैनः वर्षमान पुन

कांग्रेसलाई गृहमन्त्री दिने सहमति भएको छैनः वर्षमान पुन


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मन्त्रीमण्डल पुनर्गठनका क्रममा नेपाली कांग्रेसलाई गृहमन्त्री दिने कुनै सहमति नभएको बताएका छन् ।

मन्त्रीमण्डल पुनर्गठनका क्रममा माओवादीले अर्थमन्त्रालय लिएर कांग्रेसले गृहमन्त्री लिने सहमति भएको चर्चा चलिरहँदा बुधबार बसेको प्रतिनिधि सभाको बैठकका क्रममा संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरागर्दै नेता पुनले त्यस्तो कुनै सहमति नभएको दावी गरे ।

उनले भने ‘गृहमन्त्री कांग्रेसले लिने कुरा भएको छैन। राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीपरिषदको कुरा बेग्लै हो ।’ संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा आफूहरूको दाबी रहने उनले बताए ।

राष्ट्रिय सभा अध्यक्ष प्राकृतिक रुपले माओवादी केन्द्रले दाबी गर्छ। यसमा हाम्रो दाबी रहन्छ’, उनले भने, ‘कोसी प्रदेशमा सत्ता गठबन्धन सफल भएन। अहिलेको शक्ति सन्तुलन मिलाउन पनि माओवादीले राष्ट्रिय सभाको अध्यक्ष पाउन पर्छ।’

पुनले कांग्रेसबाट राष्ट्रपति, एमालेबाट सभामुख र रास्वपा उपसभामुख रहेकाले राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबीलाई स्वभाविक रुपमा लिनुपर्ने जिकिर गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

कोशी प्रदेशसभाबाट विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारित

काठमाडौँ । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी

वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छ: कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रबार

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

Techie IT