गोरखामा प्रथम गोरखकाली महोत्सव हुने

  • बिहीबार, २६ असोज, २०७४
  • 1 week ago
  • नेपाल

गोरखा, असोज २६ । गोरखामा गोरखकाली महोत्सव हुने भएको छ । हरमटारी क्लवको आयोजनामा आगामी पुस ७ गते देखि १४ गते सम्म हरमटारी स्थित खेल मैदानमा प्रथम गोरखकाली महोत्वसव हुन लागेको हो ।

 

 

क्लबले शनिबार पत्रकार सम्मेलन गरेर महोत्सव गर्न तयारी भइरहेको जनाएको छ । क्लबका अध्यक्ष बिशाल गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्लाको ऐतिहासिक, धार्मिक र सास्कृतिक पहिचानलाई संरक्षण एव सम्र्वद्धन गर्ने उदेश्यका साथ महोत्सव गर्न लागिएको क्लबका बिक्रम बस्नेतले बताएका छन् ।

 

 

जिल्लामा यस अघि हुने गरेका महोत्सवहरु भन्दा पृथक तरिकाले गोरखकाली महोत्सव गर्न लागिएको समेत क्लबले जनाएको छ । यस बर्षदेखि क्लबले बार्षिक कार्यक्रमका रुपमा महोत्सवलाई निरन्तरता दिने पत्रकार सम्मेलनमा बताइएको छ ।

 


महोत्सवमा जिल्लाको पहिचान झल्कने विभिन्न प्रस्तुतीका साथमा, विभिन्न प्रवद्धनात्मक स्टलका साथै बाल उद्यानको व्यवस्था गरिने छ क्लबका किरण ढकाल बताउछन् ।

 

 

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको गोरखकाली कप फुटबलको चौथो संस्करण सम्पन्न गरिसकेको क्लबले महोत्सवमा आम्दानी भएको रकम जिल्लाको खेलकुद विकासमा लगाउने जनाएको छ ।

 

हरमटारी स्थित रहेको खेलकुद मैदानको स्तरोन्नतीका लागि क्लबले हालसम्म करिब ६० लाख रकम खर्च गरिसकेको बताउदै क्लबका अध्यक्ष गुरुङले महोत्सव सफल बनाउन सबैलाई सहयोग गर्न आहवान समेत गरेका छन् ।

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।