Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीन र अमेरिकाबीच सहकार्य आवश्यकः चिनियाँ कूटनीतिज्ञ

चीन र अमेरिकाबीच सहकार्य आवश्यकः चिनियाँ कूटनीतिज्ञ


एजेन्सी । बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताउनुभएको छ । दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’ भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कुटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ ।

“वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ,” चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनसँगको भेटमा भने ।

ब्लिन्केनले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा विदेशमन्त्री वाङसँग तीन घण्टा कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

हालैका वर्षहरूमा विश्वका दुई ठूला अर्थतन्त्रभएका मुलुकहरूबीच व्यापार, प्रविधिदेखि ताइवानसम्मका विषयमा तनाव बढेको छ ।

चीनको सरकारी प्रसारक सीसीटिभीका अनुसार वाङले ब्लिन्केनलाई ताइवानसँग सम्झौता गर्ने कुनै ठाउँ नभएको बताउनुभएको छ ।

सीसीटीभीले भनेको छ, “यस विषयमा चीनसँग सम्झौता गर्ने वा स्वीकार गर्ने ठाउँ छैन ।”

भेटमा वाङले आफ्ना अमेरिकी समकक्षी ब्लिङ्केनसँग एक चीन सिद्धान्त को वास्तविक पालना गर्नुपर्ने, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने र ‘ताइवानको स्वतन्त्रता’को स्पष्ट विरोध गर्नुपर्ने बताएको सीसीटिभीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT