म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

  • आइतबार, ५ कार्तिक, २०७४
  • 2 months ago
  • नेपाल

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

 

गुरुङको घुँडामुनि गोली लागेको बुझिएको छ । बिहान सवेरै स्कुटरमा हिँडिरहेका बेला गुरुङलाई बाटो छेकेरै एक समुहले उनलाई ताकेरै गोली प्रहार गरेको अनुसन्धानको क्रममा थाहा भएको प्रहरीले बताएको छ ।

 

साथै घटनापछि प्रहरीले शंकास्पद ५ जनालाई पक्राउ गरेको बताएको छ । प्रहरीका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा दुई समुहबीच झगडा भएको थियो ।

 

अघिल्लो रातको झगडा र बिहानको गोली काण्ड दुबै घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 7 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।