गोर्खाका ४७ वर्षे सन्तानले पाए बेलायतको आवासीय अधिकार

  • सोमबार, २ साउन, २०७४
  • 9 months ago
  • युके
अशोक राई

लण्डन । बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खाहरुको समुदायलाई एउटा खुशीको खबर । भूपूगोर्खाका एक ४७ वर्षे सन्तानले बेलायतको आवासीय अधिकार प्राप्त गरेका छन् ।


बेलायतको रेडिंगनिवासी भूपू गोर्खा बिखृबहादुर राईका छोरा अशोकले गत वर्ष ४६ वर्षको उमेरमा भिसा आवेदन गरेका थिए ।

 

नेपालबाट उनले गरेको आवेदन पहिलोपटक नै स्वीकृत भएको गोर्खा सत्याग्रह संघर्ष समितिका सहसंयोजक सुर्य नेम्वांगले जानकारी दिएका हुन् ।


यसअघि बढिमा ४३ वर्ष उमेरसम्मका सन्तानले आवासीय अधिकार प्राप्त गरेका थिए । पछिल्लो समय ३० वर्षमाथिका गोर्खा विधवाका सन्तानहरुको आवेदन पनि स्वीकृत भएका छन् ।


तर ४६ वर्ष उमेरमा नेपालबाट आवेदन गरेको र पहिलोपटकमै आवेदन स्वीकृत भएको हकमा यो पहिलोपटक हो ।


सामान्य नियमअनुसार गोर्खाका ३० वर्ष मुनिका सन्तानलाई आवासीय अधिकार दिने भनिएपनि पछिल्लो समय विशेष परिस्थिति र मानवअधिकारको ग्राउण्डमा त्यसभन्दा बढि उमेरका सन्तानले गरेका आवेदन पनि स्वीकृत भइरहेका छन् ।


यसबैबीच गोर्खा सत्याग्रह संघर्ष समितिका सहसंयोजक सुर्य नेम्वांगले ४६ वर्षको उमेरमा गोर्खाका सन्तानले गरेको आवेदन स्वीकृत हुनुलाई उपलब्धिपुर्ण भनेका छन् ।

 

उनले यो उपलब्धिका लागि प्रभावकारी पहल गरिदिने लण्डनस्थित सोलिसिटर राजु थापालाई धन्यवाद ज्ञापन गरेका छन् ।


तलको तस्बिरमा सत्याग्रहका सहसंयोजक नेम्वांग : 



    Your Comment

    थप समाचार

    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

    • 2 hours ago
    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

    एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

    महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

    • 2 hours ago
    महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

    एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

    वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

    • 3 hours ago
    वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

    लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


    Loading...
    The British College

    भिडियो

    hamropatro

    जीवनशैली

    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

    एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

    विचित्र विश्व

    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

    विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।