के गर्नेछन् लण्डनको नेपाली दूतावासमा बेलायती युवराज ह्यारीले ?

  • शुक्रबार, ४ चैत, २०७३
  • 6 months ago
  • युके

लण्डन । नेपाल बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई सय वर्षगांठ समापन समारोहमा बेलायती युवराज ह्यारी पनि सहभागी हुंदैछन् ।

 

आउंदो सोमबार मार्च २० तारिखको दिउँसो लण्डनस्थित नेपाली दूतावासमा हुने सो समारोहमा ह्यारी सहभागी हुने भएका हुन् ।


ह्यारीको सहभागिता हुने खबर बेलायतस्थित सिंगो नेपाली समुदायमा नै ठूलो चर्चाको विषय बनेको छ । नेपाल तथा गोर्खाहरुसंग निकै नजिक रहेका ठानिने युवारज ह्यारी नेपाली दूतावासको समारोहमा सरिक हुन आउनु पक्कै पनि महत्वपुर्ण छ ।


दिउँसो साढे ३ बजेदेखि ५ बजेसम्मका लागि सो समारोह निर्धारित छ । त्यसअवसरका प्रमुख अतिथी युवराज ह्यारीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् ।


त्यसबाहेक युवराज ह्यारीले १३ जना भिक्टोरिया क्रस विजेताहरुको तस्बिर अनावरण समेत गर्नेछन् । बेलायती महारानीबाट प्रतिष्ठित अवार्ड विजेता सबै १३ गोर्खाहरुको तस्बिर समेटिएको एक ठूलो तस्बिर दूतावासमा राख्न लागिएको हो ।

 

निर्धारित कार्यक्रमका रुपमा मुख्यत युवारज ह्यारीले सो समारोहमा सम्बोधन र तस्बिर अनावरणका दुई काम गर्नेछन् । तर उनको व्यक्तिगत स्वभाव र नेपाल तथा गोर्खाप्रतिको प्रेमलाई विचार गर्दा उनले समारोहका सहभागीसंग भलाकुसारी गर्ने र तस्बिर लिनेमा समेत केहि समय बिताउने अपेक्षा गर्न सकिन्छ ।

 

युवराजको सवारीलाई ध्यानमा राखेर सो दिन दूतावास परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइनेछ । दूतावास स्रोतका अनुसार युवराज ह्यारीको सुरक्षाका लागि दरबारबाटै विशेष सुरक्षाबल खटिनेछ ।

 

सो समारोहमा भाग लिने सबै अतिथीहरुको निमन्त्रणा कार्ड र फोटो आईडी जाँच गर्ने काम समेत ह्यारीकै सुरक्षाकर्मीले गर्नेछन् ।

 



    Your Comment

    थप समाचार

    अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

    • 19 minutes ago
    अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

    सिन्धुली, असोज ७ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि छ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको नि

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    • 25 minutes ago
    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

    अर्नाको स्वास्थ्य नाजुक

    • 34 minutes ago
    अर्नाको स्वास्थ्य नाजुक

    चितवन, असोज ७ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

    जीवनशैली

    कतै तपाईको पनि खुट्टाको औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

    कतै तपाईको पनि खुट्टाको  औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

    एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ । मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ