Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलआइसीसी विश्वकप २०२३ः आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

आइसीसी विश्वकप २०२३ः आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै


एजेन्सी । पाकिस्तान क्रिकेट टोलीले विश्वकप २०२३ मा आज दक्षिण अफ्रिकासँग खेल्दैछ । यो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा दिउँसो २ बजेबाट सुरु हुनेछ । हारको ह्याट्रिक खेपेको पाकिस्तानी टोलीका लागि यो गर या मरको खेल हुनेछ ।

यो खेल पनि हारेमा भने पाकिस्तानको नकआउटको सम्भावना मात्रै बन्द हुने छैन, बाबर आजमको कप्तानी पनि खत्तम हुन सक्छ ।

पाकिस्तानलाई जित्नै पर्ने दबाब रहेको छ । बाँकी चार खेलमध्ये कम्तिमा दुई खेल अष्ट्रेलियाले हारोस् भन्ने प्रार्थना पनि गर्नुपर्ने हुन्छ ।

एमए चिदम्बरम स्टेडियमको पिच निकै सन्तुलित मानिन्छ । यसले ब्याट्सम्यान र बलर दुवैलाई मद्दत गर्छ। पिच सुख्खा रहने अपेक्षा गरिएको छ र स्पिनरहरूले यहाँ धेरै मद्दत पाउन सक्छन्।

यस मैदानमा पाकिस्तान गानिस्तानसँग पराजित भएको थियो।

एमए चिदम्बरम स्टेडियममा अहिलेसम्म २७ ओडिआई खेल भएका छन् । यस अवधिमा पहिले ब्याटिङ गर्ने टोलीले १५ खेल जितेको छ भने पछि ब्याटिङ गर्ने टोलीले ११ खेल जितेको छ ।

यस मैदानमा पहिले ब्याटिङ गर्दाको औसत स्कोर २३६ रन छ । योसँगै दुई टोलीबीच हालसम्म खेलेका ८२ खेलमध्ये दक्षिण अफ्रिकाले ५१ र पाकिस्तानले ३० खेलमा जित निकालेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT