‘हेल्लो’ भन्न कहिले देखि सुरु भयो ? यस्ता छन् रोचक पक्षहरु

एजेन्सी ।  फोन उठाएपछि तपाई के भन्नुहुन्छ ? पक्कै पनि तपाई ‘हेल्लो’ भन्नुहुन्छ होला । यदी तपाईलाई कसैले नयाँ मानिससँग चिनजान गरायो भने पनि तपाई सबैभन्दा पहिले ‘हेल्लो’नै भन्नुहुन्छ ।


सबैले सजिलोसँग भन्ने ‘हेल्लो’अङ्ग्रेजी भाषा मानकमा धेरै पहिले देखिनै थियो वा अङ्ग्रेजहरुले अभिवादनको लागि पहिले देखी नै यसको प्रयोग गर्थे होला भन्ने सोचिन्छ तर खासमा होइन् ।


अम्मोन सि ले लेखेको पुस्तक ‘द फस्र्ट टेलिफोन बुक’ का अनुसार ‘हेल्लो’नयाँ शब्द हो । अक्स फोर्ड इङ्ग्लिस डिक्स्नेरीकाअनुसार ‘हेल्लो’को सबैभन्दा पहिलो प्रयोग सन् १८२७ मा भएको थियो ।


अम्मोनले आफ्नो पुस्तकमा उल्लेख गरे अनुसार सन् १८३० को दशकमा ‘हेल्लो’ कसैको ध्यानआकर्षण गर्न प्रयोग गरिन्थ्यो वा आश्चर्य प्रकट गर्न प्रयोग गरिन्थ्यो । टेलिफोन नआउन्जेल ‘हेल्लो’शब्द छोटिएर ‘हाई’ को रुपमा रुपान्तरण भएको थिएन ।


अक्सफोर्ड डिक्सनेरीको अनुसार हेल्लोलाई सामान्य बोलिचालीमा प्रयोगमा ल्याउने थोमस एडिसन थिए । उनले मानिसहरुलाई उनको फोन प्रयोग गर्दा हेल्लो भन्न प्रेरित गरेका थिए । उनका प्रतिद्धन्द्धी अलेक्जेन्डर ग्राहम बेलले चाँही ‘एहोए’ लाई उपयुक्त शब्द मानेका थिए ।


के हो त ‘एहोए’?


‘एहोए’ शब्द ‘हेल्लो’ भन्दा कम्तिमा पनि एक सय वर्ष पुरानो हो । यो शब्द पनि अभिवादनको रुपमा प्रयोग गरिने डच भाषाको शब्द हो । ‘हेल्लो’ र ‘एहोए’ को अर्थ एउटै हुन्छ । बेल आफ्नो विचारमा यति अडिग थिए र उनले आफ्नो जिन्दगी भर ‘एहोए’ ने प्रयोग गरिरहे ।


बेलजस्तै ‘द सिम्पसन्स’मा स्प्रिङ्ग फिल्ड न्युक्यिर पावर प्लान्टको दुष्ट मालिक पात्र मोन्टी बन्र्सले पनि त्यस्तै गर्छ । यदि तपाईले कार्यक्रम हेर्नु भएको छ भने याद गर्नुस् त उसले आफ्नो फो उठाएपछि ‘एहोए–होए’ भन्ने गर्छन् । ‘अर्बन डिक्सनेरी’मा यसलाई एक जहाजका मानिसले अर्को जहाजको मानिसलाई बोलाउन प्रयोग गरिने शब्द भनेको छ ।


किन ‘हेल्लो’ बढि प्रचलित भयो त ?


अम्मोेनका अनुसार पहिलो फोन बुकहरुमा आधिकारिक रुपमा कसरी प्रयोग गर्ने आधिकारिक सेक्सन हुन्थ्यो जसमा ‘हेल्लो’ लाई आधिकारीक अभिवादनकको रुपमा प्रयोग गर्ने निर्देशन दिइन्थो ।
वास्तवमा न्यू हावेन कनेक्टिकटको डिस्ट्रिक टेलिफोन कम्पनीले सन् १८७८ मा प्रकाशन गरेको पहिलो फोनबुकमा आफ्नो प्रयोगकर्ताहरुलाई वार्ताको सुरुमा ‘हल्लो’ भनेर कुराकानी सुरु गर्न निर्देशन दिइएको थियो ।


कारण जे सुकै भएपनि ‘हेल्लो’ ले ‘एहोए’ लाई पछाडी धकेलिदियो र त्यसपछि कहिल्यै पछाडी फर्केर हेर्नु परेको छैन् । यसलाई फोन कुराकानी गरेपछि अन्त्यमा टुग्याँउदा भने प्रयोग नगर्न फोनबुकहरुले सुझाव दिएका छन् । त्यसको लागि ‘द्याट्स अल’ भन्न भनेका छन् ।


अम्मोन सि भन्छन्


'मलाई मनमा यो लाग्यो कि कुराकानी सकेपछि गुडबाइ, बाइ–बाइ र अन्य त्यस्तै गड बि विथ यु भन्न मन पर्दैन् । मलाई अरुको बारेमा थाहा छैन तर म त्यस्तो कहिल्यै भन्न मन पराँउदिन । म सोच्छु मैले ‘सियाओ’ भन्न सकुँ जसको इटालियनमा अर्थ म तिम्रो दास हँु भन्ने हुन्छ र म अन्य धेरै भन्न चाहन्न ।'


'अम्मोनले यसबारेमा धेरै सोचे अनिउनलाई ‘द्याट् इज अल’ नै मनपर्यो भनेका छन् । उनी लेख्छन् मलाई यो हेर्न म छ कि ‘द्याट इज अल’ बोलीचालिको समयमा प्रयोगमा आओस र मैले त्यसलाई आफ्नो केही फोन कुराकानीमा अपनाउने गरेको छु ।'


'मैले पछि यो बुझ्नको लागि कि उनले आँफुले भनेको कुरा व्यवहारमा उर्ताछन् कि उर्तादैनन् भनेर अम्मोन सिलाई फोन गरेँ । उनले उठाएर राम्रोसँग हेल्लो भने र त्यसपछि मैले उनको पुस्तकबाट उद्धरण गर्ने अनुमति पाँए । पछि हाम्रो कुराकानी अन्त्य गर्ने समय आयो । मैले यो जान्न खोजिरहेको थिए कि उनले ‘द्याट इज अल’ भन्छन् होला भन्ने सोचिरहेको थिए तर अँह उनले ‘बाइ’ भने ।'

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।