पाकिस्तानमा अब हिन्दू विवाहले पनि कानुनी मान्यता पाउने

पाकिस्तानमा हिन्दूहरुको विवाहसँग सम्बन्धित एक विधेयक पास भएको छ । राष्ट्रपति मनमुन हुसैनले यसलाई मन्जुरी दिएका हुन् ।

 

याे कानुन पास भएपछि अब पाकिस्तानमा बस्ने अल्पसंख्यक हिन्दूहरुको विवाहलाई कानुनी मान्यता प्राप्त हुने भएको छ । यो कानुन् सिन्ध प्रान्त बाहेक पुरा पाकिस्तानमा लागु हुनेछ, सिन्धमा भने छुट्टै विवाह कानुन रहेको छ ।

 

प्रधानमन्त्रीको कार्यलयको तर्फबाट जारी गरिएको विज्ञप्तीमा हिन्दू विवाहसम्बन्धी प्रस्ताव गरिएको विधेयक पास भएपछि कानुन बनेको बताइएको छ । नवाज शरिफको सिफारिसमा 'हिन्दू म्यारिज एक्ट २०१७' लाई राष्ट्रपति मनमुन हुसैनले मन्जुरी दिएका हुन् ।

 

यो कानुनको उद्देश्य हिन्दूहरुको विवाह, उनीहरुको परिवार र आमा र बच्चाको हक अधिकारलाई सुरक्षा गर्नु रहेको छ । विज्ञप्तीमा यो पनि भनिएको छ कि यो कानुनले पाकिस्तानमा रहेका हिन्दूहरुको विवाहको रितिरिवाजलाई पुरा गर्नको लागि मद्धत गर्नेछ ।

 


यसैअवसरमा प्रधानमन्त्री नवाज शरिफले भनेका छन्, ‘उनको सरकारले यस कुरामा हमेशा ध्यान राखेको छ कि पाकिस्तामा बस्ने अल्पसंख्यक समुदायलाई बराबर हक मिल्नेछ ।’ साथै उनले भने ‘हिन्दू पनि त्यति नै देशभक्त छन् जति अरु छन् र उनीहरुलाई समान संरक्षण प्रदान गर्नु सरकारको जिम्मेवारी रहेको छ ।’



Your Comment

थप समाचार

कति छ म्यानचेस्टर सिटी क्लबका मालिकको सम्पत्ति ?

  • 1 minute ago
कति छ म्यानचेस्टर सिटी क्लबका मालिकको सम्पत्ति ?

एजेन्सी । विश्वमा केही यस्ता धनाढ्यहरु रहेका छन् जो फुटबल खेलको निकै सौखिन रहेका छन् । कतिपय धनाढ्यहरु एउटै देशको मात्र नभइ अन्य राष्ट्रमा पनि फुटबल क्लब किन्ने गरेका छन् ।

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

  • 7 minutes ago
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 41 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।