यी १० लक्षणलाई कहिल्यै वेवास्ता नगर्नुहोस्, एचआईभी हुनसक्छ

एजेन्सी । एचआईभी / एड्स आज विश्वको लागि एक गम्भिर समस्या हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ । अविकसित देश मात्र होइन विकसित देशमा पनि यो रोग धेरैको मृत्युको कारण भइसकेको छ ।

 

असुरक्षित यौन सम्पर्क, एचआईभी संक्रमित रगत, एचआईभी संक्रमित आमाले बच्चा जन्माउदा र प्रयोग गरिएका सुई (इन्जेक्सन)बाट यो रोग एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ ।

 

एचआईभी संक्रमण भएको लामो समयसम्म पनि यो रोग पत्ता लगाउन कठिन हुन्छ । यदि तपाईले थोरै सावधानी अपनाउनु भयो भने यो रोग लागेको समयमै थाहा हुन्छ ।

 

यो रोग लाग्दा यस्ता लक्षणहरु देखा पर्छन् त्यसलाई समयमै जानीराख्नु राम्रो हुन्छ ।


यस्ता छन् लक्षणहरु :


लामो समयसम्म ज्वरो आउनु

 

सामान्यतया ज्वरो आउनु एक आम तथा सामान्य समस्या हो । तर यो बिमारी लामो समयसम्म रह्यो भने एचआईभी लागेको प्रारम्भिक लक्षण हुन सक्छ । यदि तपाईलाई लामो समयसम्म ज्वरो आइरहेको छ भने तुरुन्त चिकित्सकसँग परामर्श गरेर रगत परीक्षण गराउनुहोस् ।

 

थकान


एचआईभीका जीवाणुले हाम्रो शरीरको कार्यक्षमतामाथि नराम्रो असर गर्छन् । यस्तो अवस्थामा मानिसहरु धेरै थकान महसुस गर्छन् । यदि तपाईलाई पनि काम नै नगरी थकान लाग्छ भने सावधान हुनुहोस् । यो एचाईभी लागेको प्रारम्भिक लक्षण हुनसक्छ ।

 

मांसपेशी दुख्ने समस्या


एचआईभी पीडित व्यक्तिमा मांसपेशी दुख्ने समस्या हुन्छ । यदि तपाईमा पनि लगातार मांसपेशी दुख्ने समस्या छ भने सावधान हुनुहोस्, कतै एचआईभी त लागेको छैन ?

 

टाउको दुख्ने समस्या


एचआईभीको भाइरसका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ । जसका कारण नियमित जस्तो टाउको दुखिरहन्छ । यदि तपाईमा पनि लगातार टाउको दुख्ने तथा घाँटी दुख्ने समस्या छ भने रगत परीक्षण गराइहाल्नुहोस्, एचआईभी लागेको हुनसक्छ ।

 

शरीर चिलाउने तथा छालामा दाग देखिनु


भनिन्छ कि तपाईको छालाले नै शरीरको बारेमा सबैथोक बताउँछ । यो कुरामा धेरै हदसम्म सत्यता पनि छ । एचआईभी संक्रमण हुँदा पनि छालाले चेतावनी दिन्छ । यदि छाला चिलाउने तथा दाग र धब्बा देखिने समस्या छ भने यो एचआईभीको लक्षण पनि हुन सक्छ ।

 

तौल घट्दै जानु


संक्रमित व्यक्तिको तौल एक्कासी भारी मात्रामा घट्दै जान्छ । यो रोग लागेपछि आफूलाई मन पर्ने खाना पनि मन नपर्ने तथा खान मन नलाग्ने हुन्छ ।


सुख्खा खोकी लाग्नु

 

लामो समयसम्म सुख्खा खोकी लागिरहनु पनि एचआईभीको लक्षण हुनसक्छ ।

 

रातको समयमा पसीना आउनु

 

यो रोगबाट संक्रमित व्यक्तिलाई रातको समयमा सधैँ पसीना आउने , बेचैनी हुने हुन्छ भने निन्द्रा नलाग्ने समस्याले सताउँछ ।

 

अस्वस्थ्य र पहेँलो नङ

 

एचआईभीको शिकार हुने मानिसको हात खुट्टाको नङ पहेँलो हुन्छ ।

 

एकाग्रतामा कमि आउनु

 

एकाग्रतामा भारी मात्रामा कमी आउनु, चाहेर पनि आफ्नो काम वा पढाईमा पूरा ध्यान दिन नसक्नु एचआईभीको लक्षण हुन सक्छ ।

 

 



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 3 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 6 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।