सरकारबाट बाहिरियाे माअाेवादी केन्द्र, प्रधानमन्त्री देउवाले दिए धन्यवाद

काठमाण्डौ, पुस २८ । नेकपा माअाेवादी केन्द्र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे सरकारबाट बाहिरिएकाे छ । माअाेवादी केन्द्रका तर्फबाट देउवा सरकारमा सहभागी मन्त्रीहरुलार्इ माअाेवादीले फिर्ता बाेलाएसँगै माअाेवादी सरकारबाट बाहिरिएकाे हाे ।

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अाज प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको जानकारी गराएका हुन् । पार्टी अध्यक्ष प्रचण्डको पत्र लिएर विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेल प्रधानमन्त्री कार्यालय पुगेका थिए । पत्र बुझेपछि देउवाले धन्यवाद भनेका छन् ।

 

प्रचण्डले पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गरेका छन् । तर, ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो गरेका छन् ।

 

पत्रमा भनिएको छ, 'निर्वाचन सम्पन्न भर्इ ताजा जनादेश समेत अाइसकेकाे स्थितिमा प्रधानमन्त्रीबाटै नयाँ जनादेश अनुरुपकाे सरकार गठनका लागि अावश्यक वातावरण बनाउन अविलम्ब पहल हुनेछ भन्ने अपेक्षा हामीले गरेका थियाैँ । तर आजसम्म त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु भइरहेको सन्दर्भमा सरकारमा बसिरहनु औचित्यपूर्ण नरहेकाले आजैबाट नेकपा माओवादी र नेकपा संयुक्तका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछु ।’

 

पत्रमा प्रचण्डले नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गरेको उल्लेख गरेका छन् ।



Your Comment

थप समाचार

अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

  • 7 minutes ago
अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 15 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 1 hour ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।