खाडी लैजान लागिएका तीन किशोरीको उद्धार, दुई दलाल पक्राउ

बर्दिया, फागुन ५ । भारत हुँदै खाडी मुलुक विदेश लैजान लागिएका तीनजना किशोरीलाई बर्दिया प्रहरीले उद्धार गरेको छ । कुबेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

 

निःशुल्क भिसाको बहानामा भारत हुँदै कुबेत र दुबई लैजान लागिएका तीनजना नेपाली किशोरीलाई बर्दियाको कालिका र जमुनी नाकाबाट उद्धार गरेलगत्तै प्रहरीले दुईजनालाई पक्राउ गरेको हो भने एकजना अझै फरार छन् ।

 

मानव बेचबिखनको अभियोगमा बर्दिया मैनापोखर गाविस–९ की २८ वर्षीय शान्तिकुमारी थारु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका घर भई हाल मैनापोखर–९ बस्ने डम्मर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

 

मानव बेचबिखनका प्रमुख नाइके जमुनी–१ का ४४ वर्षीय दुर्गा विक भनिने दुर्गाबहादुर सुनार फरार रहेको जिप्रका, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताए ।

 

इप्रका, मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमाण्डमा रहेको टोलीले कालिका र जमुनीबाट गोरखाका तीनजना युवतीलाई उद्धार गरेको हो । गोर्खाका २५ वर्षमुनिका किशोरीलाई नेपाल–भारत सीमा पार गराएर दिल्ली हुँदै वैदेशिक रोजगारमा खाडी मुलुक लैजान लागेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

 

फरार विकले २० देखि २५ वर्ष उमेर समूहका युवतीलाई विभिन्न आश्वासन काठमाडौँ हुँदै बर्दिया पु¥याएको र पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकाको मामा होटलमा तीन दिन राखिएको युवतीले बताएका छन् ।


पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

 

दुई साताअघि पनि बर्दिया प्रहरीले विभिन्न प्रलोभन देखाई भारत हुँदै खाडी मुलुक लैजान लागिएका नौजना महिलालाई उद्धार गरेको थियो भने छजनालाई पक्राउ गरी कारबाही चलाएकोे बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताए । रासस


Loading...

Your Comment


भिडियो


Related Post

विवाह गर्न लागिएका एक बाल जोडीको उद्धार

  • 3 months ago
विवाह गर्न लागिएका एक बाल जोडीको उद्धार

महोत्तरी । बाल बिबाह गराउन लागिएका एक बाल जोडीलाई प्रहरीले उद्धार गरेको छ ।

खाडीका जेलमा रहेका नेपालीको सरकारले उद्धार गर्ने, प्रधानमन्त्रीले मागे तथ्यांक

  • 7 months ago
खाडीका जेलमा रहेका नेपालीको सरकारले उद्धार गर्ने, प्रधानमन्त्रीले मागे तथ्यांक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामदारका रूपमा खाडी मुलुक पुगि हाल जेल जीवन बितार्माइरहेका नेपालीहरुको तथ्यांक माग गरेका छन् ।

महिला कामदारलाई खाडी पठाउने तयारी

  • 11 months ago
महिला कामदारलाई खाडी पठाउने तयारी

काठमाडौं । लामो समयदेखि खाडी लगायत मुलुकमा महिला कामदार पठाउन लगाइएको बन्देजलाई सरकारले खोल्ने तयारी गरेको छ ।श्रममन्त्री र व्यवसायीको मिलेमतोमा खाडी मुलुक पठाउन लागिएकाे हाे।

hamropatro

नेपाल

व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे समुदाय

व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै राउटे समुदाय

डडेल्धुरा, १६ चैत । परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

 

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् ।

जीवनशैली

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

विचित्र विश्व

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।