'२० वर्षसम्म श्रीमतीसँग बोलिन...'

एजेन्सी । श्रीमान श्रीमतीको झगडा परालको आगो भन्ने उखान त हामी सबैले सुनैकै कुरा हो । हुन पनि हो श्रीमान श्रीमतीको स–सानो कुरामा झगडा पर्छ र एकै छिन पछि मिलिहाल्छन् पनि ।

 

झगडापछि हदै भए उनीहरु केही दिनसम्म बोल्दैनन् । साह्रै भै धेरै नै ठूलो झगडा भयो भने उनीहरु अलग हुन्छन् । तर, जापानको मानिस भने श्रीमतीसँग २० वर्ष सम्म सँगै बसेर पनि कहिल्यै दोहोरो कुराकानी गरेनन् ।


यी मानिस हुन्, दक्षिणी जापानका नारा निवासी ओतोउ कातायामा । उनी श्रीमतीसँग सानो कुरामा रिसाएका थिए त्यसैको कारणले उनले श्रीमती युमी सँग २० वर्षसम्म कहिलेकाँही टाउको हल्लाउनु बाहेक एक शब्द पनि निकालेनन् । अचम्म त के छ भने उनी यो २० वर्षको समय आफ्ना तीन सन्तान र श्रीमती युमीसँग सँगै एउटै घरमा बसे ।


यो जापानी दम्पतीको मौनताको रहस्य उनीहरुका १८ वर्षका छोरा योसिकीले एक टिभी कार्यक्रमलाई पत्र लेखेर यो समस्या समाधान गर्न अनुरोध गरेपछि मात्रै खुलेको हो ।


त्यसपछि टिभीको प्रयासमा यी दुईबिच भेट गराइयो र त्यहाँ उनीहरुले पहिलो डेट गरे । त्यसक्रममा बल्ल ओतोउले आफ्नो श्रीमतीसँग बोल्दै भने, ‘कुनै किसिमले हामी कुरा नगरेको धेरै भएको त छैन् । तिमी बच्चाहरुको बारेमा धेरै चिन्तित भयौ ।’


‘युमी आजसम्म तिमीले धेरै दुःख सह्यौ, म तिमीलाई यी सबैको लागि धेरै धन्यवाद दिन चाहान्छु ।’ ओतोउले यती भनिसकेपछि युमीले पनि आफु उनीप्रति कृतज्ञ भएको बताएकी थिइन् ।


उनीहरु बिचको दोहोरो संवाद उनीहरुका तीन सन्तानहरुले नजिकै बसेर भावुक हुँदै हेरिरहेका थिए ।


ओतोउले पछि आफु किन दुखी भएको भनेर खुलाएका छन् । उनले बताएका छन् कि उनी युमीले उनलाई भन्दा धेरै माया र हेरविचार छोराछोरीलाई गरेकाले उनी रिसाएका थिए ।


उनले भनेका छन्, ‘म एकप्रकारले ईष्र्यालु भएको थिए र त्यसैले तिमीसँग रिसाए । अब हामीले पछाडि फर्केर हेर्नु हुदैँन् ।’

 



Your Comment

थप समाचार

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 1 minute ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 10 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने

माओवादीबाट बादलले सरकारको नेतृत्व गर्ने, गृहमन्त्री वर्षमान

  • 22 minutes ago
माओवादीबाट बादलले सरकारको नेतृत्व गर्ने, गृहमन्त्री वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।