Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनधर्मेन्द्र सेवानको आवाजमा ‘एउटा यात्रा’ बोलको म्यूजिक भिडियो सार्वजनिक

धर्मेन्द्र सेवानको आवाजमा ‘एउटा यात्रा’ बोलको म्यूजिक भिडियो सार्वजनिक


काठमाडौँ। गायक धर्मेन्द्र सेवानको आवाजमा ‘एउटा यात्रा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा संगीत रहेको छ। गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडियोमा जीवनप्रति आशावादी हुँदै जीउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ।

हुन त गोस्वामी आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन्। उनले ‘एउटा यात्रा’को भिडियोमा पनि आफ्नो सोही शैली देखाउने प्रयास गरेका छन्।

भिडियोमा दिनरात अथक परिश्रम गर्नै यद्यपि, त्यहाँ कहिलेकाहीँ परिणामहरू अपेक्षाअनुरूप नहुन सक्छन्, जसले निराश र अगाडी बढ्न असहज गराउँनसक्छ, त्यस्ता क्षणहरूमा शान्तिलाई अँगाल्न र आफैंमा भरोसा जगाउनु महत्त्वपूर्ण हुन्छ भन्ने कथा पेस गरिएको छ।

गोस्वामीले यो गीत पछिल्लो समय आर्थिक मन्दी, बेरोजगारीजस्ता समस्याका कारण युवाहरूमा मानसिक स्वास्थ्यमा विचलन आइ अप्रिय कदमहरु उठाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो गीत तयार पारेका हुन्।

उनले आशावादी भई जीवन जिऊन प्रेरित हुन भन्ने जोड गीतमा दिएका छन्।

‘नेपाल तारा’बाट चर्चामा आएका गायक सेवान नेपाली संगीत क्षेत्रका प्रतिभावान गायकका रुपमा परिचित हुन्।

सेवान र गोस्वामीले अस्ट्रेलियाका विभिन्न सहरहरुमा विभिन्न साँगीततिक कार्यक्रम सँगै केही गीतहरुको श्रृजनामा सहकार्य गर्दे आइरहेका छन् र यो गीत पनि त्यही सहकार्यको निरन्तरता हो।

यो गीतको भिडियोलाई सुरज श्रेष्ठ छायाकंन, सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT