Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठAustraliaइन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित


सिड्नी । मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट बञ्चित भएका छन् ।

उक्त रहस्यमय गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भए भने मुलुकको सबैभन्दा ठूलो सहर मेलबर्नमा भीडभाड हुने रेलहरूलाई केही समयका लागि रोकियो ।

सिङ्गापुरको दूरसञ्चार कम्पनी सिङ्गटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो ‘केही’ सेवाहरू पुनःस्थापित गरिएको बताएको छ । यद्यपि उसले गडबडीको कारणबारे बताउन सकेको छैन । “हाम्रो टोलीले अहिले पनि सम्भावित मार्गमा काम गरिरहेको छ, हामीसँग धेरै परिकल्पना थिए र अहिलेसम्म हामीले जति परीक्षण गर्यौँ र नयाँ कार्य गर्यौँ तिनीहरूले मूल समस्याको समधान गर्न सकेका छैनन्”, कम्पनीका प्रमुख कार्यकारी केली बेयर रोजमरिनले राष्ट्रिय प्रसारक एबिसीलाई भने, “मूल समस्या र पुनःस्थापनाको समय थाहा भएपछि हामी चाँडोभन्दा चाँडो सबैलाई अपडेट गराउने छौँ ।”

उनले ह्याकिङका कारण सेवा अवरुद्ध भएको कुनै सङ्केत दिएनन् । ठिक एक वर्ष पहिला साइबर आक्रमणमा ९० लाखभन्दा ग्राहकको व्यक्तिगत डाटा चोरी भएको थियो । छुट्टै विज्ञप्तिमा कम्पनीले सबै सेवाहरू पुनः सञ्चालन गर्न केही घन्टा लाग्न सक्ने बताएको छ । अस्ट्रेलियाली सरकारले मोबाइल फोन, ल्यान्डलाइन र ब्रोडब्यान्ड इन्टरनेट प्रभावित भएको बताएको छ ।

एक करोडभन्दा बढी ग्राहक भएको अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी अप्टसले स्थानीय समयानुसार बिहान करिब ४ः०५ बजे सेवा अवरुद्ध भएको थाहा पाएको बताएको छ । इन्जिनियरहरूले समस्या समाधान गर्न प्रयास जारी राख्दा नौ घन्टासम्मा व्यापक समस्याहरूले अप्टस नेटवर्कलाई दुःख दियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र

सिड्नी। अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् । अस्ट्रेलियाली

शङ्करले निर्देशन गर्ने ‘सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना

काठमाडौं । अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण

चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ

न्याभ कपको उपाधि ट्राइकन क्रिकेट क्लबले जित्यो

सिड्नी । १९औं न्याभ कपको उपाधि ट्राइकन क्रिकेट क्लबले जितेको छ । आइतबार भएको फाइनल खेलमा ट्राइकनले एक्स्पर्ट सगरमाथा ब्लुजलाई

अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम

सिड्नी । नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना

मानव सेवा आश्रमको सहयोगार्थ मार्च २ तारिख मेलबर्नमा ‘आमा सेमिनार’

मेलबर्न । गोरखा समाज अष्ट्रेलिया र मानव सेवा आश्रमको सहजीकरणमा मेलर्बनमा फण्ड रेजिङ डिनर तथा आमा सेमिनार हुँदैछ । इस्टर्न

Techie IT