भारतद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण

बिबिसी । गत वर्षको असफल प्रयासपछि भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ।

 

३१ वटा भूउपग्रह सहितको पीएस्‌एल्‌वी-सी ४० नामक उक्त रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ उडेको थियो।

 

नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षयान सहितको उक्त रकेटमा अरू छ देशका भूउपग्रहहरू पनि छन्।

 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको हो।

 

संयुक्त राज्य अमेरिका, ब्रिटेन, फ्रान्स, क्यानेडा, दक्षिण कोरिया र फिन्लेण्डका ती भूउपग्रहले मुख्य रूपमा पृथ्वीको अवलोकन गर्ने बताइएको छ।

 

त्यसबाहेक सञ्चार सम्पर्कका लागि पनि तिनको प्रयोग गरिने छ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन्।

 

यसअघि अघिल्लो वर्ष पीएसएलवी-सी ३९ नामक मिशन विफल भएको थियो।

 

विज्ञान मामिलाका जानकार भारतीय पत्रकार पल्लव बागला भन्छन् - कुनै पनि रकेट विफल भएपछि त्यसलाई मर्मत गरेर पुन: प्रक्षेपण गर्नु एकदमै ठूलो कुरा हो।

 

उनका अनुसार यो रकेटको प्रक्षेपण विफल भएको भए त्यसले भारतीय पक्षलाई चिन्तित बनाउने थियो।



Your Comment

थप समाचार

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 33 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

  • 35 minutes ago
जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह

बार्सिलोना स्टार लियोनल मेस्सीको ‘प्रेम कथा’

  • 42 minutes ago
बार्सिलोना स्टार लियोनल मेस्सीको ‘प्रेम कथा’

एजेन्सी । सबैले पछिल्लो पटक लियोन मेस्सीको लब स्टोरी जान्न चाहेका समेत छन् । व्यवसायिक फुटबल खेल्ने कतिपय खेलाडीहरुको विवाह तथा डिभोर्सको चर्चा मिडियामा भइ नै रहे । तर, लव अफेयरका मामिलामा गम्भिर रहेक


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मैदान बाहिर निकालियाे मालिन्दाे एयरकाे जहाज, अन्तर्राष्ट्रिय उडान सुचारू

मैदान बाहिर निकालियाे मालिन्दाे एयरकाे जहाज, अन्तर्राष्ट्रिय उडान सुचारू

काठमाडौँ । मलेशियाको लागि उडान भर्ने क्रममा विमान धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानिएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।