अन्तर्राष्ट्रिय सहकारी महासंघकाे सदस्यमा नेपाल निर्वाचित

काठमाडौँ, मंसिर १ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) को ग्लोबल बोर्ड सदस्य भएको २० वर्षपछि नेपाल सदस्यमा निर्वाचित भएको छ । सन् १९९७ मा नेपाल महासंघको सदस्य थियो । 

मलेसियाको क्वालालम्पुरमा नोभेम्बर १४ देखि १७ सम्म भएको ग्लोबल कँग्रेस (आइसिए)को साधारणसभाबाट राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल निर्वाचित भएकी हुन् । 

पूर्व सांसद मल्ल लामो समयदेखि सहकारी अभियानमा क्रियाशील थिइन् । उनी राष्ट्रिय सहकारी महासंघको पहिलो महिला उपाध्यक्ष समेत हुन् । उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डको विज्ञ सदस्यका रुपमा नेपाल सरकारबाट नियुक्ति भई कार्य गरेकाे अनुभव समेत छ । उनी भारतबाट सहकारी शिक्षा तथा व्यवस्थापनमा डिप्लोमा लिएकी नेपालकै पहिलो महिला सहकारीकर्मी पनि हुन् । 


राष्ट्रिय सहकारी महासंघ ३४ हजारभन्दा बढी सहकारी संघसंस्था र ६० लाख सहकारीकर्मीको साझा संगठन हो । मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए)को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अभियानका लागि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ । 

विश्व सहकारी अभियानसँग नेपालको सहकारी अभियानलाई जोड्ने अवसरका रुपमा यस विजयलाई लिइएको महासंघका महाप्रबन्धक रामभजन शाहले बताए । अन्तर्राष्ट्रिय सहकारी महासंघ विश्व सहकारी अभियानको छाता संगठन हो । यसमा विश्वका ९५ देशका सहकारी अभियानका शीर्ष निकाय आबद्ध छन् । सहकारी संस्थाको मूल्य, मान्यता र सिद्धान्तको प्रतिपादन अन्तर्राष्ट्रिय सहकारी महासंघले गर्छ ।



    Your Comment

    थप समाचार

    राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

    • 1 hour ago
    राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

    लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

    आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

    • 5 hours ago
    आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

    नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

    शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

    • 5 hours ago
    शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

    काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

    अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

    काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

    जीवनशैली

    क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

    क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

    एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

    विचित्र विश्व

    विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

    विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

    एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।