रुस र अमेरिकाका विदेशमन्त्रीबीच टेलिफाेन वार्ता, सिरियाकाे विषयमा कुराकानी

मस्को, माघ ७ । सिरियामा स्थायित्व र शान्ति स्थापनाको विषयमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनबीच शनिबार टेलिफोन वार्ता भएको छ । सो फोनवार्तामा उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले पछिल्लो समयमा पुनः आक्रमण थालेको विषयमा पनि कुराकानी भएकाे थियाे ।

 

सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ । टर्कीले उक्त सहरमा गएराति विभिन्न ११ वटा युद्धक विमानबाट हवाई आक्रमण गरेको थियाे । सो आक्रमण किन र केका लागि भएको हो भन्ने बारेमा उसले केही बताएको छैन । 

 

सिरियामा जारी रहेको करिब पाँचवर्ष लामो युद्धको अन्त्यका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा दुर्इ विदेशमन्त्रीले छलफल गरेकाे रुसी विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् । गएको करिब पाँच वर्षदेखि सिरियामा जारी हिंसामा परी कम्तीमा पनि चार लाख नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।

 

सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको थियाे । तर वार्ता सफल हुन सकेको छैन । अमेरिका र रुसको अगुवाईमा यसअघि भएका विभिन्न वार्ताहरु पनि सफल हुन सकेका छैनन् । 

 

वर्ष दिन अघि पनि पछिल्लो पटकको वार्ता साउदी अरेबियाले आयोजना गरेको थियो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता थियो । तर त्यसले पनि सिरियामा कुनै निकास निकाल्न सकेन । यहाँको समस्याको समाधानका लागि शान्तिवार्ताको माध्यम अवलम्बन गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र साउदी अरेबिया तथा रुस स्वयंले पनि जोड दिने गरेका छन् । 

 

सन् २०१७ को जनवरीमा पनि मध्यस्थकर्ता समूह गठन गरी वार्ताको व्यवस्था मिलाउने प्रयास गरिएको बताइएको थियो । उक्त प्रयास पनि सफल हुन सकेन । सो समूहले गरेका वार्ताका प्रयासहरु सफल हुन सकेका छैनन् । 

 

सिरियाली समस्या समाधानका लागि विभिन्न क्षेत्रबाट पहलहरु भएका बताउँदै आएको भए पनि ती सार्थक हुन सकिरहेका छैनन् । त्यसैले आज दुर्इ देशका विदेशमन्त्रीहरुबीच भएकाे उक्त फोनवार्तामा आगामी दिनमा सिरियाको विषयमा के कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भएको बताइएको छ । 



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 6 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 11 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 20 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।