‘देवकोटा मानिसका पक्षमा थिए’

आज लक्ष्मीपूजा । महाकिव लक्ष्मी प्रसाद देवकोटाको जन्ममिति पनि यही तिथिमा परेकाले उनको जन्मजयन्तिको रुपमा पनि मनाउने चलन छ । २ वर्षअघि उनका कृति र समग्र बिचारधारामाथि केन्द्रित रहेर पत्रकार तथा समीक्षक दीपक सापकोटाले आख्यानकार नारायण ढकालसँग अन्नपूर्ण पोष्टको साप्ताहिक परिशिष्टांक फुर्सदका लागि अन्तरवार्ता गरेका थिए । सोही अन्तरवार्ता यहाँ साभार गरिएको छ ।

 

महाकवि देवकोटाका रचनासँग तपाईंको परिचय कसरी भयो ?

 

– मैले देवकोटालाई जुनबेला रचनाबाट चिनेँ, त्यसबेला उनी महाकवि भइसकेका थिए । उनी नेपाली जनजीवनमा पनि निकै स्थापित व्यक्ति थिए । स्कूलमा हामीले उनको ‘यात्री’ र ‘मार्ग’ शीर्षकका दुई कविता पढ्नुपथ्र्यो । ‘मार्ग’ कवितामा मानिसको जीवनको महान् उद्देश्यको कुरा उठाइएको थियो । मानिसको उद्देश्य चन्द्रमा छुने हुनुपर्छ भन्थे उनी । ‘उद्देश्य के लिनु उडि छुनु चन्द्र एक’ भन्ने उनको वाक्यले भयङ्कर प्रभाव पा¥यो । ‘यात्री’मा ‘मानिस नै ईश्वर हो’ भनेर मानवतावादी कुरा उठाइएको थियो ।

 

देवकोटालाई ठिक ढंगले किशोर उमेरमा बुझेको हुँ । उनको प्रभाव यति थियो कि तिहार हरेक वर्ष तिहार आउनासाथ उनलाई स्कूल स्कूलमा पु¥याइन्थ्यो । उनको साहित्यिक छवि विराट थियो । उनका ती दुई कविताले पछिसम्म पनि दिमागमा झिल्का हान्थे । ‘चन्द्रमा छुनु’ भन्ने कुरा मानवको महान् आकांक्षा थियो । ‘यात्री’ पढेपछि ईश्वरप्रतिको धारणा बदलियो । भगवानभन्दा मानिस ठुलो रहेछ भन्ने विचार बलियो बन्यो ।

 

 

नेपाली समालोचकहरूले देवकोटा र उनका समकालीनहरूका विषयमा गम्भीर अध्ययन गरिरहेका छन् कि देवकोटाहरूकै मात्र नाम लिएर सजिलै पन्छिने गरिरहेका छन् ?

 

– महाकवि देवकोटा समकालीनहरूमा धेरै फरक थिए । उनका समकालीन कवि लेखनाथ पौड्यालकै कुरा गरौं न । लेखनाथको जिन्दगी स्थिर छ । विचार विविधता लेखनाथमा छैन । देवको जीवन–रेखामा अनेक बदलाव छन् । देवकोटा प्रयोगवादी, ईश्वरवादी, यर्थाथवादीदेखि समाजवादीसम्म भएका छन् । विचारको एउटै लिकमा उनी हि“डेका छैनन् । ईश्वरवादी देवकोटाले माओत्सेतुङबाट पनि प्रभावित भएर कविता लेखेका छन् । अब नेपाली समालोचकको कुरा गरौं । समालोचकको समस्या म बुझ्दिनँ । उनीहरूmले रिस्क लिन चाहेको देखि“दैन । सजिलोकै लागि होला, उनीहरू देवकोटाको नाम लिन्छन् र त्यसपछिका पुस्ताको उल्लेखै गर्दैनन् । जोखिम उठाउन डराउँछन् । समालोचकहरू पुरानै आँखाबाट देवकोटाको प्रशंसामा डुबरहेका छन् । उनलाई नयाँ सन्दर्भमा हेर्ने कुरा समालोचकहरूबाट आएकै छैन ।

 

तपाईं प्रगतिशील आन्दोलनमा होमिनुभो जीवनको उर्वर समयमा । एकजना कम्युनिष्टको आ“खाबाट हेर्दा देवकोटाको लेखन कस्तो देख्नुहुन्छ ? उनको वैचारिक भूमि को हो ?

 

– देवकोटाको अतिमूल्याङ्कन गर्नुहुँदैन । राष्ट्रले मानेजस्तै त्यो सापेक्षतामा उनी महाकवि हुन् । उनको आफ्नै विचारको रूपान्तरणले उनी कम्युनिष्ट आन्दोलनको नजिक थिए । समाजवादी आनदोलनकै नजिक थिए ।

 

उनले उज्वेकिस्थानको तासकन्दमा दिएको भाषणले उनलाई स्पष्ट समाजवादी देखाउँछ । समाजवादले विराट मानवतालाई पछ्याउँछ भन्नेमा उनी स्पष्ट थिए । उनले सममाजिक न्यायको पक्षमा समाजवाद ठिक हो भने । ‘पहाडी पुकार’जस्ता केहि रचना र केहि कविताले उनले वर्गसंघर्षलाई मानेको देखिन्छ । जीवनभरि नै प्रयोग गरिरहेका ती मानिस जीवनको अन्तिम समयमा समाजवादी भएका थिए ।

 

 

तपाईंले भनेजस्तो उनी ‘समाजवादी’ भएका भए जीवनको अन्तिम घडिमा ‘आखिर श्रीकृष्ण रहेछ एक’ भनेर किन भने त ?

 

– सायद उनको अवचेतन मनमा त्यो कविता थियो । फेरि समाजवादी भइसकेपछि पनि पुरानो विचारमा फर्कनु हुन्न भन्ने त हुन्न होला । कतिपयले त ‘आखिर श्रीकृष्ण रहेछ एक’ कविता उनले लेखेकै होइन पनि भनेका छन् । उनी ‘ईश्वरवादी’ नै हुन् भनेर मूल्यांकन गर्नुहुन्न ।

 

 

देवकोटाका कविता, निबन्ध बौद्धिक छन् कि मास अपिलका मात्रै लागि लेखिएका छन् ?

 

– देवकोटाको बौद्धिक गोरेटो स्थिर छैन । उनी धेरै इमोशनल लाग्छन् । उनको लेखन बढिजसो तत्कालीन घटना र परिस्थितिबाट प्रभावित देखिन्छ । उनले क्वालिटि र सम्प्रेषणीयतामा उति ध्यान दिएको देखि“दैन । जे पायो त्यहि लेखे । संख्यामा बढि ध्यान दिए । उनकै समकालीन बालकृष्ण समचाहिँ निकै बुद्धिविलास गर्थे । तर, देवकोटाचाहिँ भावनामा बग्थे । कति विधामा देवकोटा निकै कमजोर छन् । उनको कथा, उपन्यास गतिलो छैन ।

 

सचेत भएर, दाशर्निक र वैचारिक भएर लेखेका निबन्धमाचाहिँ उनी जमेका छन् । त्यसकै प्रमाण हो उनको ‘लक्ष्मी निबन्धसंग्रह’ । त्यसैगरि महाकाव्यमा पनि उनी राम्रैसँग जमेका छन् । तर, उनका निकै स्तरहिन कविता पनि छन् । ‘मुनामदन’ पपुलर हुनुमा मुख्य कारण मास अपिल हो । त्यसमा बौद्धिक, दार्शनिक तत्व अलिकति पनि छैन । ‘मुनामदन’को पपुलारिटिको मूख्य कारण झ्याउरे लय हो, त्यसको कथा र कन्टेन्ट होइन ।

 

 

देवकोटाबारे हरेक साल, हरेक याम, हरेक विश्वविधालयका कक्षा र सामान्य साक्षरको घरमा पनि बारम्बार चर्चा भइरहन्छ । वास्तवमा यस्तो चर्चाको लागि उनि कति योग्य छन् ?

 

– इतिहासको ट्रयाजेडि के भने हरेक समाजलाई एउटा ठुलो र ‘महान’ व्यतिmत्व चाहि“दोरहेछ । ‘महाकवि’ पनि ‘राष्ट्रकवि’ पनि । उनलाई हामीले उनलाई मानक बनायौं, ‘ओभररेटेड’ ग¥यौं । देवकोटाका कमजोरीतिर एकपटक पनि फर्केर हेरेनौं । त्यसको ठुलो असर हामीले अहिले पनि भोगिरहेका छौं । उनले जीवनमा ६ वटा महाकाव्य लेखे । सबभन्दा राम्रो भनिएको ‘शाकुन्तलम’ हो । त्यसको सम्प्रेषणीयता खत्तम छ । त्यसलाई अनुवाद गर्ने हो भने विश्व साहित्यको सापेक्षतामा त्यो निकै पछाडि पर्छ । कालीदासको ‘शाकुन्तलम’लाई नउछिनी नयाँ ‘शाकुन्तलम’ हुनै सक्दैन । तर, देवकोटालाई गरिने भक्तिपरम्परा निन्तर जारि छ ।

 

 

कसैले भूपी ‘ओभररेटेड’ कवि भन्छन् । तपाईंचाहिँ देवकोटालाई पनि ‘ओभररेटेड’ भन्नुहुन्छ । यसरी उनको अवमूल्यन भएन र ?

– उनका कमजोरीबारे अघि पनि कुरा गरियो । देवकोटाको ‘सुलोचना’ महाकाव्य निकै कम क्वालिटिको हिन्दी सिनेमा जस्तो छ । उनले त्यसलाई १० दिनमै लेखे भनेर हामीले ‘चमत्कार’ भन्यौं । तर, एक मानिसको हिसाबले उनी सबैभन्दा समुन्नत र इमानदार व्यक्तित्व थिए ।

 

यस्तोखाले ‘भक्तिपरम्परा’ले हामीलाई कहाँ पु¥याउला दाइ ?

– यसबेला म भूपी सम्झन्छु । उनले भनेका छन्– ‘प्रयोगमै देवकोटाको सारा जिन्दगी सकियो ।’ भूपीको त्यो भनाईलाई म मान्छु । देवकोटाबारे पुर्नमूल्यांकन जरूरी छ । ल उनी ‘महान’ थिए रे त्यो मान्यौं । तर, उनले लेखेका सबै उच्च गुणस्तरका थिए भनेर कसरी मान्ने ? अहिलेको नयाँ राष्ट्रवादमा उनी अटाउँदैनन् भन्ने कुरा आउँछ । तर, आज उठेका वैचारिक आन्दोलनको कसीमा उनको मूल्यांकन गर्नुहुन्न । उनको मूल्यांकन उनकै समयमा पसेर गर्नुपर्छ । लेखनको गुणस्तरमा ध्यान नदिनु, चुरोटका खोलमा पनि कविता लेख्नु, त्यसलाई कतै फालिदिनु र त्यस लेखनको स्वामित्व नलिनुु, गुणमा वेवास्ता गर्नु र संख्यामा ध्यान पु¥याउनु देवकोटाका खास कमजोरीहरू हुन् ।

 


लेखनीलाई फरक, आकर्षक, चोटिलो बनाउने गुण देवकोटासँग जन्मजात थियो, उनी सरस्वतिका वरदपुत्र थिए भनेर थुप्रै किताबमा लेखिएको छ । उनमा धाराप्रवाह लेखन–प्रतिभा जन्मजात थियो वा त्यो प्रतिभा लेख्दालेख्दै खारिएर बनेको हो ? तपाईंलाई के लाग्छ ?

 

– मानिसमा जन्मजात कुनै गुणहरू हुँदैनन् । त्यो उसको हुर्काइ क्रममा चेतनाको स्तर कसरी निर्माण हुन्छ भन्ने कुराले निर्धारण गर्छ । देवकोटा दलित परिवारमा जन्मेका भए वा बाहुन परिवारमै जन्मेर पनि दलित परिवारमा हुर्केका भए उनी यस्तो ‘देवकोटा’ हु“दैनथे । उनको परिवार निकै शिक्षित र बौद्धिक थियो । त्यसैको प्रभाव उनले ग्रहण गरेका हुन् । म सानै हुँदा मेरा बाजेले संस्कृतका श्लोक भन्ने हुनाले संस्कृत व्याकरणको कुनै ज्ञान नहुँदा पनि मेरो दिमागमा ती श्लोकहरू सेट भएर बसेका थिए । त्यस्तै गरि देवकोटाले पनि थुप्रै कुरा छिट्टै सिक्ने मौका पाए र उनी ‘देवकोटा’ बनेका हुन् ।

 


देवकोटाबारे हाम्रा लेखकहरूले पर्याप्त तुलनात्मक अध्ययन, अनुसन्धान गर्नु कत्तिको जरूरी हुन्छ ?

 

– हाम्रो अध्धयन पूरा भयो भन्ने कहिल्यै हुन्न । अहिले पनि अरस्तु, प्लोटोहरू असान्दर्भिक छन् र ? हामी अध्ययन गरिरहेका छौं त । मैले जहिले पनि आज लेखिरहेका लेखकहरूको पनि मूल्यांकन गर्नुप¥यो, पुराना लेखकबारे पनि बहस हुनुप¥यो भन्ने गरेको छु ।

 

 

देवकोटाका कमजोरीबारे कुरा गरियो । तर, उनले समग्र नेपाली साहित्यमा त्यस्तो के दिए जसले गर्दा उनलाई आम पाठकले मन मस्तिष्कमा जुनैबेला राखिरहेका हुन्छन् ?

– देवकोटाले गोठालो जा“दा गोठालोहरूले गाउने ‘मुनामदन’ दिए । बौद्धिकहरूलाई ‘पागल’ कविता दिए । शास्त्रीयहरूलाई ‘शाकुन्तलम’ दिए । काव्यात्मक प्रवाह मनपराउनेहरूलाई ‘लक्ष्मी निबन्धसंग्रह’ दिए । त्यसैले उनी नेपालीहरूको मस्तिष्कमा जीवत छन् ।

 

 

हामीकहाँ ‘महाकवि’ भन्ने पगरिको पछि कुद्ने परम्परा छ । पाठकहरू पनि ‘महाकवि’कै पछि कुदेका छन् । देवकोटाका साहित्य कति दीर्घजीवी छन्, त्यसको वस्तुपरक लेखाजोखा भएको छ ?

– छैन । बरु सुरुचाहिँ भएको पक्का हो । भूपीले पनि वस्तुपरक लेखाजोखाको कुरा उठाएका थिए । नयाँ पुस्ताले पनि उनका कमजोरीहरूबारे कुरा गर्दैछन् । नेपाल प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालयहरूले देवकोटाको वस्तुनिष्ठ पुर्नमूल्यांकन गर्नुपर्छ भनेर कहिल्यै भन्दैनन् । तर, हामीले हरेक पुस्ताका मानिसबारे आत्ममन्थन गर्नुपर्छ ।

 

 

देवकोटामाथिको भक्तिपरम्पराबारे अघि पनि कुरा ग¥यौं । तपाईंको विचारमा हामी उनलाई ‘देवत्वकरण’ गरिरहेका छौं त ?

– हो । देवत्वकरण हाम्रो समाजको ठुलो कमजोरी हो । तर, देवकोटा ‘देवत्वकरण’कै विरोधमा थिए । उनी त मानिसको पक्षमा थिए ।

 

 

देवकोटाको लेखनको लय र सपना के हो ?

– उनको प्रस्थानविन्दु नै ‘आफू होइन अरू’ भन्ने बुझिन्छ । उनले ‘आफ्ना’ लागि कुनै व्यवस्था गरेनन् । आफू र परिवारका लागि केहि गरेनन् । उनको रचनाको कार्यव्यापार ‘अर्काको निम्ति केहि गरौं’ भन्नेबाट प्रेरित छ ।

 

 

समग्र देवकोटा पढ्दा उनी कसैबाट प्रभावित लाग्छन् ?

– खासमा उनी धेरै लेखक र वादहरूबाट प्रभावित छन् । उनको स्वच्छन्दतावाद अंग्रेजी कवि वर्डस्वर्थबाट प्रभावित छ । उपनीषद पूर्वीयबाट र यर्थाथवाद पश्चिमीबाट । उनी सामाजिक यर्थाथवादी पनि देखिए । अनि माओ, लेनिनबाट पनि प्रभावित देखिए ।

 

 

नेपाली निबन्धमा देवकोटाको स्थान के ?

– जुनबेला हामी राष्ट्रिय अस्तित्वको निम्ति संघर्ष गरिरहेका थियौं, उनले ‘के नेपाल सानो छ ?’ निबन्धमा हामीलाई राष्ट्रवादको पराकाष्ठा देखाइदिए । तयसबाट उनी स्थापित भए । पाश्चात्य पुँजीवादले चरम विकृति ल्याएको बेला उनले ‘गाउँ जाउँ’ भनेर लेखिदिए । त्यसले पनि उनी स्थापित भए । मानवताको निम्ति उनको उभ्याइ गजब थियो । उनले कविताको भाषामा निबन्ध लेखे । तर, देवकोटाकै जस्तो निबन्ध लेखेर कोहि अरू मानिस आज स्थापित हुन सक्दैन ।

 

 

उनीबाट अहिलेको पुस्ताले लिन सकिने प्रेरणा के हो ?

– मानिस हरेक पुरानो पुस्ताबाट प्रेरित हुन्छ । देवकोटालाई गुरु मानेपनि उनका कमजोरी हेरेर अघि बढ्नुपर्छ । उनकै कुरा सिक्न त सकिन्न । उनले पनि ‘आफ्नै बाटो पहिल्याउ’ भनेका छन् । उनको ‘साझा जीवन उच्च विचार’ र ‘परोपकारी भावना’ नै सिक्न हामीले सिक्न सकिने कुरा हुन् ।

 


उनी बाँचेको समयमा थुप्रै राजनीतिक परिघटना भए, राणाहरूको थिचोमिचो चर्को थियो । तर, उनले त्यसबेलाको सामाजिक मुद्दा र जनपक्षधरता साहित्यमा उति लेखेका छैनन् । वर्तमान समय र राजनीतिको टड्कारो चित्र उनको लेखनमा आउनुपथ्र्यो भन्ने लाग्दैन ?

– त्यसबेलाको चेतनाको लेभल त्यस्तै थियो । बालकृष्ण समले पनि सेक्सपियर पछ्याए । देवकोटाले बाँचेको समय निकै पिछडिएको थियो । आजजस्तो गतिशील समय त्यो थिएन । मानिसको चेतना भन्ने कुरा सामाजिक संस्था, शैक्षिक संस्थाहरूको कारण बन्ने हो । त्यसबेला उनले चाहेको किताब पढ्ने अवस्था थिएन । संसार बुझ्ने मौका थिएन । देवकोटाको समयमा जो जन्मेको भए पनि त्यस्तै लेख्थ्यो ।

 

 

त्यसोभए संस्कृतनिष्ठ देवकोटा आजको समयमा कति सहज र सान्दर्भिक छन् ?

–उनलाई असहज भन्न कदापि मिल्दैन । उनलाई, उनको लेखनलाई हामीले आत्मसाथ गर्नुपर्छ । देवकोटा इतिहासबाट गुज्रिएको एउटा महान घटना हो । ती काम लाग्दैनन् भन्न मिल्दैन । दवकोटा आज पनि अर्थपूर्ण र सान्दर्भिक छन् ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 10 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 48 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 51 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।