विदेश घुम्न हुने खाने मात्रै हाेइन मध्यम वर्गीय नेपालीहरू समेत जान सक्छन्

 नेपालमा पर्यटन क्षेत्रमा धेरै सम्भावना छ तर, पनि विविध समस्याहरूकाे कारणले यस क्षेत्रमा धेरै विकास हुन् सकेकाे छैन् । यसै सिलसिलामा समयसम्म विदेश बसेर नेपालमै केही गर्न सकिन्छ भन्ने लागेर नेपालमै फर्किएर हाेमल्याण्ड फन हाेलिडेज नामक कम्पनी सञ्चालन गरी पर्यटन व्यवसायमा संलग्न राजेन्द्र अधिकारीसंग नेपालीपत्रले नेपालकाे समग्र पर्यटन क्षेत्रकाे साथसाथै विविध विषयमा कुराकानी गरेकाे छ । 

 

होमल्याण्ड फन होलिडेज प्रा.लि. को मुख्य उद्देश्य के हो?

 

होमल्याण्ड फन होलिडेज प्रा. लि. एक ट्राभल्स एण्ड टुर्स कम्पनि हो हामीले स्वदेश तथा विदेशमा भ्रमण गर्न चाहने आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा दिने हाम्रो मुख्य उदेश्य हो । यसको साथसाथै आन्तरिक र बाह्य हवाई टिकट को सेवा प्रदान गर्नु हो ।

 

यस कम्पनीको स्थापना कहिले देखि भएको र यो क्षेत्रमा लाग्ने हौसला कहाँबाट पाउनु भयो ?

 

हामीले यस कम्पनीको स्थापना गरेको खासै लामो समय भएको छैन। हौसला भन्दा पनि मलाई यो काममा लगाव दिएर ट्राभल्स एण्ड टुरिजम क्षेत्रमा धेरै उपयोगी काम गर्नु छ ।जुन काम कुरा पर्यटन समन्धी काम कारोबार गर्ने ट्राभल्स एण्ड टुर्स कम्पनीको हितमा, नेपाल को समग्र पर्यटन क्षेत्रको हितमा, उपभोक्ता हरुमा, र नेपालको आर्थिक बिकासमा सकारात्मक प्रभाव सगै उर्जाशील काम गरि पर्यटन विकासमा नया आयाम थप्नु छ ।

 

पर्यटन क्षेत्रमा अझै मुख्य गरि ट्राभल्स एण्ड टुर्समा तपाइसँग के कस्तो अनुभव छ ?

 

मैले युरोप अमेरिकाको ट्राभल्स एण्ड टुर्सको बारेमा खासै अनुभव गर्न सकेको छैन तर अध्ययन भने राम्रै सँग गरेको छु, मैले ट्राभल्स समन्धी अध्यन गर्दा दुबई, कतार, बहराइन, मलेसिया, सिंगापुर, थाइल्याण्ड, भारत, लगाएत एसिया का देश हरुको राम्रो अनुभवको साथै अध्यन गरेको छु । यहि अनुभव लाइ नेपालमा सम्भावना देखि पर्यटन क्षेत्रमा आफ्नो जीवन बिताउनु भएका अग्रज र पुराना व्यवसायी साथीहरु सग मिलेर पर्यटन क्षेत्रलाइ अझ प्रभावकारी बनाउन चाहन्छु ।

 

यस ट्राभल्स एण्ड टुर्स कम्पनीले वर्तमान समयमा कुन कुन देशमा सेवा दिदै आएको छ ?


यस होमल्याण्ड फन होलिडेज प्रा.लि. ले विशेष गरि थाइल्याण्डमा काम गर्दै आएको छ । थाईल्याण्डको पटाया सहर र ब्यांकक को सुकुम्भित रोडमा आफ्नो शाखा समेत छिट्टै बिस्तार गर्ने योजनामा छाैं । ग्राहक को छनोट को आधारमा र उहाँहरुकाे आर्थिक अवस्थाको आधारमा हामीले भ्रमण प्याकेजको टुर तालिका बनाउने गरेका छौं । थाइल्याण्डमा विशेष गरि नेपाली हरु प्राय घुम्न जान सक्ने हुदा हामीले उँहा हरुकै इच्छा अनुसारको प्याकेज तयार पर्दै आएको छौं । विदेश हुने खाने र सम्पन वर्गको लागि मात्र हैन मध्यम वर्गीय परिवार पनि जान घुम्न सक्छन धेरै पैसा लाग्ने ठाँउ नभएको हुँदा थाइल्याण्ड लाइ नै प्रमुख प्राथमिकता दिने गरेको छौं । यसका अलावा दुबई मलेसिया सिंगापुर इजिप्ट, कम्बोडिया, श्रीलंका, बर्मा, फिलिपिन्स तथा अन्य देश हरुमा पनि सस्तो र सुलभ रुपमा ग्राहक हरुलाई भ्रमणको सेवा दिदै आएको छौं र कति पय देशमा दोहोरो सम्झौताको तयारीमा छौं ।


थाइल्याण्ड भ्रमणमा पछिल्लो समय नेपालीहरुको आकर्षण बढ्दो छ । यसको कारण के हो ?


थाइल्याण्ड, मुस्कानको को भूमि रूपमा चिनिन्छ, दक्षिण पूर्व एशिया को एक गहनाको रुपमा चिनिन्छ । थाइल्याण्ड त्यति धेरै महंगाे पर्दैन र यँहा धेरै घुम्ने मुख्य ठाउहरु छन् ।पटाया, कोरल आइसल्याण्ड, ग्राण्ड प्यालेस, फ्टि मार्केट लगाएतका रमणीय ठाँउहरु भएकाले याे धेरै नेपालीहरूकाे राेजाइमा पर्छ ।


नेपालमा व्यवसाय गर्दा तपाईलाई धेरै चुनौतीहरु आइपर्ने गर्छन्, कस्तो अवस्थामा तपाई दुखी हुनुहुन्छ र कस्तो अवस्थामा तपाई खुसी हुनुहुन्छ ?


यो क्षेत्र धेरै सजिलो क्षेत्र पनि हैन र धेरै गाह्राे पनि हैन तर, कुनै बेला यँहा बाट घुम्न गाएका साथीहरु र सम्बन्धित देशमा लिन आउने गाइडको मिस कम्युनिकेसन भएर केहि समय हाम्रो ग्राहकहरु अलि उदास भएको र निराश भएको खबर सुन्दा अलि खल्लो महसुस हुन्छ । तर, सोहि समयमै मैले सम्बन्धित देशको सम्बन्धित व्यक्ति सग पुन त्यस्तो मिस कम्युनिकेसन नहोस भनि सहज र आरामदायी वातावरण दिनको लागि पुरा तयारी गरी आफ्ना साना तिना गल्ति समयमै सुल्झाएको छु । त्यसैगरी म त्यो बेला धेरै खुसि हुन्छु जतिबेला मेरो कम्पनीबाट घुम्न जानु भएका उपभोक्ता हरु खुसी भएर मलाई म्यासेज गर्दा, रमाएर तस्बिर खिचेर आफन्त साथीभाई सग शेयर गर्दा, र मेरो कम्पनीले दिएको गुणस्तरीय सेवालाई सकारात्मक मुल्यांकन गरि अन्य साथीभाई आफन्त मेरो कम्पनीमा गएर सेवा लिनु भनेको सुन्दा मलाई सारै खुसि लाग्छ ।


नेपालमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याहरु पनि छन् त्यसबारेमा तपाईको धारणा के छ ?


नेपालमा ट्राभल्स एण्ड टुर्स, होलिडेज, आदि नाम बाट खोलिएका संस्थाबाट तटस्थ रुपमा ट्राभल्स एण्ड टुर्सको मात्र काम कारोबार नभएको हुन सक्छ । ट्राभल्स एण्ड टुर्स कम्पनी नाफामुलक कम्पनी हुन् तर पनि भिसा चार्ज को नाम मा उपभोक्ताले चर्को रुपमा बढी पैसा तिर्न नपरोस, सस्तो प्याकेज पायौ भनेर राम्रो सग कुरा नबुझी विदेश भ्रमणमा नजानुहोस भन्छु । सबैले आफु जाने देशको बारेमा राम्रो सग जानकारी लिएर, हावा पानि मौसम भाषा पैसा आदिको राम्रो सँग जानकारी लिएर मात्र जान आग्रह गर्दछु, जान भन्दा पहिला आफुलाई लिन आउने मान्छे वा होटल वा एजेन्ट को बारेमा राम्रो जानकारी लिएर ठेगाना सम्पर्क नम्बर लिएर मात्र जान र आवश्यक सबै कागजपत्र लिएर जान आग्रह गर्दछु । साथै नेपाल मा धेरै पहिले देखी नै पर्यटन व्यवसाय गर्दै आउनु भएका मेरा अग्रज साथीहरु सग मिलेर आझै पर्यटन क्षेत्रको समग्र विकासमा सकारात्मक कामहरु गर्न पहल गर्नेछु

 

 



Your Comment

Loading...

भिडियो


Related Post

यी हुन् धनी बन्ने ६ अचुक सुत्र, मध्यम वर्गीय मानिस किन धनी हुन सक्दैनन् ?  

  • 4 months ago
यी हुन् धनी बन्ने ६ अचुक सुत्र,  मध्यम वर्गीय मानिस किन धनी हुन सक्दैनन् ?  

यस्तो होइन कि बैक ब्यालेन्सकै कारण धनीहरु मध्यवर्गीय मानिसभन्दा फरक हुन्छ । दुनियाँका सबैभन्दा धनी र सफल मानिसको सोच अरुहरुको भन्दा अलग हुन्छ ।  २५ वर्षभन्दा बढी समयसम्म धनीहरुको अध्ययन गरेपछि से

नेपाल १५ वर्षमा मध्यम आय भएको मुलुक !

  • 11 months ago
नेपाल १५ वर्षमा मध्यम आय भएको मुलुक !

काठमाडौं, बैशाख २६। सरकारले मुलुकलाई आगामी १५ वषभित्र मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

लामो तथा मध्यम दूरीमा असोज ७ गतेदेखि दसैँको टिकट बुकिङ खुल्ला

  • 7 months ago
लामो तथा मध्यम दूरीमा असोज ७ गतेदेखि दसैँको टिकट बुकिङ खुल्ला

काठमाडौँ-उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरुका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

hamropatro


नेपाल

एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

धनगढी, वैशाख १० । पेट्रोलियम पदार्थ भण्डारण गर्न बेला बखत ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा छ ।

 

सात लाख ६० हजार लि क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए पनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले बताए । “निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भयो”, डङ्गोलले भने, “डिजेल भण्डारण गर्ने भनेर खाली गरिएको भए पनि अहिलेसम्म निर्णय हुन नसक्दा ट्यांकी बन्द अवस्थामा छ ।”

जीवनशैली

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।