‘मिलीजुली’ मेरो दोस्रो सन्तान हो

काठमाडौं, जेठ ३ । लिम्बू समुदायबाट साहित्य लेखनमा सक्रिय रहने महिला लेखक दुई जना मात्रै छन् । त्यसमध्ये एक हुन् शान्ति लिम्बू । शान्तिको पहिलो उपन्यास ‘मिलीजुली’ गत साता सार्वजनिक भयो । लामो समयदेखि बेलायत बस्दैआएकी शान्तिले उतै बसेर तयार पारेको आफ्नो कृति नेपाल आएरै सार्वजनिक गरिन् । आफ्नो उपन्यासमा उनले पारु नामकी महिला पात्रको जीवन संघर्षलाई कलात्मक ढंगले उतारेकी छिन् । उनैसँग नेपालीपत्रले गरेको कुराकानी :

 

पुस्तक सार्वजनिक भएपछि कस्ता प्रतिक्रिया आए ?

 

नेपाल र बेलायतबाट धेरै साथी, सुभचिन्तकहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । उहाँहरुको हौसलाले मलाई निकै उत्साही बनाएको छ । साथै थप जिम्मेवारी पनि बढेको महसुश हुन थाल्यो ।

 

पहिले जसरी लेख्थेँ, अब झन गम्भीर भएर, समाजका धेरै पक्ष खोजेर लेख्नुपर्छ भन्ने लागेको छ । साथै सामाजिक संजालमा र फोनमै आएका सकारात्मक प्रतिक्रियाले मलाई लेखनमा अझै सक्रिय हुने उर्जा पनि मिलेको छ ।

 

 

‘मिलीजुली’ मा तपाईँले उठाएका सामाजिक पक्षमध्ये तपाईँ आफैँलाई छोएको कुन पाटो हो ?

मैले आफ्नो उपन्यासमा एकल महिलाको जीवन संघर्ष उतार्ने कोसिस गरेको छु । उक्त पात्रलाई मैले कमजोर रुपमा प्रस्तुत नगरेर एक साहसी महिलाको रुपमा उभ्याएको छु ।

 

हाम्रो लिम्बू समुदायमा पनि यस्ता थुप्रै साहसी महिला छन् । जसले हिम्मत हार्दैनन् । म आफैँ पनि महिला भएकाले उक्त पात्रको भुमिकामाथि न्याय गर्न सकेँ भन्ने लागेको छ ।

 

साहित्य लेख्नका लागि तपाईँलाई के कुराले प्रेरित गर्यो ?

नेपाली साहित्यमा महिला लेखक कम छन् । म हुर्केको लिम्बू समुदायमा त निरन्तर लेख्ने महिलाहरु ‘टर्च’ बालेरै खोज्नुपर्छ । मेरो सानैदेखि साहित्यमा रुची भएकाले पनि होला, हाम्रो समुदायका महिलाहरु पनि लेखनमा लागिदिएको भए हाम्रो लागि आज झन धेरै प्रेरणा मिल्थ्यो होला । म आफैँ पनि यसमा किन नलाग्ने भन्ने कुराले छोएपछि नेपाली साहित्यमा मेरो तर्फबाट पनि एउटा ईटा थपियोस् भन्ने लाग्यो ।

 

यो पुस्तक ‘मिलीजुली’ तयार पार्दासम्म कस्ता कठिनाइ आए ?

सन् २०१२ देखि लेख्न थालेको यो उपन्यास ५ बर्षमा तयार भयो । यस बीचमा साना झन्झट त थुप्रै भोग्नुपर्यो । ति सबै यहाँ उल्लेख गर्नु सम्भव पनि छैन । आफ्ना ब्यक्तिगत जिम्मेवारी पनि सँगै अघि बढाउनुपर्ने भएकाले समय व्यावस्थापन गर्न निकै जटिल भयो । त्यही कारण पनि पुस्तक तयार पार्न नै धेरै समय लाग्यो ।

 

तर यति लामो समय लगाएर पुस्तक तयार पार्दा आफ्नै पुस्तकप्रति एक किसिमको प्रेम हुँदोरहेछ । छुट्टै किसिमको सामिप्य हुँदोरहेछ । लाग्दैछ, मेरी एक्ली छोरीपछि जन्माएको यो पुस्तक चाहीँ दोस्रो सन्तान हो ।

 

 

अर्को पुस्तक लेख्ने विषयमा केही सोच्नु भएको छ की छैन ?

अवस्य लेख्नेछु । केही समयपछि नै अर्को पुस्तकको तयारीमा लाग्नेछु ।

 



Your Comment

थप समाचार

मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

  • 8 minutes ago
मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

काठमाडौँ, असोज ८ । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रि

सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

  • 11 minutes ago
सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

एनआरएन यूकेले रमेश सराङगकोटीलाई प्रवक्ता नियुक्त गरेको छ ।

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

  • 4 hours ago
होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।

जीवनशैली

महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

 महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

एजेन्सी । अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ