गायिका स्मृति पोखरेलको मासिक खर्च १० लाख, आम्दानी कति ?

अष्ट्रेलिया कर्म थलो बनाएकी गायिका स्मृति पोखरेलको नामका अगाडी अरु पनि परिचय झुन्डिन्छन् । नर्स, मोडल, नायिका । केही पहिले हट फोटो सुट गराएर चर्चामा आएकी स्मृति विशेषगरी पप गीत र रक गीत गाउँछिन् । उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘चक्कर’ रिलिज हुने क्रममा छ । उनको पहिलो एल्बम सफर र दोस्रो एल्बम पपस्टार पछि उनी अझ चर्चामा आईन् । स्टेज प्रोगाम तताउन माहिर स्मृतिसँगकाे कुराकानी  :

 

कस्तो छ तपाईलाई ?


एकदम ठीक छ । रमाईलो छ ।


तीज कत्तिको लागिरा’छ ?


अलिअलि लागिरा’छ । ममीहरुलाई जस्तो त लागेको छैन । धेरै चुरा लगाउने, रातो लगाउने, दर खान जाने चाहीँ गर्दिन । ममीहरुसंग दर खाईन्छ । मीठो मीठो खाईन्छ ।


सारी, पोते र गहना लगाउन मन पर्दैन र ?


ठिकैठिकै लाग्छ । ममीले लगाउनु भएको मनपर्छ । म आफूचाहीँ त्यति धेरै लगाउँदिन ।


कस्तो कपडामा तपाईको रुची छ ?


जाडोमा बाक्लो लगाउन मनपर्छ । छोटो लुगा लगाएर आफ्नो शरीरलाई दुःख दिन मन पर्दैन । गर्मीमा त छोटै लुगा लगाउन रुचाउँछु । सिजन अनुसारका लुगा लगाउँछु ।


तपाईंलाई कुन सिजन एकदम मनपर्छ ?


मलाई गर्मी नै एकदम मनपर्छ । गर्मीमा पनि सिरक ओढेर सुत्न मनपर्छ भने जाडोमा कस्तो !


नेपाल मन पर्छ कि अष्ट्रेलिया ?


अवश्य नै नेपाल । नेपाल जस्तो स्वर्ग अन्त कहाँ छ र संसारमा ?


स्टेज प्रोगामका सिलसिलामा कतिवटा देश पुग्नुभयो ?


धेरै वटा । गनेर साध्य नै छैन । एक वर्षमा दुई वटा पासपोर्ट फेरिन्छ ।


सबैभन्दा बढी दोहोर्याएर गएको देश कुन हो ?


जाापान तीन पटक, संयुक्त अरब इमिरेट्स सात पटक, कतार चार पटक पुगेकी छु । त्यसबाहेक मलेसिया पनि धेरै पटक पुगेकी छु । बहराइन, दक्षिण कोरिया, हङकङ, सिंगापुर पनि दोहो¥याएर पुगेका मुलुक हुन् । महिनामा एक पटक जहाजमा उड्न पाइन भने बिरामी नै हुन्छु ।


घुमेका मध्ये मन परेको देश कुन हो ?


नेपाल नै हो ।


घुम्न कहाँ कहाँ जान मन छ ?


स्वीट्जरल्याण्ड, पेरिस । नपुगेका देश घुम्न मन छ । स्वीट्जरल्याण्ड मेरो ड्रिम ल्याण्ड नै हो ।


सबैभन्दा लामो फ्लाइट ?


अष्टेलियाबाट अमेरिका जादा एक पटक २४ घण्टा भन्दा बढी यात्रा भयो । सुरुमा १८ घन्टा भयो । जम्मा तीन ठाउँमा टान्जिट थियो ।

 

तपाईं एक पटक स्टेज प्रोगाम गर्दा कति पारिश्रमिक लिनुहुन्छ ?


त्यो त प्रोगाम हेरेर हुन्छ । ठाउँ र आयोजक हेरेर पनि निर्धारण हुन्छ । कहिलेकाहीं सामाजिक सेवाका लागी कार्यक्रमको आयोजना गरिएको हुन्छ । जापानमा स्टेज शो गरेको ५ लाख रुपैंयासम्म लिएको छु । टिप्स धेरै आएर त्यति भयो ।


तपाईंको मासिक पारिश्रमिक कति हुन्छ ?


त्यो त एक लाख देखी १० लाख रुपैंयासम्म जति पनि हुन्छ ।


किनेका मध्ये महङ्गो चिज कुन हो ?


मैले भारत जादा एक पटक फोटो सुट गरेको थिए । त्यो लेहेंगाको ५ लाख रुपैंयासम्म पथ्र्यो । ज्वेलरी पनि यस्तै २ लाखको थियो । दुबै लगाएर मैले सुटिङ गरेपछि मलाई नै त्यो उपहार दिईयो । आफूले किन्नुपर्दा पनि ७ लाख त पथ्र्यो नै ।


तपाईंलाई सबैभन्दा बढी के किन्न मनपर्छ ?


मलाई सबैभन्दा धेरै मोबाइल फेर्न मनपर्छ । ब्राण्डेड फरक फरक मेकअपका सामानहरु पनि धेरै नै किन्छु । स्पेशल म गाजल बढी किन्छु । त्यो बाहेक मोबाइल कभर, जुत्ता, पहिरन किन्न मन लाग्छ ।


मोबाइल कतिवटा फेर्नुभयो ?


अनलिमिटेड । अहिले आइफोन सेभेन प्लस चलाउँछु ।


तपाईंका शोखहरु ?


घुम्ने, यात्रा गर्ने, धेरै बैंक ब्यालेन्स राख्ने, कतै लगानी नगरेर त्यसको ब्याज खाने ।


तपाईंको मासिक खर्च कति हुन्छ ?


मेकअपमा मात्रै १ लाख रुपैंया जान्छ । ब्राण्डेड सामान किन्दा बढी खर्च हुन्छ । कहिलेकाही १० हजार पनि खर्च हुँदैन कहिलेकाही १० लाख रुपैंयासम्म पनि पुग्छ । यत्ति नै भन्ने त छैन । कस्मेटिक, गाजलमा बढी जान्छ ।


चन्द्रमामा जान पाए कसलाई लैजानुहुन्थ्यो ?


ममीलाई । घरी हाँस्ने, घरी रिसाउने मुड हुन्थ्यो ।

 

संसारमा सबैभन्दा बढी मनपर्ने व्यक्ति ?


ममी ।


तपाईंलाई मन परेको मुभी ?


पुरानोमा युगदेखी युगसम्म । जसमा राजेश हमाल र कृष्टि मैनालीको अभिनय रहेको छ । हिन्दीमा कुछकुछ होताए, कहोना प्यार हे ।


फिल्म हेर्दाहेर्दै कुनै हिरोसंग प्रेममा पर्नुभएको छ कि ?


छैन । स्क्रीनमा हिरोलाई देखेर कहाँ प्रेम पर्छ र ?


तपाईंलाई सबैभन्दा मन परेको हिरो ?


जोन अब्राहिम ।


कुनै हिरोस“ग डेट जान पाए को सँग जानुहुन्थ्यो ?


जोन अब्राहिम । उनको लुक्स, हेराइ, बडी, डाइलग, अभिनय सबै मनपर्छ ।

 

सपनामा पनि जोन अब्राहिमलाई नै देख्नुहुन्छ कि क्या हो ?


सपना त देखेको छैन । तर, राम्रो लाग्छ ।


नेपालीमा कोही मनपर्छ ?


त्यस्तो कोही छैन ।


तपाईंलाई सबैभन्दा बढी मन परेको गीत ?


अभया सुब्बाका तिम्रो लागी ।

 

सपना कत्तिको देख्नुहुन्छ ?


अलिअलि देख्छु ।

 

तपाईंले देखेको सपना पूरा हुन्छ ?


मन परेको कुरा देख्छु । सपना देखेको पूरा पनि हुन्छ ।

 

कत्तिको रुनुहुन्छ ?


रुन्छु । चित्त दुख्दा रोई’रा हुन्छु ।

 

तपाईंलाई आफ्नो कुन अंग मनपर्छ ?


आँखा ।


अरुले तपाईंको कुन अंगको तारिफ गर्छन् ?


मानिसको मनमा जान सकिदैन । खै, उहाँहरुलाई के लाग्छ ठ्याक्कै थाह छैन । तर, मेरो अगाडी भने आँखाको नै तारिफ गर्नुहुन्छ ।

 

मागि विवाह ठीक कि प्रेम विवाह ?


प्रेम विवाह । तर, प्रेम विवाहलाई मागि विवाहमा परिणत गर्नुपर्छ । आमाबुबास“ग छलफल गरेको राम्रो हो । जात मिल्नुपयो, मन मिल्नुपयो, परिवारको स्वीकृति मिल्नुपयो । त्यही राम्रो हो ।

 

तपाईंको हातभरी ट्याटु रहेछ । कसको नाममा हो ?


मलाई माया गर्ने सबैको नाममा ।

 

कुनै स्पेशल व्यक्तिको नाममा हो कि ?


हो नि ।


खुलाउन मिल्छ ?


मिल्छ । मेरो जीवनसाथी गिरिश शर्मा । उहाँ पिएचडी डाक्टर हो । पेशाले आइटी इन्जिनियर हो । उहाँको नाममा । हि इज् भेरी स्वीट गाइ । मैले भन्दा बढी उहाँले माया गर्नुहुन्छ ।

 

ब्रत बस्नुहुन्छ ?


अहँ । मन पर्दैन । खानेकुरा बार्न सक्दिन ।

 

पेशाले नर्स हुनुहुन्छ । बिरामी भएर हस्पिटल जानु भएको छ ?


छैन । म हेल्दी पर्सन हो ।

 

नेपालमा कहाँ कहाँ घुम्न जान मन छ ?


रारा, मुस्ताङ ।

 

भाग्यमा विश्वास गर्नुहुन्छ कि कर्ममा ?


भाग्यमा धेरै विश्वास गर्छु ।

 

ज्योतिषकोमा गएर चिना हेराउनु भएको छ ?


अबश्य छ । ज्योतिषको कुरा सुन्न मन लाग्छ । उहाँले भने अनुसार काम गर्न मन लाग्छ । यो औंठी पनि ज्योतिषले भनेर लगाएको हो । मलाई एकदम फापेको छ ।

 

अष्ट्रेलिया बस्दा के कुरा मिस हुन्छ ?


पहिलो कुरा परिवार । त्यसपछि आफन्त, साथीभाई मिस गर्छु । खानेकुराहरु, त्यसमा पनि स्पाईसी फुडहरु । आलुचप, चिकेन यहाको जस्तो त्यहा स्वाद पाइदैन ।


तपाईं बाहिर निस्किदा पर्समा कति पैसा बोक्नुहुन्छ ?


कहिले सय रुपैंयाँ मात्र हुन्छ, कहिले १ लाख रूपैयाँ पनि हुन्छ । यत्ति नै भन्ने हुँदैन । एटिएम कार्ड हुन्छ, त्यो जहिले पनि चलिहाल्छ ।


तपाई विवाहित हुनुहुन्छ । तैपनि कसैले फेरि प्रेम प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ?


रिजेक्ट गर्छु । मेरो जीवनमा कोही हुनुहुन्छ । मेरो गीतलाई माया गरिदिनुहोस् भन्छु । तपाईहरुले राम्रो केटी पाईहाल्नुहुन्छ भनेर जवाफ दिनुहुन्छ ।


तपाईलाई कस्ता खालका पुरुषहरुले आकर्षण गर्छन् ?


जोन अब्राहम जस्ता पुरुषहरुले । गोरो, कालो, अग्लो, होचोले फरक पार्दैन । मन सफा हुनुपयो । त्यो मनले यो मनलाई माया गर्नुपर्यो ।


गायिका नबनेको भए के बन्नुहुन्थ्यो ?


नर्स ।


आफूले छानेको पेशा प्रति सन्तुष्ट हुनुहुन्छ ?


आफूले छानेको पेशाप्रति एकदम खुसी छु । अरुको सेवा गर्न पाउँदा एकदम खुसी लाग्छ । राम्रो काम गर्न पाएको छु । समाजसेवा पनि हो ।

 

फेसबुकमा कति समय बिताउँनुहुन्छ ?


हरेक घण्टा चलाउँछु । समय मिल्दा चलाउँछु ।

 

तपाईंलाई चलचित्रममा खेल्ने प्रस्ताव आएको छैन ?


छ नि । तर, समय नमिलेर नखेलेकाे हो ।

 

भिडियाेमा हेर्नुस गायिका पाेख्रेलसँगकाे अन्तरवार्ता 

 



    Your Comment

    थप समाचार

    मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

    • 3 minutes ago
    मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

    काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रत

    स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

    • 1 hour ago
    स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

    काठमाडौं, कात्तिक २ । उद्योगमन्त्री सुनिल थापाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले स्थायी सरकार बन्ने सम्भावना बढेको बताएका छन् ।

    यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

    • 3 hours ago
     यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

    सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

    संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

    आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

    जीवनशैली

    यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

    यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

    एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

    विचित्र विश्व

    नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

    नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

    भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।