Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलहङकङलाई हराउँदै नेपालले जित्यो टि२० आई सिरिजको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो टि२० आई सिरिजको उपाधि


काठमाडौँ । नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको उपाधि जितेको छ । फाइनलमा हङकङलाई डकवर्थ लविस पद्धतिको आधारमा १३ रनले हराउँदै उपाधि जितेको हो ।

जितका लागि १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेट गुमाउँदै ३७ रन बनाएको अवस्थामा खराब मौसमको कारण खेल रोकिन पुगेको थियो ।

पुनः खेल हुन नसकेपछि नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा विजयी भएको हो । नेपालकी इन्दु बर्मा १९ बलमा २ चौकासहित १९ रनमा नटआउट रहिन् । सीता रानामगर १३ बलमा १ चौकासहित १३ रनमै नटआउट रहिन् ।

मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।

हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन जोडिन् । त्यस्तै मारिना लम्प्लगले २० बलमा २ चौकासहित १९ रन बनाइन् ।

नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए । आइसिसी विश्वकप महिला टि२० एसिया क्षेत्र छनोट अघि नेपालसहित चार देशले सिरिज खेलेका हुन् । नेपालले अब सोमबार अन्तिम तयारीको रुपमा थाईल्यान्डसँग खेल्नेछ । आइसिसी महिला एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेलिनेछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । यस्तै, समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोली २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT