डिजिटल सिग्नेचर गरिएकाे डकुमेन्ट हार्डकपी भन्दा हजारौ गुणा सुरक्षित हुन्छ

सन् २००६ मा जारी भएको विद्युतीय कारोबार ऐनले डिजिटल सिग्नेचरको व्यवस्था गर्यो । प्रविधिमा भर्खरै बामे सर्दै गरेको नेपालका लागि यो नौलो विषय थियो । त्यतिखेर डिजिटल सिग्नेचर र सेक्युरिटीको बिजनेसको बारेमा धेरैलाई थाहा नै थिएन । सरकारका निकायलाई पनि डिजिटल सिग्नेचर कार्यन्वयनको काम सुरु गनै धौधौ परिरहेको थियो ।

 

त्यही बेला प्रविधि क्षेत्रका केही अगुवाहरुले नेपाल सर्टिफाइङ कम्पनीको स्थापना गरे र डिजिटल सिग्नेचरको कारोबार सुरु भयो । अघिल्लो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिजिटल सिग्नेचर दिएर यसको कारोबार सुरु भएको हो । आखिर के हो त डिजिटल सिग्नेचर ? यसको आवश्यकता र महत्व के छ ? भन्ने बारेमा नेपालीपत्रका सुनिल भट्टराईले नेपाल सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमान सिंहसँग गरेको कुराकानी:

 

नेपाल सर्टिफाइङ कम्पनी कस्तो संस्था हो ? स्थापनाको उद्धेश्य के हो ?
सन् २००६ मा विद्युतीय कारोबार ऐन आइसकेपछि प्रमाणीकरण निकायको लागी २ पटक लेटर अफ इन्ट्रेस्ट जारी गर्दा पनि सकैले आवेदन गरेनन् । त्यतिखेर डिजिटल सिग्नेचर र सेक्युरिटीको बिजनेसको बारेमा धेरैलाई थाहा नै थिएन । कोही पनि नआएपछि सरकारलाई त गाह्रो भयो । सरकारको आफ्नो नियम छ, ऐन छ त्यसलाई लागु गर्नको लागि प्रमाणिकरकण नियन्त्रकको कार्यालय पनि बनाइसकेको छ तर ऊ आफैले त डिजिटल सिग्नेचर बेच्दै हिड्ने कुरा भएन ।


प्रमाणीकरण निकाय भनेर सर्टिफाइङ कम्पनी नियुक्त गर्नुपर्ने कुरा ऐनमै छ । त्यसबेला सरकारमात्रै होइन कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि अनलाइन सबमिशनको सफ्टवेयर बन्दै थियो । उनीहरुलाई पनि डिजिटल सिग्नेचर त नभइ भएन । त्यसमा विश्व बैंक अन्तर्गतको आइएफसीले सहयोग गर्दै थियो । उनीहरुलाई त कठिन भयो । त्यसपछि आइएफसीको मान्छे नेपाल उद्योग वाणिज्य महासंघमा आइपुगे । त्यतिखेर म त्यहाँ आइसीटी डेभलपमेन्ट कमिटीमा थिएँ । त्यसपछि प्रविधिको क्षेत्रमा काम गरेका धेरै संस्थाहरु मिलेर सबैले थोरै थोरै पैसा हालेर १० करोड रुपैयाँ अधिकतम पुँजी हुने गरी नेपालमा डिजिटल सिग्नेचर बेच्नको लागि यो कम्पनी स्थापना गरेका हौं ।

 

डिजिटल सिग्नेचर भनेको के हो ?
यो धेरै नै सुरक्षित र नविन प्रविधि हो । खासमा डिजिटल सिग्नेचर भनेको पिकेआई बाट जेनेरेट गरेको र्याण्डम नम्बरहरुको एउटा समूह हो । यो कमसेकम पनि २०४८ बिटमा जेनेरेट हुन्छ १ बिट बराबर ८ ओटा अंक अर्थात २ हजार बिट भनेको करिब १७ हजार वटा अङ्कको कोड हो । सानो सानो पासवर्डहरु त ह्याक गर्न त्यति गाह्रो छ भने १७ हजारवटालाई ह्याक गर्न कति गाह्रो होला । अहिलेको टेक्नोलोजीले १० हजार वर्ष लाग्छ भन्छ ।

 

डिजिटल सिग्नेचरले कसरी काम गर्छ वा यसलाई कसरी प्रयोग गर्न सकिन्छ ?
यसमा दुई वटा साँचो हुन्छ एउटा चाहीँ निजी साँचो (प्राइभेट की) अर्को चाहीँ सार्वजनिक साँचो (पब्लिक की) । तपाईको पब्लिक की चाहीँ सार्वजनिक गर्न सकिन्छ । तर प्राइभेट कि चाहीँ नितान्त व्यक्तिगत हुन्छ त्यो सार्वजनिक गर्नु हुँदैन । मैले तपाईको पब्लिक कि राखेर कुनै मेलहरु पठाएँ भने तपाईले आफ्नो प्राइभेट कि नराखेसम्म त्यो खुल्दै खुल्दैन् । डिजिटल्ली साइन भएर आएको र तपाईको पब्लिक कि राखिएर आएको कुनै पनि मेल तपाईले आफ्नो प्राइभेट कि राखेपछि मात्रै खुल्छ ।


यो हामीले तपाईलाई साइन गर्र्न एउटा कलम दिए सरह हो तर त्यो कानूनी मान्यता प्राप्त कलम हो । त्यसलाई सुरक्षित रुपमा प्रयोग गर्नुपर्छ । प्रयोग गर्न केही गाह्रो छैन् । साइन एण्ड फिल अप्सनमा गएर क्लिक एण्ड ड्रयाग गर्यो । चार पाँच सय पेजको डकुमेन्ट भयो भने टाउको र पुच्छरमा साइन गर्नुपर्छ तर डिजिटल सिग्नेचर त एक ठाँउमा गरे पुग्छ केही गर्यो भने त्यो डकुमेन्ट नै चल्दैन् ।

 

यसको फाइदाहरु के के छन् त ?
यसको पहिलो फाइदा जसलाई पठाएको हो उसले मात्रै पाउने, अरुले बिचमा त्यसलाई हेर्न वा ह्याक गर्न नसक्ने हो । त्यतिमात्रै नभएर अर्को एउटा प्रविधि चैं इन्क्रिप्सनको छ । मैले कुनै मेल इन्क्रिप्ट गरेर तपाईलाई पठाएँ भने तपाईले आफ्नो कोड राखेपछि मात्रै त्यो डिक्रिप्ट हुन्छ नत्र भने त्यो हेर्नै सकिदैन् । बिचमा कसैले ह्याक गर्यो, फिस गर्यो केही गर्यो भने त्यसले गार्बेज मात्रै पाउँछ ।
तपाईले त्यसमा आफ्नो प्राइभेट कि राखेपछि मात्रै त्यो डिक्रिप्ट हुन्छ । सेक्युरिटीको लागि यो जति राम्रो केही पनि छैन् ।


कुनै डकुमेन्टमा तपाईले डिजिटल सिग्नेचर गरेर दिनुभएको छ भने त्यसलाई तपाईको हो कि होइन भनेर हेर्नको लागि डबल क्लिक गरेर हेर्ने हो भने त्यो कहिले गर्नुभयो कहिले इस्यु भयो त्यसको भ्यालिडिटी कहिलेसम्म र तपाईको सबै डिटेल त्यहाँ देखिन्छ । हाम्रो हार्डकपि भन्दा पनि अझै बलियो भयो । सिग्नेचर गरेपछि पनि त्यसलाई अलिकति कसैले चलायो भने त्यो डकुमेन्टले नै भन्छ कि त्यो सिग्नेचर त ठिक छ तर सिग्नेचर पछि पनि त्यो चलाइएको छ । केही घटबढ भएको छ भनेर डकुमेन्ट नै बोल्छ ।


सक्कल हार्डककपी जुन छ त्यसमा केही बदमासी गर्यो भने त त्यहाँ थाहा हुँदैन । तर, डिजिटल सिग्नेचरमा त कमा मात्रै घटबढ भयो भने पनि थाहा हुन्छ । भनेपछि हार्डकपी भन्दा पनि यो सुरक्षित भयो । डिम्याट फर्ममा जाँदा फ्रड होला भन्ने चिन्ता धेरैलाई हुन सक्छ तर खासमा डिजिटल सिग्नेचर प्रयोग गर्दा त झनै सुरक्षित हुन्छ । यसमा तपाईको आइडेन्टिफिकेसन हुन्छ अथेन्टिकेसन हुन्छ । डाटा इन्ट्रिग्रिटी हुन्छ ।


यसमा तपाईको मेल आउँदा कसैले चलाउन खोजेको छैन् भने हरियो रिबन आँउछ तर कसैले ह्याक गर्न खोज्यो भने रातो रिबन काटिएर आँउछ त्यसपछि तपाईले थाहा पाउनुहुन्छ कि यो ह्याक भयो वा फिसिङ भयो । अर्को कुरा यो ऐन अनुसार बनेको हुनाले कानुनी बात लाग्छ ।

 

नेपाल सर्टिफाइङ कम्पनीले स्थापनादेखि अहिलेसम्म आउँदा कस्ता चुनौती अथवा अप्ठ्यारा सामना गर्नुपर्यो ?
सरकारी निकायहरुमा काम गर्न धेरै गाह्रो रहेछ । कोही पनि नआएपछि साथीभाईहरु मिलेर यस प्रोजेक्टलाई अगाडि ल्याएका हौं । त्यसपछि नेपाल सर्टिफाइङ कम्पनीलाई लाइसेन्स दिइयो किनभने नेपाल सरकारसँग अरु विकल्प नै थिएन् ।


पछि के आयो भने हाम्रो ऐनमा त दश वर्ष पुरानो कम्पनी चाहिने कुरा रहेछ । तर हाम्रो कम्पनी त नयाँ भयो भन्ने कुराहरु आयो । सरकारलाई सजिलो होस भनेर सूचना प्रविधिमा बिसौं वर्ष काम गरिआएकोे मानिसहरु अघि सर्यौं तर, के गर्ने ? त्यसपछि हामीले हाम्रै पार्टनर मध्येको रेडियन्ट इन्फोटेकबाट फेरि अर्को लाइसेन्स लिएर लाइसेन्स पार्टनर रेडियन्ट इन्फोटेक र म्यानेजमेन्टको काम नेपाल सर्टिफाइङ कम्पनीले गर्ने गरी काम थाल्यौं ।


लाइसेन्स पाइसकेपछि पनि केही समय काम रोकियो किनभने अन्य कम्पनीलाई जस्तो पेपर लाइसेन्स दिएर मात्रै हुँदैन । यसको लागि सरकार आफैले ‘पब्लिक कि इन्फ्रास्ट्रक्चर’ विकास गरेर नेपाल सरकार देखिने गरी उसले साइन गरेर दिनुपर्छ । त्यसलाई ‘रुट साइनिङ’ भनिन्छ । त्यो साइन गरेर दिए पछि हाम्रो पिकेआईमा लगेर राखेपछि मात्रै डिजिटल सिग्नेचर दिन मिल्छ । त्यसलाई ‘चेन अफ ट्रस्ट’ भनिन्छ । चेन अफ ट्रस्टमा तपाईलाई हामीले उपलब्ध गराएको डिजिटल सिग्नेचरको रुट चाहीँ नेपाल सरकार हुनेछ ।


तर, दुर्भाग्यवश के भयो भने सरकारले जुन पिकेआई बनाएर राख्यो त्यसले काम गरेन । अनि त्यसलाई रिभाइभ गर्नलाई झन्डै तीन चार वर्ष नै लगाइदियो । त्यसले यो प्रोजेक्ट एकदमै ढिला हुन आयो । पेपर लाइसेन्स मात्रै पाएर हामी आँफैले गर्ने भएको भए हामी गथ्र्यौ तर सरकार आफैले पिकेआई बनाएर उसले रुट साइनिङ गरेर दिएको चिज चाहिने भएकोले ढिला हुन आएको हो ।
हामीले अघिल्लो वर्ष त्यो पायौं र पहिलो टोकन राष्ट्रपतिलाई दिएर काम सुरु गर्यौं । संसारभरको प्रचलन पनि यही छ तर, हामी यस मानेमा भाग्यशाली भयौं किनभने हामीले राष्ट्रपति, प्रधानमन्त्री र सञ्चारमन्त्री तीनैलाई एकैचोटी टोकन दिन पायौं ।

 


नेपाल सर्टिफाइङ कम्पनीले अहिले के–के काम गरिरहेको छ ?
मुख्य त हामी डिजिटल सिग्नेचर इस्यु गर्छौं । एउटा अर्को काम भनेको तपाईको डिजिटल सिग्नेचर हरायो बिग्रियो भने डिजिटल सिग्नेचर एक्टिभ हुनलाई पिन माग्छ । त्यो पिन नभएसम्म त्यो एक्टिभ हुन्छ । कसैले त्यो पिन चोर्यो वा कसैले हराएको पाएर प्रयोग गर्न खोज्यो भने त्यस्तो हराएमा तुरुन्त हामीलाई खबर गर्नुहोस् हामी त्यसलाई डिएक्टिभेट गर्नेछौं । त्यो मान्छेले फेरि अर्को लिन चाहेमा अर्को सिग्नेचर लिन सक्छ । अनि हरेक महिना हामीले यति जनालाई डिजिटल सिग्नेचर बेच्यौ भनेर सरकारलाई रिपोर्ट दिन्छौं । बेचे बापत ५ प्रतिशत रोयल्टी तिर्नुपर्छ । हाम्रो काम धेरै छैन् । हाम्रो एउटा फ्याक्ट्री हो त्यसमा माग बढ्यो भने जनशक्ति पनि थप्छौं । यो त्यति ठूलो धेरै मान्छे चाहिने इन्डस्ट्री होइन् । भोलिको दिनमा चाहिएको खण्डमा थप्छौं ।

 

यसलाई अरु देशले कसरी प्रयोग गरेका छन् ?
अहिले नासा, इयु लगायत सबैले डिजिटल सिग्नेचर प्रयोग गरेका छन् । यसलाई २ हजार बिटमा मात्रै होइन् सेक्युरिटी बढी चाहियो भने त्यसलाई अझै बढी बनाएर ४८ हजारसम्म बनाउन पनि सकिन्छ । सिङ्गापुरतिर चाहीँ यसैगरी बैंकमा एकाउन्ट खोल्ने बेलामै तपाईलाई आइडीको रुपमा डिजिटल सिग्नेचर दिने गर्छन् । यसलाई धेरै ठाँउमा प्रयोग गर्न सकिन्छ । यसलाई धेरैजसो विकसित देशमा प्रयोग गरिदैं छ । हाम्रा छिमेकी देशहरुले पनि यसको प्रयोग बढाएका छन् ।

 

नेपाल सर्टिफाइङ कम्पनीको अबको योजनाहरु के छन् त ?
अहिले हाम्रो जमर्को भनेको यसलाई विभिन्न सरकारी निकायहरुमा लागु गर्दै जाने र त्यसलाई अनिवार्य गर्दै जाने ताकी सबै जनताले यो चलाउने, बनाउने र हाम्रो सोसाइटीलाई पेपरबाट लेस पेपर हुँदै पेपरलेस तिर लैजाने ।


हामीले अहिले डिपार्टमेन्ट अफ आइटी, प्रमाणिकरण कार्यालय, प्रधानमन्त्रीको कार्यालय, उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि काम गर्दैछौं । त्यसभन्दा पनि पहिले नगरपालिकाको भवन डिजाइन जसलाई नक्सापास भन्छौं त्यसमा चाहीँ हामीले नयाँ मेयरहरु आएपछि काम गर्न सुरु गर्दैछौं ।


मानिसहरुलाई त्यसको प्रयोग गर्ने ठाँउ भएपछि त उनीहरुलाई पनि तपाईहरु यो किन्नुहोस् भन्न मिल्यो नि त । नभए त घरमा राख्ने डकुमेन्टलाई साइन गरेर राख्नुहोस भन्न त मिलेन ।
भारतमा डिमनिटाइजेसनसँगै सबै ट्याक्सपेयरहरुलाई डिजिटल सिग्नेचर प्रयोग गनुपर्ने नियम बनायो । उनीहरु कहाँ झन्डैझन्डै १४ करोड ट्याक्स पेयरहरु रहेछन् । हाम्रोमा पनि फिगरमा सानो होला तर १२ लाख जति मानिसले त ट्याक्स तिर्छन् ।


सरकारले यसलाई संवेदनशिल रुपमा लिएर कर तिर्नेहरुलाई डिजिटल सिग्नेचर प्रयोग गर भन्दियो भने १२ लाख मानिसहरुसँग डिजिटल सिग्नेचर जान्छ । त्यो त उनीहरुले जहाँ पनि प्रयोग गर्न सक्छन् नि । जस्तैः उद्योग वाणिज्य संघमा सर्टिफिकेट अफ ओरिजिन (उत्पतिको प्रमाणपत्र)लाई डिजिटल्ली साइन गरेर दिने भनिएको छ । किनभने एसओओमा सबै डिम्याट फर्ममा काम हुने भयो । अन्य निकायहरुमा पनि डिजिटल सिग्नेचर भ्यालिड गर्दै जाने हो भने त धेरै काममा एउटै डिजिटल सिग्नेचर काम लाग्छ नि ।

 

डिजिटल सिग्नेचर लिनको लागि के गर्नुपर्छ ? यसको शुल्क कति लाग्छ ?
हामीले तपाईलाई एउटा डिभाइस दिन्छौं । सर्टिफाइङ अथोरिटीको काम भनेको हामीले तपाईलाई डिजिटल सिग्नेचर दिन्छौं । कुनबेला दिन्छौं भने तपाईसँग अनुसूची ५ को हिसाबमा एउटा रुट फर्म भराउँछौं त्यसमा तपाईको सबै आइडेन्टीफिकेसन डिटेल हुन्छ । त्योसँगै तपाईको नागरिकता वा पासपोर्ट जस्ता कानुी परिचयपत्रको एउटा कपी लिन्छौं ।


यस्तो चमत्कारी चिजको पैसा कति होला भन्ने धेरैलाई जिज्ञासा होला ? यो एक वर्षको लागि सब्स्क्राइब गर्ने हो । एक वर्षको लागि जम्मा १८ सय रुपैयाँ हो । यसबाट तपाईले चाहे १८ वटा सिग्नेचर गर्नुहोस् वा १८ लाख वटा गर्नुहोस केही फरक पर्दैन् । त्यो राख्ने भाँडोको लागि चाही थप १२ सय रुपैयाँ पर्छ । हैन त्यो लिन्न सफ्ट टोकन लिन्छु भने त्यो पनि पर्दैन । अनि इन्क्रिप्ट सहित लिन्छु सबै राखेर लिन्छु भने ३७ सय ५० रुपैयाँ पर्छ ।


धेरै मानिसहरुलाई डिजिटल सिग्नेचरको बारेमा थाहा नै छैन नि ?
हामी हाम्रो बारेमा बुझाउन जान्छौं । इन्स्योरेन्स कम्पनीहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, बैंकहरु, बैंकर एसोसिएसन, सेवोन, नेप्से, राष्ट्र बैंक, सबै मन्त्रालयहरुमा हामी गइरहेका छौं । आम सञ्चारमाध्यममा चाहीँ हामी अलि कम गएका छौं । अब त्यता पनि जाने बेला भयो ।


हामीले अहिलेसम्म ५०० प्रयोगकर्ताहरुलाई डिजिटल सिग्नेचर बेचिसकेका छौं । हाम्रो टेस्ट युजर चाहीँ अझै बढी छन् । तपाईले हाम्रो वेवसाइटमा गएर टेस्ट युजर बन्नको लागि अप्लाई गर्नुभयो भने तुरुन्त तपाईलाई निःशुल्क टेस्ट युजर बनाइदिन्छौं । तपाईलाई टेस्ट गरेर चित्त बुझ्यो भने शुल्क तिरेर डिजिटल सिग्नेचर लिन सक्नुहुन्छ । टेस्ट गर्नुहोस चित्त बुझ्यो भने लिनुहोस नभए नलिनुहोस् ।



Your Comment

थप समाचार

बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

  • 3 hours ago
बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

लमजुङ समाज यूकेको १० औं वार्षिकोत्सवका लागि बेलायत आउन लागेकी गायिका दुरा यही नोभेम्बर २२ तारिख बुधवार बिहान लन्डन आइपुग्ने कार्यक्रम छ ।

बेलायतका नेपाली इन्जिनियरलाई तालिम

  • 4 hours ago
बेलायतका नेपाली इन्जिनियरलाई तालिम

३० जना बिभिन्न क्षेत्रका इन्जिनियरहरुको उपस्थिती रहेको कार्यक्रममा क्रसरेल प्रोजेक्ट्का बरिस्ठ इन्जिनीयर बिजय बज्राचार्यले तालिम प्रदान गरेका थिए ।

कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

  • 7 hours ago
कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

एजेन्सी । बलिउडमा हाइटका कारण चर्चामा आउने अभिनेत्री पनि रहेका छन् । हाइटका कारण कतिपय हिरोसँग फिल्म खेल्न पनि समस्या पर्ने गरेको छ । बलिउडमा अग्लो हिरो र होची हिरोइनको ट्रेण्ड निकै चर्चीत रहेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

डा. महतलाई बम प्रहार गर्ने विप्लव कार्यकर्ता समातिए

डा. महतलाई बम प्रहार गर्ने विप्लव कार्यकर्ता समातिए

नुवाकोट, मंसिर ४ । प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवार डा. रामशरण महत र प्रदेश नम्बर २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने अभियोगमा नेकपा विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विचित्र विश्व

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् ।