दाङको प्रदेश ३ (ख)मा २५ वडा जोड्ने गरी चक्रपथ बनाउँछु : उत्तरकुमार वली (अन्तर्वार्ता)

नेकपा एमालेको राजनीतिमा आएदेखि जिल्लाको पश्चिम क्षेत्रमा चर्चा बटुल्न सफल युवा नेता हुन् उत्तरकुमार वली । वलीले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई कडा टक्कर दिएका थिए । अहिले उनै वली दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा २ बाट उमेदवार बनेका छन् । चुनावी मेसोमा नेपालीपत्रको लागि प्रेम राम्जा मगरले उम्मेदवार वलीसँग गरेको कुराकानी यहाँ प्रस्तुत छः–

 

चुनावी अभियानलाई कसरी बढाउनु भएको छ ?

 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को तर्फबाट साझा उम्मेदवारका रुपमा दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभाका लागि प्रतिष्पर्धामा छु । म आफै प्रचारप्रसारमा हिँडिरहेको छु । साथै प्रतिनिधी र समानुपातिक उम्मेदवारहरु पनि चुनावी प्रचारमा हुनुहुन्छ । त्यसका साथै अहिले दुवै पार्टीका नेता तथा कार्यकर्ताहरू चुनावी अभियानमा छन् ।

 

वाम गठबन्धन भएपछि नेताहरूमा उत्साह हुनु स्वभाविक छ । त्यस भन्दा पनि कार्यकर्ता र स्थानीयमा उत्साह ज्यादै पाएको छु । उम्मेदवारी दर्ता गरेको करिब १५ दिन प्रचार गर्न नपाए पनि नेता तथा कार्यकर्ताहरू प्रचारप्रसारमा खटिनुभएको थियो । अहिले सबैमा उत्साह छ । गठबन्धन बलियो भएर पश्चिम दाङमा उदाएको छ । २०७० सालको भन्दा उत्साह असार १४ मा आएको थियो भने अहिले त्यो उत्साह २ गुणा बढेको महसुस मैले गरेको छु ।

 

जनताका अपेक्षा के छन् ?

 

जनताका चाहाना र अपेक्षाहरू धेरै ठुला छैनन् । सामान्य जीवनका चाहाना छन् । सधैँभरी मत दिएर नेतालाई जिताएर पठाउने तर आफ्नो पक्षमा काम नहुने धेरै गुनासा जनतामा मैले पाएको छु । २०७० सालमा म आफै दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार भएका कारण पश्चिम दाङका जनताको चाहाना के छन् भनेर बुझेको पनि छु । सधैँभरी जनतासँग सम्पर्क भइरहोस्, जनताको सुख–दुःखमा नेता आएर प्रत्यक्ष ढाडस दिने काम गरोस् । जनतालाई यात्रा गर्नका लागि सडक यातायात निर्माण हुनुप¥यो । मेरो प्रदेशमा रहेका २५ वटा वडाहरु छन् ती वडाहरूलाई जोड्ने गरी चक्रपथ निर्माण गर्ने योजना बनाएको छु ।

 

सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारका समस्याहरू रहेका छन् । जनताका माझमा त्यही कुराहरू आगामी पाँच बर्षमा पुरा गर्नुपर्नेछ । त्यही काम गर्नका लागि मैले उम्मेदवारी दिएको छु । मंसिर २१ गते हुने निर्वाचन मार्फत् मलाई विजयी गराए भने यही काम गर्न म तत्पर रहने जानकारी गराउँछु । जनताका अपेक्षा चाहाना पनि यही छन् ।

 

तपाईँलाई नागरिकले भोट दिनुपर्ने आधार के हो ?

 

यतिबेला सबै तह र तप्काबाट अधिकारका कुराहरू उठिरहेको छ । यहि समयमा पश्चिम दाङको विकास र निकासका लागि मलाई वाम गठबन्धनले उम्मेदवार बनाएको हो । मेरो उम्मेदवारीले जनतामा उत्साह छाएको छ । नेताहरूमा पनि उर्जा आएको छ । पश्चिम दाङको मात्रै नभएर मेरो प्रदेशमा रहेका तुलसीपुर उपमहानगरपालिकाका १, २, १० र ११ नम्बर वडामा विकासको मूल फुटाउने चाहना छ । म यहिँको स्थानीय उम्मेदवार पनि हुँ । पश्चिम दाङलाई राम्ररी चिनेको छु । त्यसैसले मलाई नागरिक तथा मतदाताहरुले मत दिनुपर्छ ।

 

पश्चिम दाङको समृद्धिका लागि भए पनि मतदाताले मलाई मत दिनुपर्छ । मैले चुनावी कार्यक्रमका समयमा धेरै प्रतिबद्धता जनाएको छु । प्रतिबद्धता जनाएका योजनालाई सम्पन्न गराउन र पश्चिम दाङलाई समृद्ध गराउनका लागि मलाई मत दिनुपर्छ ।

 

तपाईँका जित्ने आधारहरु के—के छन् ?

 

यस पटक मैले नेकपा (एमाले)को नेता भएर मात्रै उम्मेदवारी होइन । अहिले नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन भएको कारणले पनि मैले जित्नै पर्छ । मलाई वाम गठबन्धनमा आस्था राख्ने नेता कार्यकर्ताहरूले जिताउनु पर्छ । २०७० सालको प्रतिष्पर्धी उम्मेदवार भएको र २०७० सालपछि म निरन्तर पश्चिम दाङका जनतासँग प्रत्यक्ष सम्पर्क रहेको नेता पनि हुँ म । अर्को कुरा, हाम्रो पक्षमा असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनको पक्षमा धेरै मत रहेको छ । त्यही मतलाई संरक्षण गर्ने र अरू विचार राख्ने साथीहरूको मतलाई तान्ने प्रयासमा हामीहरु रहेका छौँ । समृद्ध नेपाल बनाउने अभियानमा हामीहरू भएकै कारण मैले जित्छु र वाम गठबन्धनले जित्छ ।

 

जितेर गए पछि तपाईँले यो क्षेत्रको लागि के गर्नुहुन्छ ?

 

दाङ जिल्लामा विकासको दृष्टिले कोही क्षेत्र यदि पिछडिएको छ भने त्यो पश्चिम दाङ हो । कसैले विकासबाट बञ्चित गरायो भने त्यो पश्चिम दाङ हो । तुलसीपुरको पातुखोला सुरु भएपछि विकासबाट टाढा रह्यो । त्यही अवस्थालाई अन्त्य गर्नका लागि मेरो उम्मेदवारी हो । मलाई यही कुराको अन्त्यका लागि पश्चिम दाङका जनताले विजयी गराउनुपर्छ ।

 

मैले चुनावी सभाका क्रममा पनि भनेको छु । मैले जितेको ६ महिनामा पश्चिम दाङमा विकासले केही गति लिनुपर्छ । मैले जितेँ भने पश्चिम दाङका मुख्य र सहायक सडक कालोपत्रे हुन्छन् । सबै बस्तीमा एम्बुलेन्स पुग्ने सडक निर्माण हुन्छन् । सञ्चार सम्पर्क नहुने गंगटे, मलईखोला लगायतका क्षेत्रमा सकभर सरकारी नभए निजी सञ्चार कम्पनीसँग सम्झौता गरेर सञ्चार सम्पर्क स्थापित गराउने काम हुन्छ । त्यस्तै स्वास्थ्यमा सुधार हुन्छ । शिक्षाको स्तर बदलिन्छ । सिंचाई, खानेपानी, कटान समस्या समाधनका लागि मेरो पहिलो प्राथमिकता हुन्छ । यही कुरालाई विश्वास गरेर पश्चिम दाङका विभिन्न क्षेत्रमा भएका चुनावी सभा, घरदैलो, भेटघाटका क्रममा प्रतिबद्धता जनाएको छु । यही ढंगले मैले मेरो क्षेत्रमा विकास गर्नेछु ।

 

चुनावको बेला बाचा गर्ने तर पछि गाउँ नै फर्किदैनन् भन्छन नि उम्मेदवारहरूलाई ?

 

हिजोका दिनमा यही प्रवृत्ति राजनीतिमा भित्रीएका कारणले गर्दा स्थानीय जनतामा राजनीतिक दलहरूप्रति वितृष्णा पैदा भएको छ । यस्तो प्रवृत्ति अन्त्यका लागि मेरो उम्मेदवारी हो । म २०७० सालमा पनि उम्मेदवार बनेर थोरै मतान्तर उपविजेता भएको नेता हुँ । अहिले मैले निर्वाचन नलड्ने भने पनि सधैँभरी जनताको बीचमा सम्पर्कमा रहेकै कारण जनताले उम्मेदवार बन्नुपर्छ भनेर दवाब दिएकै कारण उमेदवार बनेको छु ।

 

हिजो अरुले के गरे म त्यतातिर जान्न । चुनाव हारे पनि म निरन्तर जनताका पीरमर्का बुझ्ने नेता भएका कारण चुनाव जितेर नफर्किने नेता म होइन । त्यसैले मलाई कुनै शंका नगर्दा हुन्छ । किनभने म धेरै कुरा गर्ने होइन जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने भएका कारण यस्तो प्रश्न आगामी दिनमा कसैले गर्नुपर्दैन ।

 

अन्त्यमा के भन्नुहुन्छ ?

 

जनताको बीचमा उत्साह व्यापक छ । वाम गठवन्धनको पक्षमा अपार समर्थन देखिएको छ । मैले मात्रै होइन, दाङ जिल्लाका सबै उम्मेदवारले जित्ने निश्चित भएको छ । हामीलाई जनताले गरेको माया देखेर कतिपय त अत्तालिएका छन् । म एक पटक फेरि सवै मतदातालाई मंसिर २१ गतेका दिन वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दछु ।



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 58 minutes ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।