अव विश्वको जुनसुकै कुनामा बसेर पनि नेपालको जलविद्युतमा लगानी गर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौँ, २५ पुस । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, अब तपाईंलाई लाइनमा बस्ने झन्झट हुने छैन । लगानीकर्ताले सहज रुपमा नै घरमा बसेर नै आफूले के कति रकम जलविद्युत्मा लगानी गर्ने हो सोको प्रतिबद्धता व्यक्त गर्न सक्नुहुनेछ । तपाईंले लगानी गर्न चाहेको रकम विभिन्न जलविद्युत् आयोजनामा सरकारले लगानी गर्नेछ । कति वर्षमा कति प्रतिफल आउँछ सोको जानकारी समेत सरकारले तपाईंलाई दिनेछ ।

 

नागरिकले सहज रुपमा जलविद्युत् क्षेत्रमा लगानी जुटाउने लक्ष्यका साथ ऊर्जा मन्त्रालयले वेबसाइट तयार पारेको छ । वेब पोर्टलमा www. moenonline.moen.gov.np/login  वेबमा आफ्नो व्यक्तिगत विवरण, सम्पर्क नम्बर, इच्छाएको व्यक्ति आदिको सम्पूर्ण विवरण भर्नुपर्नेछ र आफूले कति रकम लगानी गर्न चाहेको हो, सोकोसमेत किटानी गरेर विवरण राखेपछि सरकारले तपाईंलाई सम्पर्क गर्नेछ ।

 

नागरिकबाट उठाइएको रकम छिट्टै प्रतिफल दिने र चाँडै सम्पन्न हुने आकर्षक परियोजनामा लगानी गरिनेछ । ऊर्जा मन्त्री जनार्दन शर्माले सोमबार ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा सो वेबसाइटको शुभारम्भ गरे ।

 

मन्त्रालयले सञ्चालनमा ल्याएको वेबसाइटमा सोमबारदेखी नै नागरिकले आफूले लगानी गर्न चाहेको रकमको प्रतिबद्धता भर्न सक्नेछन् । नागरिकबाट उठाइएको रकम जलविद्युत् उत्पादन कम्पनीले अगाडि बढाउने नलसिंहगाड, शारदा, माथिल्लो अरुण, तल्लो अरुणजस्ता महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनामा लगानी गरिनेछ ।

 

सामान्य जलविद्युत् आयोजनाले सीमित संख्यामा सेयर आह्वान गर्दा अर्बौं लगानीको माग हुने गरेको सन्दर्भलाई विचार गरेर सरकारले सहज रुपमा विद्युतीय माध्यमबाट नै सेयर आवेदन गर्न सक्ने व्यवस्था मिलाएको हो ।

 

जलविद्युत् लगानी तथा उत्पादन कम्पनीले दुई अर्बको सेयर जारी गर्दा ४३ अर्बको आवेदन परेको थियो भने अन्य केही साना जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्दा न्यूनतम २०० प्रतिशत बढी सेयर आवेदन हुने गरेको सन्दर्भलाई दृष्टिगत गरी सरकारले पहिलो चरणमा सेयरको प्रतिबद्धता पत्र माग गर्ने वातावरण बनाएको हो ।

 

प्रतिबद्धताका आधारमा आवेदनकर्तालाई तोकिएको जलविद्युत् आयोजनाको सेयर प्रदान गरिने मन्त्री शर्माको भनाइ छ । त्यस्तो प्रतिबद्धतापत्र व्यक्तिले व्यक्तिगत रुपमा र संस्था वा संस्थागत निकायले भने संस्थागत रुपमा नै सहभागी हुन पाउने छन् ।

 

दक्षिण कोरिया, कतार, साउदी अरब, मलेसियालगायतका मुलुकमा कार्यरत नेपाली कामदारले पनि सहज रुपमा प्रतिबद्धतापत्रमा आफ्नो प्रतिबद्धतासहित दर्ता गर्न सक्नेछन् । यस्तै गैरआवासीय नेपाली नागरिक, विदेशमा कार्यरत नेपाली कूटनीतिक अधिकारी, निजामती कर्मचारी, विभिन्न संस्थामा कार्यरत कर्मचारी सबैले सहज रुपमा जलविद्युत् क्षेत्रमा लगानी गर्न सक्ने ऊर्जा सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए ।

 

नागरिकको जलविद्युत् क्षेत्रमा लगानी गर्ने बढ्दो चाह र मुलुकको आवश्यकतालाई दृष्टिगत गरी प्रविधिको उपयोग गरेर लगानी जुटाउन लागिएको जानकारी दिँदै ऊर्जा सचिव उपाध्यायले यसखालको प्रणालीले केही आयोजना तत्काल अगाडि बढाउनका लागि आवश्यक पर्ने रकम उपलब्ध हुने विश्वास व्यक्त गरे ।

 

नागरिकले कति रकम लगानी गर्न चाहेका हुन् सोही आधारमा सेयर प्रमाणपत्रसमेत दिइने भएकाले त्यसले लगानीको सुरक्षा एवम् प्रतिफलको सुनिश्चितता समेत गर्नेछ । रासस



    Your Comment

    थप समाचार

    अति गरिब समुदायका लागि १५ घर निर्माण

    • 1 minute ago
    अति गरिब समुदायका लागि १५ घर निर्माण

    नवलपरासी, फागुन ६ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका १५ घरधुरीका लागि घर निर्माण गरिएको छ ।

    भुकम्पपीडितको घर बनाउन नेपाल जाँदै ३० अष्ट्रेलियन, के–के गर्छन् ७ दिन

    • 4 minutes ago
    भुकम्पपीडितको घर बनाउन नेपाल जाँदै ३० अष्ट्रेलियन, के–के गर्छन् ७ दिन

    सिड्नी । २ हजार ७१ सालको भूकम्पपीडतको घर बनाउन तीस अष्ट्रेलियन नेपाल जाने भएका छन् ।

    ओली बालुवाटार सर्नुअघि मन्त्रिपरिषद् बैठक बस्ने

    • 7 minutes ago
    ओली बालुवाटार सर्नुअघि मन्त्रिपरिषद् बैठक बस्ने

    काठमाडौं, फागुन ६ । सरकारीनिवास बालुवाटार सर्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । अपहरान्ह चार बजे बालुवाटार सर्ने योजना बनाएका ओलीले त


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    अति गरिब समुदायका लागि १५ घर निर्माण

    अति गरिब समुदायका लागि १५ घर निर्माण

    नवलपरासी, फागुन ६ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका १५ घरधुरीका लागि घर निर्माण गरिएको छ ।

    जीवनशैली

    दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

    दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

    एजेन्सी । मानिसहरुको दातँको अगाडिको भागमा खाली ठाउँ हुनुलाई सुन्दरताको दृष्टिले राम्रो मानिदैन । तर वास्तबमा यसको अर्थ जान्नुभयो भने तपाईपनि आश्चर्यमा पर्नुहुनेछ ।