चलचित्र जालोको ट्रेलरमाथि रसियन आक्रमण, कमेन्टमा पुटिनको चर्चा (भिडियाेसहित)

काठमाडौं, वैशाख ८ । वान सटमा खिचिएको विश्वकै पहिलो चलचित्र जालेको ट्रेलर सार्वजनिक भएको छ ।

 

बिहिबार दिउसो सार्वजनिक ट्रेलर युट्युवमा रिलिज भएपछि यसको भ्यु बढ्दो छ । यो समाचार तयार पार्दासम्म यो चलचित्रको ट्रेलरलार्इ  १७ घण्टामा १ लाख ६० हजार भन्दा बढीले हेरिसकेको छन् ।

 

यो चलचित्रको युट्युव ट्रेण्डिङ टप स्थानमा रहेको छ । हाल नेपालको ट्रेण्डिङमा छैठौं स्थानमा रहेको भिडियोलाई संकट आइपरेको छ ।

 

ट्रेलरलाई असफल बनाउनका लागि रसियाबाट आक्रमण भएको छ । रसियाबाट यो भिडियोलाई डिसलाईक गर्ने र यो भिडियोका बारेमा नकरात्मक टिप्पणी गर्ने क्रम बढेको छ ।

 

रसियनको यस्तो क्रियाकलापले इन्टरनेटमा चलचित्र जालोको नकरात्मक चर्चा हुने संभावना रहन्छ ।

 

किन गरियो  आक्रमण ?

 

युट्युवमा पोष्ट गरेपछि यो चलचित्रको ट्रेलर निकै चर्चित रहेको छ । युट्युवमा नेपालमा हाल छैठौं स्थानमा रहेको ट्रेलर हिजो रसियामा भने पहिलाे स्थानमा परेको छ ।

 

तर के पहिलाे स्थानमा हुँदा नै आक्रमणमा पर्यो त ? होइन । यसको कारण भने अर्कै छ । यो चलचित्र एकै सटमा खिचिएको पहिलो नेपाली चलचित्र हो भने विश्वकै पहिलो लामो वानसट चलचित्र पनि हो । त्यति मात्र होइन यो चलचित्रको सिक्वेल पनि एकै सटमा खिचिएको हो ।

 

तर यसअघि विश्व किर्तिमान राख्न रसियन चलचित्र भने जम्मा १ घण्टा ३९ मिनेटको थियो । २ हजार कलाकार प्रयोग गरेर विश्व किर्तिमान राख्ने उदेश्यका साथ बनाइएको चलचित्र सन् २०१४ मा रिलिज गरिएको थियो । त्यसैले यो नेपाली चलचित्रले उक्त रसियन चलचित्र 'रसियन  आर्क' को रेकर्ड तोड्ने भएपछि युट्युवामा यो चलचित्रमाथी आक्रमण सुरु भएको हो ।

 

हाल यो चलचित्रलाई नराम्रो प्रमाणित गर्न रसियाबाट धमाधम डिसलाइक र नकरात्मक टिप्पणी गर्ने क्रम तीव्र भएको छ । निर्माता तथा निर्देशक अराज केशवले यो चलचित्रको बारेमा नकरात्मक सन्देश फैलाउने उदेश्यले रसियाबाट आक्रमण भएको जनाए ।

 

नेपालीपत्रसँग कुरा गर्दै उनले भने, ‘रसियाको रेकर्ड तोडिने भएपछि हामीमाथी आक्रमण सुरु भएको हो । तर कुनैपनि व्यक्तीको अथक प्रयासबाट रचिएको सिर्जनामाथी यसरी आक्रमण हुँदा दुखी छु । यो चलचित्रले विश्व रेकर्ड राखेपछि नेपालकै नाम रहने हो । त्यसैले यो चलचित्रमाथीको आक्रमणविरुद्ध सबै राष्ट्रप्रेमी इन्टरनेट प्रयोगकर्तासमक्ष आग्रह गर्दछु ।’

 

पुटिनको चर्चा

 

चलचित्रको कमेन्टमा मा रसियनहरुले नकरात्मक टिप्पणी गरेका छन् । उनीहरुले भिडियोमा टिप्पणी गर्दै अराज केशव फिल्मस्ले रसियन चलचित्रमाथी केवल खोल ओढेको भन्दै आलोचना गरेका छन् ।

 

त्यस्तै अर्का टिप्पणीकर्ताले पुटिनले युट्युव ल्याएको भन्दै नराम्रो कुरा टपमा आएको भन्दै आलोचना गरेका छन् ।

 

त्यस्तै यही टिप्पणीमा अर्को टिप्पणीकर्ताले पुटिनलाई चोर भन्दै गाली गरेका छन् ।

 

केही टिप्पणीकर्ताले भने सिनेमामा नेपाल रसियाभन्दा राम्रो रहेको भन्दै तारिफ पनि गरेका छन् भने कोहीले भने यो यात्रा नछाड्नु भन्दै हौसला पनि प्रदान गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक अराज केशवले ति बसै कमेन्टलार्इ भने धन्यवाद् भन्दै  िटप्पणाी गरेका छन् । 

ट्रेलर हेर्नुहाेस्ः

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 13 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 14 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 15 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।