२० वर्षसम्म सँगै बसेर पनि श्रीमतीसँग बोलेनन् यी मानिस, कारण यस्तो
- सोमबार, २५ पुष, २०७३
- 1 year ago
- जीवनशैली

श्रीमान श्रीमतीको झगडा परालको आगो भन्ने उखान त हामी सबैले सुनैकै कुरा हो । हुन पनि हो श्रीमान श्रीमतीको स–सानो कुरामा झगडा पर्छ र एकै छिन पछि मिलिहाल्छन् पनि । झगडापछि हदै भए उनीहरु केही दिनसम्म बोल्दैनन् । साह्रै भै धेरै नै ठूलो झगडा भयो भने उनीहरु अलग हुन्छन् । तर, जापानको मानिस भने श्रीमतीसँग २० वर्ष सम्म सँगै बसेर पनि कहिल्यै दोहोरो कुराकानी गरेनन् ।
यी मानिस हुन्, दक्षिणी जापानका नारा निवासी ओतोउ कातायामा । उनी श्रीमतीसँग सानो कुरामा रिसाएका थिए त्यसैको कारणले उनले श्रीमती युमी सँग २० वर्षसम्म कहिलेकाँही टाउको हल्लाउनु बाहेक एक शब्द पनि निकालेनन् । अचम्म त के छ भने उनी यो २० वर्षको समय आफ्ना तीन सन्तान र श्रीमती युमीसँग सँगै एउटै घरमा बसे ।
यो जापानी दम्पतीको मौनताको रहस्य उनीहरुका १८ वर्षका छोरा योसिकीले एक टिभी कार्यक्रमलाई पत्र लेखेर यो समस्या समाधान गर्न अनुरोध गरेपछि मात्रै खुलेको हो ।
त्यसपछि टिभीको प्रयासमा यी दुईबिच भेट गराइयो र त्यहाँ उनीहरुले पहिलो डेट गरे । त्यसक्रममा बल्ल ओतोउले आफ्नो श्रीमतीसँग बोल्दै भने, ‘कुनै किसिमले हामी कुरा नगरेको धेरै भएको त छैन् । तिमी बच्चाहरुको बारेमा धेरै चिन्तित भयौ ।’
‘युमी आजसम्म तिमीले धेरै दुःख सह्यौ, म तिमीलाई यी सबैको लागि धेरै धन्यवाद दिन चाहान्छु ।’ ओतोउले यती भनिसकेपछि युमीले पनि आफु उनीप्रति कृतज्ञ भएको बताएकी थिइन् ।
उनीहरु बिचको दोहोरो संवाद उनीहरुका तीन सन्तानहरुले नजिकै बसेर भावुक हुँदै हेरिरहेका थिए ।
ओतोउले पछि आफु किन दुखी भएको भनेर खुलाएका छन् । उनले बताएका छन् कि उनी युमीले उनलाई भन्दा धेरै माया र हेरविचार छोराछोरीलाई गरेकाले उनी रिसाएका थिए ।
उनले भनेका छन्, ‘म एकप्रकारले ईष्र्यालु भएको थिए र त्यसैले तिमीसँग रिसाए । अब हामीले पछाडि फर्केर हेर्नु हुदैँन् ।’
थप समाचार
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा
- 12 minutes ago

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने
- 49 minutes ago

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक
बेलायत नेपाल प्रज्ञा परिषद अध्यक्षमा डा. अधिकारी निर्वाचित
- 1 hour ago

परिषदको हालै सम्पन्न निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको हो ।
भिडियो
नेपाल
ठूलाे मात्रामा अमेरिकी डलरसहित सुन्धारामा १ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठूलो मात्रामा अमेरिकी डलर सहित एक जनालाई पक्राउ गरेको छ ।
जीवनशैली
अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।
विचित्र विश्व
२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।
Your Comment