जेसीबीको ग्रामिण अभियान सम्पन्न

  • शुक्रबार, ८ बैशाख, २०७४
  • 1 week ago
  • अर्थ

काठमाडौं, बैशाख ८। नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबीको दोस्रो ग्रामिण अभियान सम्पन्न गरेको छ ।

 


ग्रामिण क्षेत्रका बासिन्दालाई जेसीबी मेसिनको उपयोगिता र आवश्यकताबारे जानकारी दिने उद्देश्यले एमएडब्लु अर्थमुभर्सले दुई महिनाअघि पूर्वमा भद्रपुरदेखि पश्चिममा महेन्द्रनगरसम्मको ग्रामिण अभियान सुरु गरेको थियो ।

 


यो अवधिमा जेसीबी इन्डियाका प्राविधिकसहितको टोलीले नेपालभर ५२ स्थानमा पुगेर जेसीबीका उत्पादन, मूल्य र यसका प्रयोगबारे जानकारी गराएको थियो ।

 


अभियानका क्रममा ग्रामिण क्षेत्रमा सबैभन्दा बढी प्रयोग हुने जेसीबी २डीएक्सएल लोडर र ३डिएक्स सुपर ब्याकहोको प्रदर्शनीसमेत गरिएको थियो ।

 


एमएडब्लु अर्थमुभर्सका प्रमुख बजार व्यवस्थापक सञ्जिब देउजाले भने ‘जेसीबीका मेसिनहरु सम्भवतः सबै प्रकारका उद्योगहरुमा प्रयोग गर्न सकिन्छ । जलविद्युत, राजधार्ग, विमानस्थल जस्ता मेगास्ट्रक्चरको निर्माण कार्यमा मात्र होइन हाम्रा मेसिनहरु पेट्रोल पम्प, पशुपालन, खेतीपाती जस्ता साना व्यवसायमा समेत प्रयोग हुन्छ ।’

 


ग्रामिण अभियान अवधिभर जेसीबीका मेसिन किन्ने ग्राहकलाई थाइल्यान्ड भ्रमणको अवसर दिइनुका साथै स्पेयर पार्टस्मा १० प्रतिशत छुट समेत दिइएको थियो । नेपालको लोकप्रिय ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् ।

 


इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय भएको कम्पनीले बताएको छ ।

 


नेपालमा जेसीबी मेसिनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको पनि कम्पनीले दावी गरेको छ । एमएडब्लु अर्थमुभर्सले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सेवा दिइरहेको छ ।



Your Comment

Loading...

भिडियो


Related Post

थाइल्याण्डमा लोकप्रिय हुँदै नेपाली टपरी

  • 1 year ago
थाइल्याण्डमा लोकप्रिय हुँदै नेपाली टपरी

टपरी नेपालको साँस्कृतिक पहिचान झल्कने बस्तु हो । विभिन्न धार्मिक कार्यक्रममा प्रयोग हुने टपरी ग्रामिण भेगमा त अझै पनि ठूला भोजमा प्लेटको रुपमा प्रयोग गर्ने गरिन्छ ।

उत्तर कोरियाका उपप्रधानमन्त्रीलाई मृत्युदण्डको सजाय

  • 7 months ago
उत्तर कोरियाका उपप्रधानमन्त्रीलाई मृत्युदण्डको सजाय

सोल– दक्षिण कोरियाका अधिकारीले बुधबार भनेका छन्,‘उत्तर कोरियाका शासक किम जोङले शिक्षा मामिला हेर्ने उपप्रधानमन्त्रीलाई मृत्युदण्डको सजाय दिएका छन् । साथै अन्य दुइ अधिकारीहरुलाई पुन शिक्षाक

छोराहरु बिग्रिएपछि आमाहरुको मापसे र जुवातासविरुद्ध अभियान

  • 6 months ago
छोराहरु बिग्रिएपछि आमाहरुको मापसे र जुवातासविरुद्ध अभियान

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका क्षेत्रमा लागुपदार्थ दुव्र्यसन र जुवातासविरुद्धको सामाजिक जागरण अभियान सुरु भएको छ ।  

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।