गाउँपालिका अध्यक्षको घरमा जुवाखाल, वडाध्यक्षसहित नौ जना पक्राउ

  • बिहीबार, २६ असोज, २०७४
  • 1 week ago
  • नेपाल

दाङ, असोज २६ । शान्तिनगर गाउँपालिका अध्यक्ष कमासिंह डाँगीको घरबाट प्रहरीले नौँ जना जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका अध्यक्ष डाँगीको घरबाट वडाध्यक्षसहित नौँ जना जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रबक्ता एवं डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए । 


प्रहरीले शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगी र वडा सदस्य रत्नबहादुर विष्टसहित नौँ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले गोविन्द बस्नेत, राम चौधरी, हर्कबहादुर विष्ट, विष्णुबहादुर बस्नेत, डिल्लीबहादुर वली, बिरबहादुर विष्ट, भिमबहादुर खड्का र कर्णबहादुर परियारलाई पक्राउ गरेको हो ।

 

पक्राउ परेका नौँ जनाबाट प्रहरीले ४१ हजार दुई ७० रुपैयाँ समेत बरामत गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।