कालिकोटका तीन नरपालिकामा माओवादी

कालीकोट, जेठ ५ । पछिल्लो मत गणनाअनुसार यहाँको तीन नगरपालिकासहित दुई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एक नगरपालिकामा नेकपा एमालेले जितेको छ ।



रास्कोट नगरपालिकामा प्रमुखमा माओवादीका काशीचन्द्र बरालले दुई हजार एक सय १५ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनिराज बरालले एक हजार आठ सय २० मत ल्याएका हुन् ।

 

उपप्रमुखमा सोही दलका मीमसरा शाहीले दुई हजार २३५ मत ल्याएर विजयी भएकी छिन् । उनका उनका प्रतिद्वन्द्वी एमालेका उमा शाहीले एक जार ८७२ मत ल्याएकी थिइन् ।

 


खाँडाचक्र नगरपालिका प्रमुखमा एमालेका जसिप्रसाद पाण्डेले दुई हजार २०८ मत ल्याई विजयी भएका छन् भने उनका निकटत प्रतिद्वन्द्वी माओवादीका लक्ष्मीप्रसाद चौलागाईंले एक हजार ४६१ मत ल्याएका छन् । त्यसैगरी उपप्रमुखमा सोही दलका विजया विष्टले एक हजार ९८७ मत ल्याई विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्द्वी माओवादीका गङ्गाकुमारी खड्काले एक हजार ४५६ मत ल्याएकी छिन् ।

 

एघार वटा वडामध्ये सातवटा वडाको अध्यक्षमा एमाले, दुई÷दुई वटामा माओवादी र एउटामा नेपाली कांग्रेसले जित हात पारेका छन् ।

 

तिला गुफा नगरपालिकामा नेकपा माओवादीका रतनबहादुर शाहीले एक हजार ८५१ ल्याई विजयी भएका छन् । सो नगरपालिकाको उपप्रमुखमा दर्शना नेपालीले एक हजार ८४३ मत ल्याएर विजयी भएका छन् ।

 

सान्नित्रिवेणी नगरपालिकामा माओवादीका डम्बरबहादुर शाहीले एक हजार ७७५ मत ल्याई विजयी भएको उपाध्यक्षमा पनि सोही दलकै होइजा बुढा (गिरी)ले एक हजार ७६८ मत ल्याई विजयी भएकी हुन् ।

 

त्यसैगरी पचालझरना गाउँपालिकामा माओवादीका खड्कराज सेजुवालले एक हजार ६२३ मत ल्याई विजयी भ एभने भने उपाध्यक्षमा पनि सोही दलका तारा न्यौपानेले एक हजार ५६८ मत ल्याई विजयी भएका छन् ।

 

पताङ्ला गाउँपालिकामा नेकपा माओवादीका लक्ष्मण बमले एक हजार ४२० मत ल्याई विजयी भए भने उपाध्यक्षमा पनि सोही दलका दाना न्यौपानेले एक हजार ३७१ मत ल्याई विजयी भईन् ।

 

पछिल्लो मतगणनाअनुसार महावै गाउँपालिकामा काँग्रेस र एमालेबीच भएको चुनावी तालमेलअनुसार काँग्रेसका नन्दबहादुर सिंहले एकहजार ४०० मत ल्याई विजयी भएका छन् भने उपाध्यक्षमा एमालेका मनराज शाहीे विजयी भएका छन् ।

 

प्रमुख निर्वाचन अधिकृत केशवराज पाण्डेका अनुसार कालीका गाउँपालिकामा हिजो भएको पुनः मतदानपछि शुक्रबार विहानबाट गणना सुरु भएको छ भने नरहरिनाथ गाउँपालिका–६ मा यही ७ गते पुनः मतदान हुने भएको छ । उक्त मतदान केन्द्रमा मृतक उम्मेदवार धनरुप बटालाको स्थानमा वडा अध्यक्षको उम्मेद्ववारमा बटालाको पत्नी दूधा बटालालाई राप्रपाले उम्मेद्ववार उठाएको छ । रासस



    Your Comment

    थप समाचार

    मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

    • 7 minutes ago
    मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

    यहि २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।

    जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

    • 4 hours ago
    जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

    चितवन, मंसिर ५ । जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । वाम गठबन्धनको चितवनमा मंगलबार भएको कार्यक्रममा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै उनी ढलेका&n

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    • 4 hours ago
    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्रा


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    जीवनशैली

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।