दरबारमार्ग र लोकतान्त्रिक पार्क

काठमाडौंस्थित दरबारमार्गको एक होटेलमा महिलामाथि भएको सामूहिक बलात्कारको घटनाले नेपालको बहुपक्षीय अवस्था उजागर गर्दछ । लोकतान्त्रिक सम्भतामाथि पुरुषत्तात्मक मानसिकताले दिने चुनौतीको अनुमान गर्न यो घटना काफी छ । मुलुकलाई लोकतान्त्रिक पार्कका रुपमा विकास गर्न चाहने मानसिकता अल्पमतमा परेको छभने दरबारिया सामन्तवादी चिन्तन अझै बहुमतमा छ ।

 

लोकतन्त्रलाई बलियो बनाउन आवश्यक पर्ने पहिलो आधार नेपाली नागरिकको चेतना स्तर र व्यवहार हो । हातमा केही पैसा खेलाउने पुरुषहरु महिलालाई कुन रुपमा हेर्दा रहेछन्, शान्ति–सुरक्षा कायम गर्ने र लोकतन्त्रलाई बलियो बनाउन कानुनी व्यवस्था कायम गराउने प्रहरी यस सम्बन्धमा कति जिम्मेबार रहेछ् भन्ने बुझाउन दरबारमार्गको सामूहिक बलात्कारको घटना प्रतिनिधिमूलक बनेको छ । यस्ता बलात्कारीकै पक्षमा नेता तथा प्रशासक रहेको पीडादायक सन्दर्भलाई पनि यस घटनाले उजागर गरेको छ । केही हदसम्म भौतिक विकास देखिए पनि हिंसारहित समाजको निर्माण गरी मानवीय विकासका सूचकांकका साथ मुलुकलाई प्रगतिशील बनाउने हो भने शासक, राजनीतिक दलका नेता र नागरिकको मानसिकतामा परिवर्तन ल्याउन अभियान चलाउनै पर्ने देखिएको छ ।

 

नेपालको आम प्रहरी खराब छैन । पछिल्लो समय नेपाल प्रहरीले आफ्नो छवि लोकतान्त्रिक र जनप्रिय बनाउन धेरै प्रयास गरेको छ । प्रहरीप्रतिको जनधारणामा सुधार पनि आएको छ । जनधारणा र प्रहरीको व्यवहार समानान्तर रुपमा अघिबढ्ने विषय हुन्, प्रहरीको व्यवहार हेरेर उनीहरुप्रति जनताको धारणा बन्नेहो । तर, जनधारणा तयार हुन एक–दुई घटना र एक–दुई वर्षको समयावधि मात्र पर्याप्त भने हुँदैन । साना तहहरु– प्रहरी, अबल्दार, असई, सई, इनिस्पेक्टरआदिको व्यवहारमा जनमुखी भाव प्रकट भइरहँदा यसको नेतृत्वलाई व्यावसायिकभन्दा बढी राजनीतिक बनाउन खोज्ने दलहरुको धृष्टताले संगठनकै छवि धूमिल बनाउन सघाएको छ । राजनीतिक दलले नै राज्यको कार्यकारी अधिकार सञ्चालन गर्ने भएकाले तल्लो स्तरमा ‘मुस्कानसहितको सेबा’ तर माथिल्लो स्तरमा ‘नेतृत्वमा जानेभए दललाई देऊ मेवा’ को सिद्धान्त कायम रहेसम्म प्रहरीको छवि सुधार्न सकिन्न । जबकि, लोकतन्त्र बलियो बनाउन कानुन कार्यान्वयन गराउने अग्रपंक्तिको संस्था प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्नुको विकल्प छैन ।

 

नेपाल प्रहरी कति भौतिक अभावमा छ र त्यसका बाबजुद पनि ‘मुस्कान दिने’ र लोकतान्त्रिक हुने अभ्यासमा छ भन्ने सन्दर्भका लागि मापसे परीक्षणमा उसले देखाउने गरेको शिष्ट व्यवहार पर्याप्त छ । अर्काको गनाउने मुखमा नाक जोतेर सुँघ्नुपर्ने, स्वास–घ्राण–यन्त्रको व्यवस्था पनि पर्याप्त गर्न नसक्ने प्रहरीप्रति सचेत नेपाली जनताले सहानुभूति मात्र देखाउनसक्छन्, सम्मान र आस्थाको भाव जगाउन सक्तैनन् । प्रहरीप्रति जनताको आस्था र विश्वास बढाउन ‘मुस्कानसहितको सेबा’ महत्वपूर्ण त हो, तर पर्याप्त होइन । गाडीलाई नयाँ बनाउने हो भने, त्यसमा टाँसिएको स्टिकर मात्र फेरेर पुग्दैन, हेडलाइटदेखि सिंगै आवरण बदल्नुपर्छ, यसको मुख्य इञ्जिनकै मर्मत हुनुपर्छ । आवरणमा केही फेरबदलको प्रयास भए पनि र गुणात्मक परिवर्तनका लागि जेसी ९लैंगिक समानता र सामाजिक समावेशिता० अवधारणा स्वीकार गरिए तापनि र केही गौंडामा लोकतान्त्रिक शैलीका सूचक देखिए तापनि लक्ष्य भने अझै टाढा देखिन्छ ।

 

नेपाल प्रहरी अहिले मानवअधिकारको पृष्ठपोषक संस्थाका रुपमा छवि बनाउँदैछ । दलीय राजनीतिक चेपुवामा पर्नुपरेका कारण यस छविको अपेक्षाकृत रुपमा गतिशील विकास हुनसकेको छैन । पितृसत्तात्मक चिन्तनको हावी भएको पुरुषप्रधान संगठनमा आज महिलाको सहभागिता ७ प्रतिशत पुगेको बताइन्छ । संगठनमा रहेको महिला तथा बालबालिका सेबा निर्देशनालय तथा यस मातहतका केन्द्रहरुका कारण स्थानीय जनताका मानव विकास सूचकांक अभिवृद्धि हुन योगदान पुगिरहेको छ । यद्यपि यस योगदानलाई मापन गर्ने प्रयोजनका लागि अनुसन्धान हुनभने बाँकी छ ।
महिला र बालबालिकाका लागि निष्पक्ष तथा विशेष सेवा प्रदान गर्ने रणनीतिक भिजनका साथ स्थापना गरिएको महिला बालबालिका निर्देशनालय वा केन्द्रले समाजमा भएका महिला हिंसाको पहिचान गरी न्याय दिलाउन राज्यका तर्फबाट भूमिका खेल्ने लक्ष्य लिएको छ । केन्द्रले मानव बेचबिखन, बलात्कार, यौन अपराध, यौनशोषण, वैवाहिक बलात्कारजस्ता फौजदारी घटना रोक्न आफूलाई केन्द्रित गरेको छ । घरेलु हिंसा, बहु विवाह, बालविवाह, गैरकानुनी गर्भपतन, छुवाछुत, बोक्सीको आरोपमा गरिने दुव्र्यवहारलगायतका घटनामा यसले आफूलाई केन्द्रित गरेको छ । महिला र बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय दिवसमा सचेतना जुलुस, रेडियो तथा टेलिभिजन कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, पर्चा–पुस्तिका प्रकाशन र यीआदि घटनासँग सम्बन्धित विषयमा शोध गर्ने कार्यसमेत यसले गर्दछ । पीडित–प्रभावितलाई सघाउ पु¥याउने प्रयोजनले सरोकारवाला निकायसँग समन्वय गर्दै आवास, रोजगरी, सीप विकासआदि कार्यमा पनि केन्द्र साझेदार बन्दैआएको छ ।

 

नेपाल प्रहरीको लोकतान्त्रिक व्यक्तित्वको कुरा गर्दा यसले अवलम्बन गरेको सामुदायिक प्रहरी सेवालाई बिर्सन हुन्न । समुदायसँग मिलेर समुदायकै अवधारणा, सहभागिता, निर्णय र साझेदारीका साथ स्थानीय समस्यालाई सम्बोधन गर्ने कार्यमा पनि नेपाल प्रहरी लागेको छ । मानव विकास सूचकांकमा नेपाललाई अघिबढाउने हो भने सामाजिक हिंसा, विभेद, असुरक्षा र विकृतिको अन्त्य हुनुपर्छ भन्ने धारणा स्वीकार गर्दै नेपाल प्रहरीले सामुदायिक प्रहरीको स्वरुप लिएको देखिन्छ । ‘नागरिक नै प्रहरी, प्रहरी नै नागरिक’ भन्ने मान्यताले काम गर्दा प्रहरीप्रतिको जनधारणामा सकारात्मक विकास हुने सुनिश्चित छ ।

 

समाजमा रहेका विकृति हटाउने विभिन्न विधि र प्रक्रिया हुन्छन् । यो जनतासँगै मिलेर काम गर्ने विधि हो जो स्वाभाविक रुपमै लोकतान्त्रिक प्रकृतिको छ । जनताकै सहयोगमा अपराध र अपराधी पत्ता लगाउने र कानुनी प्रक्रिया चलाउने विधि परम्परागत विधिभन्दा नितान्त फरक छ । जघण्य हिंसामा शून्य सहिष्णुता, फौजदारी मुद्दामा कानुनी कारबाही, सानातिना हिंसामा सामाजिक मेलमिलापआदिको सिद्धान्तलाई सामुदायिक प्रहरीले स्वीकार गरेको देखिन्छ ।

 

अरु सबै पक्षलाई अहिले छोडौं, नेपाल प्रहरीलाई मात्र लोकतान्त्रिक अभ्यासमा दक्ष बनाउन सकियो भने मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ । अमेरिकाजस्ता विकसित मुलुकबाट अहिलेलाई यति मात्र सिक्न सकियो भने ठूलो लाभ हुनेछ । खासगरी राजनीतिक दलका नेताको चाकडी बजाउने संस्थाका रुपमा यसलाई हेर्ने तुच्छ मानसिकता त्याग्ने अवस्था आउनासाथ ठूलो परिवर्तन हुनेछ । सडकदेखि संसदसम्म कानुनी राज र लोकतान्त्रिक अभ्यास कायम गर्न नेपाल प्रहरीले ठूलो योगदान गर्नसक्छ ।



Your Comment

थप समाचार

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 8 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 9 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका

यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

  • 16 minutes ago
यी बलिउड अभिनेत्रहरुले बिकिनी पोज नदिएकै राम्रो !

एजेन्सी । बलिउड अभिनेत्रीहरुको फिल्मी उद्योगमा लामो यात्रा गरिसकेका छन् । अब उनीहरु फिल्ममा बोल्ड सिन दिन पनि पछि पर्दैनन् ।


Loading...

भिडियो

hamropatro

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि