कपिलको शोमा अब देखिने छैनन् डाक्टर मसुर गुलाटी !

लोकप्रिय भारतीय कमेडी शो ‘द कपिल शर्मा शो’ मा डाक्टर मसुर गुलाटी र रिंकु भाभीको चरित्रमा देखिँदै आएका अभिनेता सुनिल ग्रोभरले शो छोड्ने भएका छन् ।


शनिबार एक खबर आएको थियो कि कपिल शर्मा र सुनिल ग्रोभर बिच झगडा भएको थियो । उक्त झगडा पछि सुनिलले मिडियालाई कुनै पनि प्रतिक्रिया दिएका छैनन् तर कपिलको दुर्व्यवहारको कारणले सुनिलको आत्मसम्मानमा चोट पुगेको उनले शो छोड्ने मनसाय बनाएको उनी नजिकको स्रोतले बताएको छ ।


यसै विषयलाई लिएर कपिल शर्माले भने एक लामो फेसबुक पोस्ट लेख्दै स्पष्टिकरण दिएका छन् । कपिलले भनेका छन् कि सुनिल र उनको लडाई भन्दा अरु धेरै नै जरुरी मुद्धा छन् जसको बारेमा कुरा हुन जरुरी छन् । तर, कपिलको यो पोस्ट माथि हजारौं फ्यानहरुले प्रतिक्रिया दिएका छन् । धेरैले भनेका छन् कि कपिललाई स्टारडमको घमण्ड चढेको छ ।


कपिलले फेसबुक पोस्टमा भनेका छन् कि उनी सुनिल ग्रोभरलाई आफ्नो दाइ मान्छन् र धेरै नै सम्मान गर्छन् । उनले भनेका छन् कि शो को सबै सदस्यहरु एक परिवारको रुपमा रहेका छन् र परिवारमा सानो सानो विवाद त आँउछ तर मिडियामा आएको जस्तो ठूलो झगडा भएको र उनले सुनिल ग्रोभरलाई दुर्व्यवहार नगरेको जिकिर गरेका छन् ।


तर, रिपोर्टहरुको अनुसार अष्ट्रेलियाबाट आएको बेलामा फ्लाइटमा नै कपिलले रक्सिको नशामा सुनिललाई गालीगलौज गर्दै उनलाई हातपात गरेका थिए । यसबारेमा बबाल बढ्दै गएपछि एक इन्टरटेनमेन्ट वेवसाइटमा कपिलले सुनिलसँग आफ्नो झगडा भएको स्विकार्दै यस्तो झगडा सँधै भैरहने र यस्तो झगडा शो को राम्रोको लागि हुने बताँउदै मिडियाले अतिरन्जित गरको बताएका थिए ।


कपिलको यो पोस्टमाथि फ्यानहरुले तिखो प्रतिक्रिया जनाएका छन् । उनीहरुले भनेका छन् कि सुनिल ग्रोभर अर्थात मसुर गुलाटी नै उक्त शो को मेरुदण्ड हुन् । केही फ्यानहरुले कपिल माथि स्टारडमको घमण्ड चढेको पनि आरोप लगाएका छन् ।


Loading...

Your Comment


भिडियो


Related Post

डाक्टर केसी र सरकारी प्रतिनिधिबीच सहमति

  • 3 months ago
डाक्टर केसी र सरकारी प्रतिनिधिबीच सहमति

काठमाडौं । अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्नो माग सम्बोधनको विषयमा सरकारी वार्ता टोली र उनका प्रतिनिधिले तयार पारेको प्रारम्भिक मस्यौदामा सहमति जनाएका छन् ।

‘कपिल शो’ मा फिल्म प्रोमोट गर्न गएनन् आमिर, यी हुन् कपिलको शो मा नगएका अन्य चर्चित सेलिब्रेटी

  • 2 months ago
‘कपिल शो’ मा फिल्म प्रोमोट गर्न गएनन् आमिर, यी हुन् कपिलको शो मा नगएका अन्य चर्चित सेलिब्रेटी

मुम्बई । कपिल शर्माको लोकप्रिय कमेडी शो बलिउड फिल्मको प्रमोशनको लागि महत्वपूर्ण प्लेट फर्म बनेको छ । कपिलको शो मा गएर सलमान खान, शाहरुख खान, अमिताभ बच्चन, अक्षयकुमार लगाएतका ठूला स्टारहरुले आफ्नो फिल्

निकै जटिल बन्दै डाक्टर केसीको स्वास्थ्य, २० दिन सम्म पनि भएन माग पुरा

  • 3 months ago
निकै जटिल बन्दै डाक्टर केसीको स्वास्थ्य, २० दिन सम्म पनि भएन माग पुरा

काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीको स्वास्थ्य निकै जटिल बनेको छ ।  

hamropatro

नेपाल

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

काठमाडौंं, चैत्र १० । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।

 

नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका थिए ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।