सुनिल ग्रवरलाई धम्क्याएकाे विषयमा कपिलको यस्तो स्पष्टोक्ती

मुम्बई । भारतका प्रख्यात कमेडियन कपिल शर्माले सहकर्मी सुनिल ग्रवर उर्फ डाक्टर मसहुर गुलाटीलाई उपशब्द प्रयोग गरेर धम्क्याएको समाचारले अहिले बलिउड तातेको छ ।

 

यस विषयमा सुनिल ग्रवरले सुनिलको सो छाड्ने समाचारहरु पनि बाहिरिसकेका छन् ।

 

तर कपिलले यसै विषयमा आफ्नो धारणा पनि स्पष्ट पारेका छन् । फेसबुकमा कपिलले आफुहरुबीच सामान्य भनाभन भएको स्वीकारेका छन् । उनले फेसबुकमा लेखेका छन् , ‘तपाईंहरुले कुनै स्रोतलाई हवाला दिंदै समाचार लेख्नुभएको छ । तर त्यो समाचार प्रकाशन गर्नुपूर्व त्यो स्रोत कत्तिको विस्वस्त हो भन्ने कुराको पनि ध्यान दिनु जरुरी हुन्छ । र यस पछाडीको नियतका बारेमा पनि जान्नु जरुरी हुन्छ ।’

 

उनले सुनिल र आफु सँगै खाने, सँगै हिंड्ने र अधिकांश समय सँगै विताउने गरेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामी अधिकांश समय सँगै विताउने गरेका छौं । कविगत ५ वर्षदेखी हाम्रो निकटतम सम्बन्ध रहिआएको छ । म उनलाई माया गर्छु र सम्मान पनि र अवश्य केही विवादहरु पनि हुन्छन् ।’

 

उनले आफुले सुनिललाई हप्काएको पनि स्वकीकारेका छन् । उनले भनेका छन्, ‘मैले सुनिलमाथी पाँच वर्षमा पहिलोपटक चिच्याएको छु । दाजुभाईमा यती त भैहाल्छ नी । यदि केही समस्या भए हामी बसेर छलफल गरिहाल्छौं नी ।’

 

उनले आफुहरुको सम्बन्धमाथी किन यसरी नकरात्मक टिप्पणी गरिएको भन्दै आश्चार्य पनि पोखेका छन् । उनले भनेका छन्, ‘म हाम्रो मिडियालाई सम्मान गर्छु । मिडियाले उठाउनुपर्ने अन्य धेरै महत्वपूर्ण विषयहरु पनि छन् । के सुनिल र म देशको सुरक्षा जत्किै महत्वपूर्ण विषय हौं ?’

 

उनले यो आफ्नो सो परिवारको विषय भएकाले परिवारको विषयमा मजा लुट्ने काम बन्द गर्न पनि आम दर्शकमा अपिल गरेका छन् ।

सम्बन्धित समाचारः
कपिलको शोमा अब देखिने छैनन् डाक्टर मसुर गुलाटी !



Your Comment

थप समाचार

मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

  • 3 minutes ago
मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

यहि २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।

जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

  • 4 hours ago
जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

चितवन, मंसिर ५ । जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । वाम गठबन्धनको चितवनमा मंगलबार भएको कार्यक्रममा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै उनी ढलेका&n

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

  • 4 hours ago
नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्रा


Loading...

भिडियो

hamropatro

नेपाल

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जीवनशैली

तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।