कपिल शर्माको करिअर धरापमा ! (हेर्नुस् ४ कारण)

एजेन्सी । कमेडी स्टार कपिल शर्माको जीवन पछिल्लो समय चौतर्फी दबावमा फस्दैआएको छ । जसले गर्दा उनी आफ्नो करिअर नै जोखिममा परेको महसुश गर्न थालेका छन् ।

 

केही कारणले गर्दा पछिल्लो समय कपिल कमजोर बन्दैगएका हुन् । भारतीय च्यानलका चलचित्र पत्रकारहरु त यसो पनि भन्न थालेका छन् कि कपिलको करिअर जोखिममा फसिसकेको छ । उनी अहिलेसम्मकै कठिन अवस्थामा गुज्रिरहेको उनीहरुको विश्लेषण छ ।

 

त्यसो त कपिल घमण्डी भएको कुरा प्रारम्भिक चरणमा समेत देखाइसकेका थिए । पछिल्लो समय उनको चर्चाको उन्माद र घमण्डले आफैँलाई फसाउन थालेको उनीहरुको बुझाइ छ ।

 

कपिलको करिअर जोखिममा पर्नुका ४ संकेत :

 

१. साथीहरु टाढिनु

कपिलका अति निकट मानिएका साथीहरु समेत अचेल उनीबाट टाढा हुँदैगएका छन् । यतिसम्म कि कुनै बेला कपिलसँग निकट केही साथीहरुसँग त बोलचाल समेत बन्द भएको छ । पछिल्लो समय कपिलको केही साथीहरुसँग त झगडा नै पर्यो । यसले गर्दा पनि उनका साथी टाढिए ।

 

२. टिआरपी खस्किनु

कपिलको टेलिभिजन शो को टिआरपी खस्किँदै जानुले पनि उनको करिअरमाथि अर्को चुनौती थपेको छ । यसो हुनुको पछाडि उनको कारण मात्रै नभएर उनलाई चुनौती दिने अरु कलाकार पनि स्थापित हुन थाले । जसले गर्दा अपिल नै निर्बिकल्प हुने अवस्था अन्त्य भएको छ ।


३. सेलिब्रिटीले छोड्नु

कपिलको सेटका लागि अचेल सेलिब्रिटीहरु आउन तयार छैनन् । कपिलको केही स्वभावका कारण पनि उनीहरुले अचेल कपिलको आग्रहलाई नै इन्कार गर्न थालेका छन् । सेलिब्रिटीहरुले नै ठाडै इन्कार गर्ने अवस्था आएपछि कपिलले झन चुनौती महसुश गरेका छन् ।

 

४. कमजोर फिल्म

कपिलको नयाँ फिल्क ‘फिरंगी’को जुन स्तरमा चर्चा हुने अपेक्षा गरिएको थियो, त्यसो भएन । ठीक उल्टो उनको फिल्मको उत्साहजनक चर्चा नै भएन । उनकै फ्यानहरुले समेत उनको फिल्मको प्रशंसा गरेनन् । जसले गर्दा कपिललाई थप निराश बनायो ।

 

सन् २०१७ को सुरुदेखि नै कपिलको जीवनमा आपत सुरु भएको धेरैको बुझाइ छ । उनले भ्रष्टाचारसम्बन्धि विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चर्को आलोचना गर्दै एक ट्वीट गरेका थिए ।मोदीले उनको जवाफ त दिएनन् तर कपिल आफँैले पछि आत्मालोचना गर्दै माफी मागे । मोदीको प्रशंसकहरुको दबाव सहन नसकेपछि उनले रातको समयमा नशाले मातेको अवस्थामा भूलबस् ट्वीर गरेको भन्दै उनले माफी माग्नुपर्यो । एकपछि अर्को तनाव झेल्दैआएका यी स्टारको पछिल्लो समय बित्थामा झगडा पर्न थालेको छ । सार्वजनिक रुपमै उनको झगडा परेपछि झनै तनाव उत्पन्न भएको हो ।



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 17 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 55 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 57 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।