कार्ल माक्र्सका ४ बिचार जो सधैँ सान्दर्भिक हुनेछन्

बिबिसी हिन्दी । सन् २०१७ रूसी क्रान्तिको शताब्दी वर्ष विश्वभर मनाइँदैछ । जुन बिचारमाथि अडिएर यो क्रान्ति भयो, के त्यो आज पनि सान्दर्भिक छ त ?

 

जर्मन दार्शनिक कार्ल माक्र्सले १९ औं शताब्दीमा प्रसस्त लेखेका छन् । उनका दुई कृति ‘कम्युनिस्ट घोषणा पत्र’ र ‘दस क्यापिटल’ ले दुनियाका कैयौँ देशहरुका करोडौँ मानिसमाथि राजनीतिक तथा आर्थिक रूपबाट निर्णयात्मक असर पुर्याइदियो भन्नेमा आज पनि केही विवाद छैन ।

 

रूसी क्रान्तिपछि सोभियत संघको उदय यही कुराको उदाहरण थियो । कोही पनि इनकार गर्न सक्दैन कि, २० औं शताब्दीको इतिहासमाथि समाजवादी खेमाको असाध्यै असर परिरहेको छ । भलै माक्र्स र एंगेल्सले लेखेको जस्तै गरी साम्यवाद ब्यवहारमा लागु हुन पाएन ।

 

अन्ततः समाजवादी खेमा कमजोर हुनुको साथै पूंजीवाद लगभग पूरै संसारमा छाउँदो छ । माक्र्सको बिचार के थियो जो साम्यवादको असफलतापछि पनि अहिलेसम्म सान्दर्भिक छ :

 

१. राजनीतिक कार्यक्रम

‘कम्युनिस्ट घोषणापत्र’ तथा आफ्ना अन्य लेखहरुमा कार्ल माक्र्सले पूंजीवादी समाजमा ‘वर्ग संघर्ष’ को कुरा गरेका छन् । साथै ‘अन्ततः कसरी संघर्षमार्फत सर्वहारा वर्गले पूरा समाजमा बुर्जुआ वर्गलाई हटाएर सत्ता कब्जÞा गर्नेछ ?’ भन्ने कुरा उल्लेख गरेका छन् ।

 

माक्र्सले आफ्नो सबैभन्दा प्रसिद्ध कृति ‘दस क्यापिटल’ मा यीनै बिचारहरुको तथ्यात्मक र वैज्ञानिक तरिकाले विश्लेषण गरेका छन् । उनको प्रतिष्ठित जीवनी लेखक ब्रिटेनका फ्राँसिस व्हीन भन्छन्, माक्र्सले सर्वग्राही पूंजीवादको खÞिलाफÞ दार्शनिक तरिकाबाट तर्क राखे, जसले पूरा मानव सभ्यताको गÞुलाम बनायो ।’

 

१० औंं शताब्दीमा मजÞदूरहरुले रूस, चीन, क्यूबा र अन्य देशमा शासन गर्नेहरुलाई फालिदिए र निजÞी सम्पत्ति तथा उत्पादनका साधनमाथि कब्जा गरे । ब्रिटेनको स्कूल अफ थट इकोनोमिक्समा जर्मन इतिहासकार अलब्रेख्त रिसल भन्छन्, ‘भूमण्डलीकरण अघि आलोचक थिए माक्र्स । उनले दुनियामा बढ्दो असमानतामाथि चेतावनी दिएका थिए ।’ २००७÷०८ मा आएको वैश्विक मन्दीले एक पटक फेरि उनको बिचारलाई सान्दर्भिक बनाइदियो ।

 

२. बारम्बारको मन्दी

पूंजीवादका पिता एडम स्मिथको ‘वेल्थ अफ नेशन’ ले उल्टै माक्र्सलाई मानेको थियो कि, बाजÞार चलाउने काममा कोही अदृश्य शक्तिको भुमिका नभएर सिमित मानिस नै हुन् । मन्दी बारम्बारआउनुको कारण पूंजीवादभित्रै रहेको उनको विश्वास थियो ।

 

अलब्रेख्तका अनुसार, ‘उनको बिचार थियो कि पूंजीवाद पूर्ण रुपमा नष्ट नहुन्जेल यस्तो भइरहन्छ ।’ १९२९ मा शेयर बाजÞार खस्कियो । र यसपछि आउनेवाला झटका २००७÷०८ को चरम अवस्थासम्म पुग्यो । त्यसबेला संसारको बित्त बाजÞार अभूतपूर्व रूपमा संकटमा गएको थियो ।

 


३. अकूत मुनाफा तथा एकाधिकार

माक्र्सको सिद्धान्तको एक महत्वपूर्ण पाटो हो ‘अतिरिक्त मूल्य’ । यो त्यही मूल्य हो जो एक मजÞदूर आफ्नो मजÞदूरीको अलावा उत्पादन गरिरहेको हुन्छ । अर्थात् मजदुरले आफ्ना लागि कमाएर बाँकी रहेको अतिरिक्त रकम ।

 

माक्र्सका अनुसार समस्या यो हो कि, उत्पादनको साधनका मालिकहरु यस अतिरिक्त मूल्यलाई लिएर सर्वहारा वर्गको कमाइमार्फत आफ्नो मुनाफा धेरै भन्दा धेरै बढाउन तल्लिन हुन्छन् ।

 

यस तरिकाले पूंजी एक ठाउँ तथा केही सिमित हातमा केन्द्रित हुन्छ । तथा यसको सट्टा बेरोजÞगारी बढ़्छ र मजÞदूरीमा गिरावट आउँछ । यही अवस्था अहिले पनि देखिइरहेको छ ।

 

ब्रिटिश म्याग्जीन ‘द इकोनोमिस्ट’ को एक हालैको विश्लेषण अनुसार, पछिल्लो २ दशकमा अमेरिका जस्ता देशमा मजÞदूरहरुको पारिश्रमिक स्थिर भएको छ । जबकि अधिकारीहरुको पारिश्रमिकमा ४० देखि ११० गुणाको दरले बृद्धि भएको छ ।

 

४. भूमण्डलीकरण तथा असमानता

माक्र्सको जीवनी लेखक फ्रान्सिस व्हीन भन्छन्, ‘पूंजीवाद आफ्नो चिहान आफैँ खनिरहेछ । माक्र्सको यो भनाइ गलत छ । जब कि, यसको बिपरित भइरहेको छ । साम्यवाद खतम भयो भने त अर्कोतर्फ पूंजीवाद सर्वव्यापी हुनेछ ।’

 

भलै माक्र्स आफ्नो भविष्यवाणीमा असफल भए पनि पूंजीवादको वैश्विकरणको आलोचना गर्ने सवालमा उनी कत्ति पनि गलत छैनन् । ‘कम्युनिस्ट घोषणा’ पत्रमा उनले तर्क गरेका छन् कि, पूंजीवादको वैश्विकरण नै अन्तरर्राष्ट्रिय अस्थिरताको मुख्य कारण बन्छ । तथा २० औं र २१ औं शताब्दीको वित्तीय संकटले यस्तै देखिएको छ । यही कारण हो कि, भूमण्डलीकरणको समस्यामाथि छेडिएका बहसमा माक्र्सवादको बारम्बार जिकिर ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 17 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 55 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 58 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।