पूर्वप्रेमीकाकी छोरीसँगको प्रेम

फेसबुकमा सर्च गरें, भावना पौडेल । एक मात्र पात्र फेला पर्यो । फ्रेन्ड रिक्वेस्ट गरें । एड भयो ।

 

एउटा विल्कुल अपरिचित अनुहार । मैले खोजेकी भावना त्यो परिन । धेरै वास्ता गरिनँ । एउटा स्वभाविक फ्रेन्डस भन्दा बढी महत्व दिइनँ ।

 

तर, क्रमशः मेरा अपडेटहरुमा उ धेरै कमेन्ट लेख्न थाली । कुनैमा पनि नविराई ।

 

‘समस्याको समाधान होइन सदुपयोग गर्नुपर्छ ।’ स्टयाटस लेखेँ ।

 

‘कसरी ?’ कमेन्टको अपेक्षासहितको कमेन्ट ।

 

‘कतिलाई समयले जन्माउछ त कतिले समयलाई जन्माउछ ।’ अर्को अपडेट ।

 

‘समयलाई पनि मान्छेले जन्माउँछ त ?’ कमेन्ट ।

 

‘कसले जन्माउँछ त ?’ यस्तै यस्तै ।

 

खै किन हो ? त्यो चिचिली केटी नराम्ररी मेरो फिलिङ्समा रमाउन थाली । त्यसलाई के थाहा ? मैले फेसबुकमा अपडेट गर्ने भावना र वास्तविकताबीच निक्कै अन्तर छ भनेर ।

 

यद्मपि उसको कमेन्ट र फिलिङ्हरुमा म त्यो पूरानी भावनाको घुर्मैलो छायाँ देख्थें ।

 

‘तपाईसँग भेट्न पाएकोमा अत्यन्त खुसी छु ।’ मेरो वालमै लेखिदिइछ । म दंग परें ।

 

मलाई कहाँ भेटी ? फेसबुकमा । इन्टरनेटको यति ठूलो सामाजिक संजालमा मलाई भेट्दा किन खुसी हुनुप¥यो त्यसलाई । सायद त्यसलाई ‘म’ थाहा नभएर हो। मैले उसको वालमा केही पनि लेखिदिइन । जरुरी ठानिनँ ।

 

एकदिन निरास फिलिङस सेयर गरें । ‘यो काइते जिवनमा सुख र खुसी भन्ने चिज कहिल्यै पनि आएन ।’ हो, यो अपडेटसँगै म उसको कमेन्ट चाहन्थें । तर कमेन्ट गरिन । म्यासेज गरिछ ।

‘तपाईको जीवनमा पनि सुख र खुसी छैन भनेको पाउँदा निक्कै नरमाईलो लाग्यो ।’

 

कमेन्ट नगरेर किन म्यासेज गरी ? फेरि मेरो जीवनमा सुख र खुसी नहुँदा उसलाई किन नरमाइलो लाग्नु प¥यो ?  उसको प्रोफाईल हेरें । फोटो एल्बम हेरें । १२ कक्षामा पढ्ने, होटल म्यानेजमेन्ट– काठमान्डौमा । राम्री । उ किन मसँग निकट हुन खोज्दैछे, हँुदैछे । सोच्न बाध्य भए । सायद उसले ‘म’ नचिनेर हो ।

 

त्यसलाई के थाहा ? म उसको बा उमेरको मान्छे हूँ । अनि मसँग सम्झनेबाहेक वर्तमान अनुभूति छैन । मेरो अनुहारका प्रत्येक रेसाहरुमा ग्लानी, निरासा र वेदनाहरु मात्र छन् ।

 

मर्न नसकेर बाँचेको र बाँच्न नसकेर मर्न खोज्नेको झुण्डको एक हुँ भनेर । सायद अनुहार पुस्तिकाका मेरा कथित डायलगहरु पढेर उ
उत्साहित भएको हुन सक्छे । बिचरी भ्रममा छे ।

 

मेरो झुसे दाह्री र दया लाग्दो, रिस उठ्दो अनुहार देखी भने तर्सेर भाग्छे होला । फेसबुकमा त मैले हिरो फोटो राखीदिएको थिएँ र पो !

 

हो, म त्यो कलिली÷राम्री केटीको बारेमा धेरै सोच्न थालिसकेको थिएँ । टाढा हुन खोज्थें, सक्दैनथें । एक किसिमको डर, लाज वा ग्लानी हुन्थ्यो । तैपनि किन हो कहिलेकाँहि त्यहिं केटीको सम्झनामा यो मन रमाउथ्यो । फोटो लार्ज गरेर हेर्न मन लाग्थ्यो । थाहा थिएन मलाई किन त्यस्तो हुन्थ्यो ?

 

गुलाबको फूल गिफ्ट आयो । आफैं भित्र गुम्सिएँ, आफैं फुके । मन उड्यो, वशमा ल्याएँ । भावनाको बेग्लै तरङ्ग पैदा भो । म डेढ दशक तरुनो भएँ । ऐना हेरें । आफैसँग दंग परें ।

 

मलाई थाहा थियो उ प्रायः साँझ छ बजेदेखि अनलाइनमा हुन्छे । उसको अपडेट र कमेन्टहरुले बताउँथ्यो । एउटा लोभ, उ सँग च्याट गर्ने । मेरो नेट टाइमटेबल चेन्ज गरेर उ अनुकुल बसें ।

 

अनलाइनमा भेटियो । मन ढक्क भयो ।

 

आफैंभित्र लजाँए । म रातो÷तातो भएछु । कान छामें ।

 

.......यस्तो पनि हँुदो रै’छ जस्तो भयो ।

 

hi  टाईप गरे । सेन्ड गर्न सकिनँ ।

 

पछि उतैबाट आयो hello । सजिलो भयो । सुरु भयो फेसबुक च्याट– भावना पौडेलसँग ।

 

‘कहाँ हुनुहन्छ ?’

 

‘बानेश्वर । तपाई ?’

 

‘चाबहिल ।’

 

‘कस्तो लागिरहेछ ?’ कस्तो प्रश्न गरेकी ।’

 

‘रमाईलो ।’ नसोची उत्तर दिएँ ।

 

तपाईसँग भेट्न चाहन्छु ।’

 

किन ?’

 

................’ च्याटरुमबाट बाहिरिएँ । नमज्जा लाग्यो । नुहाउँदा नुहाउँदै धारा बन्द भए जस्तो । पखालिन पाईनँ । म पनि त उसलाई भेट्न चाहन्थें नि । मलाई किन जान्ने हुुन परेको ? आफैंलाई गाली गरें ।

 

फेरि फोटो लार्ज गरें । डाउनलोड गरेर जुम गरें । कस्ती मीठी !

 

किन किन निक्कै नरमाईलो लाग्यो । ठूलै गल्ती गरेजस्तो । प्रभातमै बादलले सूर्य छेके जस्तो । के साँच्चै रिसाई होली ? कि रिसाएजस्तो मात्र गरेकी ? अब सम्बन्ध अगाडि नबढ्ने पो हो कि ! म बहकिएछु । बाहिर निस्केर एक क्वाटर रोयल स्टेज ल्याएँ । १० वटा सूर्य चूरोट ल्याएँ अनि उसैको प्रोफाईल र फोटो हेर्दै पिएँ, उडाएँ । धेरै सोचें ।

 

यो उमेरमा त्यो केटीसँगको अत्यन्त साधारणबाट सुरुवात यो सम्बन्धले मलाई कुन मोडमा पु¥याउने हो ? नजानिँदो पारामा म फसें । कुन भड्खालोमा पर्ने हुँ ? के नै पो भएको थियो र । तैपनि ।

 

रातको साडे नौ भएथ्यो । मन मानेन । उसलाई म्यासेज गरें । भोलि बिहान आठ बजे मिनभवनको ग्रिन क्याफेमा भेट्ने ल ।

 

जिज्ञासा, कौतुहलता र दुविधाको भारी बोकेर रुमबाट निस्किएँ । साथमा एउटा मीठो तिर्सना पनि । रिसाएर नआउने पो हो कि ? लाईभ कस्ती होली ? कस्तो पहिरनमा आउली ? के भन्ली ? मलाई के भन्ठान्ली ? मैले के भन्ने ? कसरी प्रस्तुत हुने ? दयालाग्दो बूढो पो देख्छे कि !
उसको कल्पनाको चित्र भन्दा कम गुणस्तरको पो हुने हो कि ? कम बोल्छु, धेरै सुन्छु र सकेसम्म मीठो बोल्छु, प्रभाव पार्छु । योजनाहरु पनि बनाएँ ।

 

सेभिङ गरेर चिटिक्किन पनि खोजेको थिएँ । म ग्रिन क्याफे पुगेकोमात्र के थिएँ उ पनि आईपुगी । स्कूटरबाट झरेर हेलमेट सिउरिई अनि भनी ‘हाई ।’ मैले पनि ‘हाई’ फर्र्काएँ । स्लिम, मिडियम साईज हाईट, छरितो ज्यानकी, सल्सलाउदी, सुलुत्त परेकी । गोरी, कोरियन हेयर स्टाईल, हरियो टिसर्ट र नीलो जिन्स पाइन्टमा ।

मैले सोचे भन्दा सुन्दर । फेरि एकदमै म्याच गर्ने मेकअप । गाजल, लिप वेट, आई ब्रो, ईयर रिङ, नङ पोलिस । कल्पनामा भन्दा पनि मीठो वास्वीकता । रुफ टपमा बसियो । दुई थान कफी उसैले अर्डर गरी । मलाई सोध्दा पनि नसोधी । त्यति बेला म लाटिएको थिएँ । चिमोट्दा पनि थाहा नहुने जसरी । उसैले झस्काई । ‘आराम हुनुहुन्छ ?’

 

‘ठिक छु । तपाई ?’ ‘

 

‘ठीक छु ।’ म झनै भुतुक्क भएँ । बोल्दा मुस्कानसँगै आँखा र आँखाको भाकासँगै टाउको हल्लाउने उसको बानी थाहा पाएँ । साहै्र मन प¥यो । अविचलीत हुन्छु कि भन्ने भयले शतर्क थिएँ ।

 

‘म आज एकदमै खुसी छु नि ।’ उसले भनी ।

 

‘किन ?’

 

‘तपाईसँग भेट्न पाएकोमा ।’ झण्डै ‘किन’ भनेर सोधेछु । सम्हालीएर भने– म पनि खुसी छु । ‘हिजो रिसाएको हो ?’ सोध्न खोजें तर सकिंन । उ आफैले भनी– हिजो कुरा

 

गर्दागर्दै चार्ज सकिएर कस्तो बोर भयो । म भित्र भित्रै गुदगुदिएँ । फेरि उनै बोली, ‘मलाई तँपाई आफ्नै मान्छे जस्तो लाग्छ । भेटेपछि त झन्... मलाई सहज बनाउँदै थिई ।

 

‘तपाई म्यारीड कि अनम्यारीड ?’ सोधी ।

 

‘अनम्यारीड’ ।

 

‘ढाँटेको त होईन नि । लोग्ने मान्छेहरुले ढाँछ्छन रे ।’

 

होइन, मैले किन ढाँट्न प¥यो र तपाईसँग ?’ अपनत्व भाव दर्शाएँ ।

 

के गर्नु हुन्छ ?’

 

‘केही पनि गर्दिंन, तपाई नि ?’

 

‘स्टुडेन्ट, अरु के र !’

 

‘बुवा, ममी ?’

 

‘डेडीको कन्सल्सटेन्सी छ । मामु हाउस वाईफ । माईन्ड नगर्ने भए एउटा कुरा साधुँ ?’

 

‘गर्दिन ।’

 

‘बिहे किन नगर्नु भएको ?’ एउटा प्रहार गरी ।

 

‘थाहा छैन ।’ सहज बन्न खोज्दै उत्तर दिएँ । उ पनि एकैछिन मौन रही । उसको अनुहार हेरें । भावुक देखिन्थी । म पनि एकाहोेरिहेछु । उसैले झस्काई ।

 

‘कहिले गर्ने त ?’ अति अप्ठ्यारो प्रश्न तेस्र्याई ।

 

बिहे नै नगर्ने सोच छ ? भन्न मन लागेन । भनें, ‘थाहा छैन ।’ झन् गम्भीर भई । पक्कै केही बुझी ।

 

‘कसैसँग प्रेम गर्नु भयो ?’

 

‘मैले गरें, उसले गरीन ।’

 

‘प्रेमिका छ ?’

 

‘थिई तर प्रेम थिएन ।’

 

‘अहिले भन्न खोजेको ?’

 

‘थाहा छैन ।’ उही सजिलो जवाफ दिएर पन्छन खोजें । यस्तो लाग्दैथ्यो, म अदालतमा बयान दिंदै छु । कस्ती छिचरी केटी, केही सोध्न पनि हिचकिचाउँदिन । आँटीली ।

 

‘यसलाई के मतलव ?’ भन्ने कुरा पनि भएन । तर उसको सोधाईले म निसास्सीएको थिएँ । उम्कन खोज्दैथें । फेरि सोधी ‘तँपाईको नजरमा म को ?’

 

‘थाहा छैन ।’ फेरि उही उत्तर ।

 

‘तपाईले किन बिहे नगरेको ?’

 

‘थाहा छैन ।’

 

‘बाई द वे अव हामी निस्कनु पर्छ । तपार्इँको मोवाइल नम्बर ?’ मोबाईल नंम्बर दिएँ । मिसकल गरी । हामी निस्कियौं ।

 

‘म तपाईलाई घरसम्म पु¥याईदिन्छु, बस्नुहोस् ।’ स्कुटी स्टार्ट गर्दै भनी । मैले पर्दैन भनें । मानिन, ‘चोकसम्म त जाउँन ।’ सुखै पाईंन ।

मगमग बास्ना आउने कपाल र ज्यान । मेरो मस्तिष्कले धेरै सोच्न सकेन । म लाटो भएछु । चोक आयो, म झरें । उ ‘बाई’ भन्दै बबरमहल तिर लागी । लामो खडेरी पछि पानी परेको बिहान जस्तो लाग्यो जीवन । ओइलाउन लागेको फूलमा पानी हाल्ने माली आई । अब फेरि फुल्छु, फल्छु ।

 

उसका बुझिनसक्नु कुराबाट बुझेको कुरा, उ मेरो समिपमा हुँदा त यति सुन्दर लाग्दैछ अपनाउँदा कस्तो होला ? लाग्यो, सदावहार वसन्त छाउनेछ मेरो जीवनमा । सुन्दरता आँखाको लागि मात्र हो भन्ने कुरा ‘हो’ जस्तो लागेन । कसलाई मन नलाग्ला र ! राम्रो फूल देखेपछि स्पर्श गर्न र बास्ना सँुध्न । फूलको आकर्षण उसको कोमलतामा छ र मधुरतामा ।

 

 

हो, भावना एउटा फूल हो । उसलाई अहिलेसम्म देखेको मात्र छु । स्पर्श गर्ने र बास्ना सुँध्ने लोभ लागेर आयो । कल्पनामा उसलाई छोएको देखेँ, बास्ना लिएं । सँगसँगै घुमेको मात्र होइन सुहागरातदेखि नानीबाबु खेलाएको र बुढेसकालमा तातो पानी खुवाएकोसम्मको कल्पनामा रमाएँ । उसको भाव भङ्गी, गफ र शैलीले मलाई यो कल्पनासम्म पुग्न सहज बनायो । मेरो उसको धरातल समानन्तर छ जस्तो लागेन ।

 

बेलुका अनलाईनमा वसें । ‘हामी सपरिवार भोलि मनकामना दर्शन गर्न जाँदैछौ ।’ म्यासेज गरी ।

 

‘शुभयात्रा’ यहीं मात्रै हो मेरो रिप्लाई ।

 

भोलिपल्ट दिनभर उसकै सम्झना र कल्पनामा डुबेर दिन बिताएँ । भेट्ने इच्छा

 

तिव्र हुँदै गयो । मन चन्चल र अस्थिर हँुदै गयो ।

 

 

आज त पक्कै फर्कन्छन् । भोलि त भेट्नु पर्छ । कल्पनाको योजनामै दिन बित्यो । बेलुका अनलाईन बसें । फेसबुक लग ईन गरें । उसले ‘मनकामना यात्रा’ शिर्षक दिएर फोटो एल्बम बनाएकी रहिछ । हेरें ।

 

 

एउटा फोटो उसले बुबाममीसँग खिचेको रहेछ । त्यो फोटो देख्ने बित्तिकै म छाँगाबाट खसेजस्तै भएँ । हुरीले एउटा फूल भाँच्यो । फेरि खडेरी प¥यो । अन्धकार भो । मैले सर्च गरेको भावना त उसकी आमा पो रहिछ ।

 

पूर्व प्रेमीको छोरी पो रहिछ यो भावना त । मेरै रगतको अंश रहिछ । म अर्धपागल झैं भएँ । सोच्न सकिनँ । तै पनि उसलाई एउटा म्यासेज गरें ।
‘भावना, अब म तिमीसँग चाहेर पनि नजिक हुन सक्दिनँ । अब कहिल्यै फेसबुक लग ईन पनि गर्दिंन । कृपया मेरो मोबाईलमा म्यासेज वा कल गरेर सिमकार्ड चेन्ज गर्न बाध्य नबनाउ । मलाई जे ठाने पनि ठान । मेरो नजिक आउने कोसिस नगर । अब हाम्रो कहिल्यै भेट नहोस । सरी । बाई....................



    Your Comment

    थप समाचार

    हरेक दिन बियर पिउन बारमा जाने अनौठो जिराफ

    • 12 minutes ago
    हरेक दिन बियर पिउन बारमा जाने अनौठो जिराफ

    मदिराका सौखिन मानिसहरु प्रायजसो मदिरा पिउन बारमा जान मन पराँउछन् । तर, यदि कुनै जनावरले पनि यस्तै गर्छ भने तपाई यसलाई के भन्नु हुन्छ? 

    बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

    • 26 minutes ago
    बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

    बलिउड फिल्म उद्योग यस्तो ठाउँ हो जहाँ मै हुँ भन्ने पनि पाखा लाग्ने गरेका छन् । तर केही अपत्यारिला मानिएका मानिसलाई सफलताको शिखरमा समेत पुर्याएको छ । यस्तै केही बलिउड स्टारहरु रहेका छन् जसले उनीहरु बलि

    संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

    • 51 minutes ago
    संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

    काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा छलफल गर्दै भारतसँग हुन लागेको सुपुर्दगी सन्धी गर्दा विचार पुर्याउनुपर्ने बताएका छन्


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

    मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

    पोखरा, भदौ ६। क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।

    जीवनशैली

    हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

    हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

    एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।