यातायातका साधनप्रति आकर्षित खच्चर व्यवसाय ओझेलमा

  • मंगलबार, २८ कार्तिक, २०७४
  • 4 days ago
  • नेपाल

कालीकोट, कात्तिक,२८ । जिल्लामा ढुवानीको प्रमुख साधनका रुपमा लिइएको खच्चर व्यवसाय पछिल्लो समयमा ओझेलमा पर्दै गएको छ । रास्कोट क्षेत्र र पचालझरना गाउँपालिकासम्म यातायातको सुविधा भएपछि खच्चर व्यवसाय ओझेलमा परेको हो । कुनै समयमा स्थानीयले आफैँ बोक्ने भारी पछिल्लो समयमा खच्चरमा ढुवानी गर्न थालेका छन्। खच्चर किन्नका लागि एक समयमा प्रतिस्पर्धा नै चल्थ्यो । तर अहिले खच्चर बिक्री गर्न प्रतिस्पर्धा हुने गरेको छ ।

 

खच्चर व्यवसायी यातायातका साधनप्रति आकर्षित हुन थालेका छन् । खच्चर व्यवसाय गर्दै आएका रास्कोट नगरपालिकाका सन्तोष रोकायले ट्रक खरिद गरेका छन् । उनले गाडी पुग्न नसक्ने क्षेत्रमा भने पाँचवटा खच्चर कायमै राखेका छन् । रास्कोट नगरपालिकाको शान्तिघाटदेखि स्युनाको सेराचौरसम्म १७ किलोमिटर सडकमा अहिले साना यातायातका साधन तथा ढुवानीका साधन सञ्चालनमा आएका छन् । स्थानीय दानबहादुर भण्डारी आफूहरुले कैलालीको चिसापानीबाट भारी बोकेको भए पनि खच्चरले सुविधा गराएको स्मरण गर्दै अहिले घरआँगनमा यातायातका साधन गुड्न थालेपछि सहज भएको बताए ।

 

रास्कोट नगरपालिकाको शान्तिघाटमा होटल व्यवसाय गर्दै आएका भण्डारी जस्तै अधिकांश व्यापारीलाई अहिले सहज भएको छ । “खच्चरमा खुद्रा सामान ल्याउँदा बिग्रिने गरेको थियो,” उनले भने । अहिले भाडा महँगो परे पनि सामान भनेको समयमा र सुरक्षित पुग्ने गरेको छ । यस्तै, पचालझरना गाउँपालिका–१ का वसन्त ऐडीले खच्चर बिक्री गरेर गाडी किन्ने तयारी गरिरहेका छन् । उनी चालकको तालीम लिनका लागि नेपालगञ्ज झरेका छन् । उनले आफैँ सवारीचालक अनुमतिपत्र लिएर गाडी चलाउने तयारी गरिरहेका छन् ।

 

जिल्लामा रहेका खच्चर व्यवसायी अहिले मुगु, बाजुरा, हुम्लालगायत जिल्लामा आफ्नो व्यवसाय गरिरहेको स्थानीय खच्चर व्यवसायी कमल शाहीले बताए । जिल्लामा अहिले खच्चरको संख्या तेब्बर घटेको छ । लामो समयदेखि खच्चर व्यवसाय गर्दै आएका खाँडाचक्र नगरपालिकाको बदालकोटका देवेन्द्र शाही खच्चर व्यवसायीले बाटोको लागि कठिनाइ हुँदा आफैँ रकम उठाएर बाटो बनाएर सामान ढुवानी गर्ने गरेको बताए ।



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 14 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 52 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 55 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।