Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकतारको अदालतद्वारा भारतीय नौसेनाका ८ पूर्व अधिकारीलाई मृत्युदण्डको सजाय

कतारको अदालतद्वारा भारतीय नौसेनाका ८ पूर्व अधिकारीलाई मृत्युदण्डको सजाय


एजेन्सी । कतारको अदालतले भारतीय नौसेनाका ८ पूर्व अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यी अधिकारीहरू एक वर्षभन्दा बढी समयदेखि कतारको हिरासतमा छन्। उनीहरुको मृत्युदण्डमा भारत सरकारले आश्चर्य व्यक्त गरेको छ ।

यससँगै भारतीय विदेश मन्त्रालयले नागरिकलाई फिर्ता ल्याउन कानुनी विकल्प खोज्ने कुरा गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले यो विषयलाई गम्भीरताका साथ हेर्दै निर्णयको विस्तृत जानकारीको पर्खाइमा रहेको जनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यी ८ जनामध्ये भारतीय युद्धपोतको कमाण्ड गरेका कमाण्डर (निवृत्त) पूर्णेन्दु तिवारी पनि अल दाहराका प्रबन्ध निर्देशक हुन् । यो फर्मले कतारी सेनालाई तालिम दिने काम गर्छ ।

कतारको गृहमन्त्रालयले पक्राउ गर्ने आठ पूर्व अधिकृतमा क्याप्टेन सौरभ वशिष्ठ, क्याप्टेन वीरेन्द्र कुमार वर्मा, क्याप्टेन नवतेज सिंह गिल, कमाण्डर पूर्णेन्दु तिवारी, कमाण्डर सुगुनाकर पकाला, कमाण्डर अमित नागपाल, कमाण्डर सञ्जीव गुप्ता र सेलर रेगे रहेका छन् । उनीहरु सबैलाई कतारमा जासुसी गरेको आरोप छ ।

पक्राउ परेको एक महिनापछि उनीहरु सबैलाई दोहास्थित आफ्नो निवासमा फर्केर भारत फर्किन भनिएको थियो । तर भारत छोड्नुअघि नै उनीहरुलाई सुटकेससहित जेलमा राखिएको थियो । जासुसी गरेको आरोपमा उनीहरुलाई घरबाटै पक्राउ गरिएको थियो । उनीहरुलाई गत वर्ष अगस्ट ३० मा जेल पठाइएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT