यस्तो छ विश्वकै खतरनाक शासक किम जोङ उनकी बहिनीको रबाफ

एजेन्सी– उत्तर कोरियाको सत्तासीन दल लेबर्स पार्टीको निकै दुर्लभ मानिएको सम्मेलन सुरु भएसँगै शासक किम जोङ उनकी बहिनी यो जोङले देशको नेतृत्वमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।


उत्तर कोरियाको समाचार एजेन्सीले विज्ञहरुलाई उद्धृत गर्दै भनेको छ, 'सम्मेलनमार्फत उनकी बहिनी जोङले पार्टीको मन्त्री स्तरीय भुमिका पाउनसक्ने छिन् ।' यो कदम किमको पार्टी र देशमा शक्ति बलियो पार्ने योजनाको एक भागका रुपमा ब्याख्या गरिएको छ ।


को हुन् जोङ ?

 


किम यो जोङ उत्तर कोरियाका पूर्व शासक किम जोङ इलकी कान्छी छोरी हुन् । सन् १९८७ मा जन्मेकी जोङ स्वीट्जरल्याण्डमा औपचारिक शिक्षा प्राप्त गरेकी हुन् ।


उनले केही वर्षअघि वर्कर्स पार्टीकै शक्तिशाली सचिव चोए ¥योङ्ग हेका छोरासँग विवाह गरेकी जनाइएको छ ।


उनी के गर्छिन् ?


जोङको मुख्य काम भनेकै उनका दाई तथा शासक किम जोङ उनको छवि जोगाउने हो । सन् २०१४ देखि उनी पार्टीको प्रोपागाण्डा विभागमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी छिन् । उनलाई किमको सार्वजनिक उपस्थिती ब्यवस्थित बनाउने, यात्रा, बसोबास तथा राजनीतिक सल्लाहकारका रुपमा समेत जिम्मेवारी सुम्पिएको छ ।

 


उनी केही वर्षयता सार्वजनिक सभा समारोहहरुमा देखिंदै आएकी छिन् । जोङ सन् २ हजार ११ मा उनका बुबाको अन्त्येष्टिमा देखा परेकी थिइन् । त्यसयता उनी सन् २ हजार १४ मा दाई किमको निर्वाचनमा देखिएकी थिइन् भने यदाकदा संचारमाध्यमहरुमा पनि देखिंदै आएकी छिन् ।


गत अक्टोबरमा उनलाई कार्य कुशलता नभएको आरोप लगाउँदै प्रोपागाण्डा विभागबाट हटाइएको हल्ला चलाइएको थियो । तर विश्लेषकहरुले भने उनी अहिले नेतृत्वमा महत्वपूर्ण भुमिका खेल्ने झनै ठूलो पदमा रहेको बताएका छन् ।


कस्ताे स्वभावकी छिन् जोङ ?


कडा शासककी छोरी र बहिनीकी रुपमा अन्तर्राष्ट्रिय रुपमा परिचित जोङ उत्तर कोरियामा भने सरल र असल स्वभाव भएकी केटीका रुपमा लिइन्छ । यसका बाबजुद जोङका केही स्वभाव पुरुषसँग मिल्ने बताइएको छ ।


उनले अध्ययन गरेको स्वीट्जरल्याण्डको विद्यालयका अधिकारीका अनुसार उनलाई सुरक्षाकर्मी र गार्डहरुको अनावश्यक सुरक्षा प्रदान गरिएको थियो । एकदिन उनले केही चिसो महशुस गरेपछि सुरक्षाकर्मीहरुले उनलाई स्कुलबाट हतार हतार सिधै अस्पताल लगेका थिए । 

–एजेन्सीको सहयोगमा

 



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 6 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।