कीर्तिपुर नगरपालिकामा एमाले विजयी

काठमाडौँ, जेठ ५ । कीर्तिपुर नगरपालिकाका प्रमुख पदमा नेकपा (एमाले)का रमेश महर्जनले सात हजार ३६० मत प्राप्त गरी विजयी भएका छन् ।

 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजकुमार नकर्मीले छ हजार ६१६ मत प्राप्त गरेका थिए ।

 

उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार सरस्वती खड्का छ हजार ८१० मत प्राप्त गरी विजयी भएकी छिन् । सो पदमा नेपाली काँग्रेसका विमला विष्ट छ हजार ४३ मत प्राप्त गरेका थिए ।

 

चन्द्रागिरि–१० र ११ मा एमालेको समूह नै विजयी

 

यसैगरी चन्द्रागिरि नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं १० र ११ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ ।

 

वडा नं १० को वडाध्यक्ष पदमा गोपालकृष्ण महर्जनले ६९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चबहादुर महर्जनले ४७८ मत प्राप्त गरेका थिए ।

 

सदस्यमा सीता महर्जन, कान्छी नेपाली, मनोजकुमार महर्जन र भेषनाथ उपाध्याय निर्वाचित भएका थिए ।

 

वडा नं ११ को वडाध्यक्ष पदमा हरिभक्त महर्जन ३५७ मत प्राप्त गरी विजयी हुनु भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गौतम श्रेष्ठले ३१४ मत प्राप्त गरेका थिए ।

 

सदस्यमा कृष्णदेवी महर्जन (प्रजापति), राधिका मिजार सार्की, पूर्णगोपाल श्रेष्ठ र तीर्थराज काफ्ले निर्वाचित भएका थिए ।

 

प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले आठ हजार ८४१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने एमालेका प्रह्लाद कार्कीले छ हजार ३०४ मत प्राप्त गरेका छन् ।

 

हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले सात हजार ३१३ र एमालेका लीसा नकर्मीले सात हजार ५५ मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिए ।



    Your Comment

    थप समाचार

    मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

    • 8 minutes ago
    मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

    काठमाडौँ, असोज ८ । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रि

    सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

    • 11 minutes ago
    सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

    एनआरएन यूकेले रमेश सराङगकोटीलाई प्रवक्ता नियुक्त गरेको छ ।

    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    • 4 hours ago
    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

    काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।

    जीवनशैली

    महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

     महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

    एजेन्सी । अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ