Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaसिड्नीमा चौथो माघी महोत्सव हुने

सिड्नीमा चौथो माघी महोत्सव हुने


सिड्नी । अष्ट्रेलियाको सिड्नीमा चौथो माघी महोत्सव हुने भएको छ । थारु समुदायको महान चाड माघीको अवसरमा महोत्सव हुने भएको हो ।

थारु समाज सिड्नी अष्ट्रेलियाको आयोजनामा जनवरी १५ तारिख विटलाम पार्कमा माघी महोत्सव हुन लागेको हो ।

माघी पर्व हर्ष उल्लासका साथ मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए । सोमबार दिउँसो २ बजेबाट सुरु हुने माघी महोत्सवमा थारु लाठी नाच, झुमरा नाच आदी नृत्यहरु प्रदर्शन गरिने पब्लिक अफिसर अरुण आर्यन चौधरीले केबीसीलाई बताए ।

थारु परिकारहरू ढिकरी, खिचरी, बंगुरको मासु, तिलको लड्डुको स्वाद पनि लिन सकिने उनको भनाइ छ। थारु रिति रिबज अनुसारका नाच गान र खान पिनसहित हुने सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाईटी सिडनी अष्ट्रेलियाले सम्पूर्ण थारु समुदायलगायत नेपालीवासीलाई आग्रह गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियाकी पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौँ । अष्ट्रेलिया पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका

अष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल

सिड्नी । आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अष्ट्रेलियाका लगानी कर्तालाई भिक्टोरियाको महावाणिज्यदूतावासले आग्रह गरेको छ।

तास्मानियामा फेरि ‘महाजात्रा’ प्रदर्शन हुने

सिड्नी । नेपाली चलचित्र ‘महाजात्रा’को तास्मानियाको होबार्टमा दोस्रो पटक पदर्शन हुने भएको छ । ‘महाजात्रा’ अप्रिल ७ तारिख होबार्टको भिलेज

अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र

सिड्नी। अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् । अस्ट्रेलियाली

शङ्करले निर्देशन गर्ने ‘सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना

काठमाडौं । अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण

चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ

Techie IT