बाढी पहिरोले जाजरकोटका गाउँ अन्धकार

  • शनिबार, २८ साउन, २०७४
  • 2 months ago
  • नेपाल

जाजरकोट, साउन २८ । लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् उत्पादका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

 

लाखौँ रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । त्रिवेणी नलगाड नगरपालिका –३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत योजनाको नहर बगाएपछि विद्युत् सेवा ठप्प भएको छ ।

 

कुलो बाढीले भत्काउँदा ६५ घरधुरी अध्यायारोमा बस्न बाध्य भएको त्रिवेणी नलगाड नगरपालिका – ३ का वडा अध्यक्ष प्रचण्ड बलीले बताए ।


सोही नपाकै वडा नं – ९ तात्रामा रहेको रु ७२ लाख बराबरको १८ किलोवाट क्षमता भएको दोवीया खोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको वडा अध्यक्ष विष्णु विकले बताए ।

 

यो विद्युत् अवरुद्ध भएपछि यहाँका ५० भन्दा बढी घर अन्धकारमा बस्न बाध्य भएका छन् ।

 

कुशें गाउँपालिका– २ मा रहेको झण्डै एक करोड ४० लाखको लागतमा निर्माण गरिएको खाराखोला लघु जलविद्युत् आयोजना पनि अवरुद्ध भएको छ ।

 


झण्डै ३६ किलोवाट विद्युत् खपत क्षमता भएको सो लघु जलविद्युत् आयोजनाको कुलो बाढीले भत्काएसँगै चारसय घरधुरीका स्थानीय बासिन्दाले अध्याँरो झेल्नुपरेको कुशें गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

 

बारेकोट गाउँपालिका –२ रोकायगाउँमा रहेको गाग्रा खोला लघु जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन रोकिएको हप्ता दिन पुगिसक्दा पनि निर्माण कार्यमा सरोकारवाला निकायले चासो नदेखाएको स्थानीय गोरख घर्तीले गुनासो गरे ।

 

बर्षायाममा जताततै खोलामा पानीको मात्रा बढेका कारण सजिलै सामग्री ढुवानी गर्न समस्या भएको उपभोक्ताले बताएका छन् ।



Your Comment

थप समाचार

मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

  • 6 minutes ago
मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रत

स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

  • 1 hour ago
स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

काठमाडौं, कात्तिक २ । उद्योगमन्त्री सुनिल थापाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले स्थायी सरकार बन्ने सम्भावना बढेको बताएका छन् ।

यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

  • 3 hours ago
 यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स


Loading...

भिडियो

hamropatro

नेपाल

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

जीवनशैली

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

विचित्र विश्व

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।