चर्चित नेताले गरे मतदान (फोटो फिचर )

  • बिहीबार, २१ मंसिर, २०७४
  • 1 week ago
  • नेपाल

काठमाडौँ,  मंसिर२१  ।  आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छ । 

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले बिहान ८ बजेर ५ मिनेटमा स्काइलार्क स्कुल धापासीबाट मतदान गर्नुभयो । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट ८ः४० मा मतदान गरे  । 

एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । रक्षामन्त्री भीमसेनदास प्रधानले बिहान ७ः३० मा कामपा—२७ वडाअन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गरे । 

त्यसैगरी, नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा बिहान ८ः३० मा मतदान गरे। 

त्यस्तै, काठमाडौँ क्षेत्र नं ८ का उम्मेदवार नवीन्द्रराज जोशीले ढोकाटोलमा रहेको अरुणोदय मावि मा मतदान गर्नुहुनेछ । काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार ध्यानगोविन्द रञ्जितले काठमाडौँ महानगरपालिकामा रहेको जैशीदेवलको मतदान केन्द्रमा गएर मतदान गरेका छन  । 

एमालेका युवा नेता डा राजन भट्टराईले काठमाडौँ क्षेत्र नं ४ मा पशुपति बहुमूखी क्याम्पस, चावहिल केन्द्रबाट तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीस्थित महिलाघर मतदान केन्द्रबाट मतदान गरेका छन । 

संघीय समाजवादी फोरम नेपालका सहसअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाः राष्ट्रिय मावि, ढल्को, छत्रपाटी मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँ काठमाडौँ क्षेत्र नं ७ को समानुपातिक उम्मेदवार हुनुहुन्छ । 

यस्तै, काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभाका उम्मेदवार राजन केसीले भने काठमाडौँ क्षेत्र नं ८ मा रहेको सोल्टीमोड मतदान केन्द्रबाट मतदान गरेका छन । 

युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका केसीको पुख्र्यौली घर चोभारमा भए पनि उहाँको मतदाता नामावली भने काठमाडौँ क्षेत्र नं ८ मा रहेको छ ।

त्यस्तै, काठमाडौँ क्षेत्र नं १० का वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यले काठमाडौँ क्षेत्र नं ९ मा रहेको चन्द्रागिरी नगरपालिका–९ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन । 

तस्वीरमा हेर्नुहोस चर्चीत नेताको मतदान

 

 

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।