दोलखाको सिंगटीमा वाम गठबन्धनकाे भव्य जनसभा

उत्तरी नाका खुलाई चीन ओहोरदोहार गराउने प्रतिवद्धता

दोलखा, मंसिर ४ । दोलखाको उत्तरी केन्द्रविन्दु सिंगटीमा एमाले र माओवादी केन्द्रले सोमबार भव्य जनसभा गरेका छन् । वाम गठबन्धनका उम्मेदवारहरूले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा भारी मतले जिताउने अभियानसहित भएको जनसभामा बोल्दै नेताहरुले आफ्ना राजनीतिक र विकासका एजेण्डा जनतामाझ राखेका थिए ।

 

सभालाई दोलखाबाट प्रतिनिधिसभाका उम्मेदवार एमालेका नेता पार्वत गुरूङ, प्रदेश सभाका लागि क्षेत्र नम्बर १ का उम्मेदवार माओवादी केन्द्रका नेता विशाल खड्का र क्षेत्र नम्बर २ बाट एमाले पोलिटब्यूरो सदस्य पशुपति चौंलागाईंले सम्बोधन गरेका थिए ।

 

उनीहरुले सिंगटी हुदै चीन जोड्ने लामाबगर नाका खुलाई उत्तर–दक्षिण जोड्ने काम जतिसक्दो चाँडो सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

एमाले र माओवादी केन्द्र प्राविधिक रुपमा मात्र फरक रहेकाले चुनाव लगत्तै पार्टी एकिकरण हुने र एकिकृत कम्युनिष्ट सरकारले दोलखासँगै सिंगो मुलुकको आर्थिक समृद्धि हुने धारणा उनीहरूले राखेका थिए ।

 

सभामा विगु, कालिञ्चोक, गौरीशंकर सहितका हजारौं जिल्लावासी सिंगटीबजार पुगेका थिए ।

 

नेता चौंलागाइले लामाबगर माथि लप्ची क्षेत्रमा ३ सय मेघावाट जलविद्युत अध्ययन भइरहेकोले उत्पादन अघि बढाउन आवश्यक काम गर्ने बताए । कृषि, वन पैदावर, उर्जाको उत्पादनबाट आय आर्जन बढाई दोलखावासीलाई धनी बनाउन आफू केन्द्रित हुने उनको भनाई थियो ।

 

एमालेका युवा नेता पार्वत गुरुङ्गले विदेशमा रहेका दोलखाली युवालाई स्वदेशमा फर्काई उद्यमी बनाउने वाचा गरे । लामावगर नाका, जलश्रोत, कृषि, जडिबुटीबाट वेरोजगारी र गरिबीको समस्या हटाउने समेत उनले बताए ।

 

त्यसैगरी माओवादी केन्द्रका युवा नेता विशाल खड्काले दोलखा जिल्लालाई हाइड्रो हब बनाउने योजना सुनाए । वाम गठबन्धनले विकास र समृद्धिको ढोका खुला गरेको बताउँदै खड्काले ढुक्क भएर एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूलाई मत दिन समेत आग्रह गरे ।

 

कार्यक्रममा एमाले नेता एवं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले ‘माथिल्लो तामाकोशी स्वदेशी लगानीमा नबनाए दोलखाका सांसदहरू आनन्दप्रसाद पोखरेल र पशुपति चौंलागाईंले सिंहदरबारको ढोकैमा आत्मदाह गर्ने’ चेतावनी समेत दिएको प्रसङ्ग राखेका थिए । त्यसरी बनेको आयोजना एक दिन अघि सुरुङ्ग मार्ग बनिसकेको र आयोजनाको काम अन्तिममा पुगेकोमा आफूलाई खुशी लागेको बताए । 

 

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य गंगा कार्की र नेतृ एवं पूर्व राज्य मन्त्री देवी खड्काले वाम गठबन्धनले विपक्षी अत्तालिए पनि जनता खुशी भएको बताएका थिए ।

 

यसअघि एमालेको पकड रहेको जिल्लामा माओवादी केन्द्र समेत मिलेपछि सहजै वाम उम्मेदवारको जित हुने आँकलन गरिएको छ ।



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।