‘सरकार वैशाखसम्म निर्वाचन गर्ने तयारीमा’

चितवन, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्ने गरी काम अगाडि बढेको बताएका छन् ।

 

पूर्वी चितवनको राप्ती नगरपालिका–९ वीरेन्द्रनगरमा निर्मित सहिद स्मृति वाटिका अनावरण तथा समुद्घाटन समारोहलाई साेमबार सम्बोधन गर्दै उनले निर्वाचन गर्ने विषयमा दलहरुको बीचको अन्योलता पनि हटिसकेको बताए ।

 

संविधान संशोधनका विषयमा भने राजनीतिक दलका बीचमा वातावरण बनिनसकेको भन्दै उनले तर पनि संविधान घोषणाको समयमा तीन दलका बीचमा संविधान संशोधन गर्ने विषयमा सहमति गरिएको बताए ।

 

उनले भने–“संविधान घोषणा गर्दा संविधान संशोधन हुन्छ भन्ने उद्घोष गरिएअनुरुप अहिले प्रस्ताव गरिएको हो ।” मधेसी, थारुलगायतका माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक भएको भन्दै उनले सबैको स्वीकार्यता बढाउन संविधान संशोधन आवश्यक परेको बताए ।

 

संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउँदै प्रधानमन्त्री दाहालले यतिबेला देश राजनीतिक इतिहासको विशेष मोडमा रहेको बताए ।

 

संविधान कार्यान्वयनका लागि सबै जिम्मेवार भएकाले सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।

 

चितवनको विकासको गति तीव्र रुपमा अगाडि बढाउन आफू लागेको भन्दै उनले छिट्टै विशेष प्याकेजको घोषणा गर्ने बताए ।

 

वीरेन्द्र आदर्श उच्च मावि प्राङ्गणमा निर्माण गरिएको जनयुद्ध र जनआन्दोलनमा माओवादी पार्टीका तर्फबाट जिल्लामा सहिद भएका १०४ जनाको नामावली सो वाटिकामा राखिएको छ ।

 

वाटिका निर्माण समितिका संयोजक खिलप्रसाद घिमिरेका अनुसार ११ लाखको लागतमा वाटिका निर्माण गरिएको हो । रासस



Your Comment

Related Post

'सरकार वैशाखमा स्थानीय तहकाे निवार्चन गर्ने तयारीमा'

  • 5 months ago
'सरकार वैशाखमा स्थानीय तहकाे निवार्चन गर्ने तयारीमा'

सुर्खेत, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको स्पष्ट पारेका छन् ।

राप्रपाले एक हप्ताभित्र उम्मेद्वार तय गरिसक्ने, को कहाँ उठ्दै ?

  • 1 month ago
राप्रपाले एक हप्ताभित्र उम्मेद्वार तय गरिसक्ने, को कहाँ उठ्दै ?

काठमाडौं, चैत २९ । सत्तारुढ दल राप्रपाले ५ वैशाखसम्म गाउँपालिकाका सबै पदमा उम्मेदवार बन्नेहरूको नामावली यकिन गरिसक्ने तयारी गरेको छ ।

मधेशी मोर्चा अर्को अान्दोलनको तयारीमा

  • 7 months ago
मधेशी मोर्चा अर्को अान्दोलनको तयारीमा

काठमाडाैं-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुन अर्को मधेस आन्दोलनको तयारीमा जुटेको छ। संविधान संशोधनमार्फत आफ्ना माग पुरा गराउन सत्तारुढ दल अग्रसर नभएको भन्दै मोर्चा आन्दोलनको तयारीमा जुटेको हो।


भिडियो


Loading...
hamropatro


जीवनशैली

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

एजेन्सी–विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।