आजै बस्ने संसदको दोस्रो बैठकमा निर्वाचन सम्बन्धी कानुन पेश हुने

फार्इल तस्विर

काठमाडौं, पुस २४ । सरकारले स्थानीय तहको निर्वाचन सम्बन्धी कानुन संसदमा पेश गर्न सहमति जनाएको छ । सभामुख ओनसरी घर्तीमगरले संसद बैठकको कार्यसूचीको पहिलो बुँदामा स्थानीय निकाय निर्वाचन सम्बन्धी कानुन सूचीकृत गरेकी हुन् ।

 

आज बस्ने संसदको दोस्रो बैठकमा मात्रै निर्वाचन सम्बन्धी विधेयक संसदमा प्रस्तुत हुनेछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेपछि तीन बजेका लागि पुनः अर्को बैठक बोलाइएको छ । उक्त बैठकमा निर्वाचन सम्बन्धी विधेय प्रस्तुत गर्ने कार्यसूची तयार भएको छ ।

 

गत सोमबार पूर्व सांसद मणिराम पोख्रेलको ८७ वर्षको उमेरमा निधन भएको थियो । उनी २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सांसद निर्वाचित भएका थिए । संसद बैठकले पोखरेलप्रति शोक प्रस्ताव पारित गरेको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्न नदिने भन्दै गत मंसिर १४ गतेदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । सभामुखले सरकारले पनि संसद बैठकको कार्यसूचीमा पहिलो नम्बरमा विपक्षीले माग गरेअनुरुप निर्वाचन सम्बन्धी कानुनलाई समेट्न सभामुखलाई आग्रह गरेको थियो । संसद बैठकको कार्यसूचीको दोस्रो नम्बरमा भने संविधान संशोधन सम्बन्धी प्रस्ताव राखिएको छ ।

 

राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा शर्माले नेपालीपत्रसँग भनिन्, ‘भर्खरै कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भयो । बैठकले संसदको कार्यसूचीको पहिलो नम्बरमा स्थानीय निकायको निर्वाचन सम्बन्धि कानुनलाई सूचीकृत गर्ने निर्णय गरेको छ । यसलाई हामी विपक्षीहरुले पनि समर्थन गर्नेछौं ।’


दोस्रो नम्बरमा रहेको संविधान संशोधन सम्बन्धी प्रस्ताव भने कुनै पनि हालतमा संसदमा पेश हुन नदिने शर्माले बताइन् ।


बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संसदीय प्रणालीमा संसद नै सर्वोच्च रहने भन्दै एमाले लगायतका विपक्षी दलहरुले संशोधन प्रस्ताव छलफलका लागि पेश गर्न दिनुपर्ने बताएका थिए । तर, विपक्षी दलका नेताहरुले भने संसद जस्तो गरिमामय ठाउँमा राष्ट्रघाति संशोधन प्रस्ताव छलफल समेत हुन नसक्ने प्रत्युत्तर दिएका थिए ।


सर्वोच्च अदालतले पनि प्रदेशको सीमाङ्कनको फेरबदल प्रदेश सभाबाट गठन भएपछि मात्रै गर्न सकिने बताएको भन्दै विपक्षी दलले संविधान विपरित आएको प्रस्ताव संसदमा पेश हुनै नदिने अडान दोहोर्याएका छन् ।


संसद बैठक आज दिउँसो एक बजेको लागि बोलाइएको भए पनि सभामुख घर्ति मगर शीर्ष नेताहरुसँग परामर्श बैठकमा व्यस्त रहेको कारण बैठक अझै सुरु हुन सकेको छैन ।



Your Comment

थप समाचार

एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

  • 14 minutes ago
एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

दाङ, माघ ७ । सरकारले सात वटै प्रदेशका अस्थायी मुकाम तोक्नुभन्दा पहिलेदेखि नै दाङमा चर्किएको आन्दोलन अन्ततः बिना निष्कर्ष टुङ्गिएको छ । प्रादेशिक राजधानी सरोकार समिति हुँदै र

पन्ध्र दिने सुत्केरी श्रीमतीकाे खुकुरी प्रहार गरी हत्या

  • 36 minutes ago
पन्ध्र दिने सुत्केरी श्रीमतीकाे खुकुरी प्रहार गरी हत्या

झापा, माघ ७ । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले गए राति  श्रीमतीकोहत्या गरेका छन् ।

नवीना लामाको नेतृत्वमा मिचिएको सीमा क्षेत्रमा अखिलको टोली

  • 1 hour ago
नवीना लामाको नेतृत्वमा मिचिएको सीमा क्षेत्रमा अखिलको टोली

काठमाडौं, माघ ६ । अनेरास्ववियुको एक टोली भारतबाट मिचिएको भनिएको सीमाक्षेत्र वीरगञ्ज महानगरपालिका–१ छप्कैयातर्फ गएको छ । अनेरास्ववियुका अध्यक्ष नवीना लामाको न


Loading...

भिडियो

hamropatro

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।